Saturday, February 1सत्यम खबर
Shadow

चीनले कांग्रेसकाे पालामा रसुवागढीमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री आएपछि खोल्यो

काठमाण्डौ, १५ पौष – विगत ३ बर्षदेखि काेरानाकाे कारण देखाउदै चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै अर्को दिन चीनले रसुवागढी नाका खोलेको छ । कम्युनिष्ट सरकार बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङका दूतहरु चुनावदेखि नै सल्बलाइरहेका थिए । जब प्रचण्ड प्रधानमन्त्री भए तब चीनले झन्डै ३५ महिनापछि रसुवागढी नाका खोलेको हो ।

नाका खुलेसँगै आज नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीको बहाना बनाउँदै चीनले नाका बन्द गरेको जनाएको थियो । जबकि चीनमा ‘शून्य कोभिड नीति अपनाएको चीनले कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिन दश लाख भन्दा बढी संक्रमित भएका दिनै नाका खोलेको हो ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत २०७६ माघ १५ देखि नै ठप्प थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *