Wednesday, December 4सत्यम खबर
Shadow

नागरिक उन्मुक्तिको स्मरण पत्र : थारुले चलाएको आन्दोलन किन राजनीतिक बनेन ?

काठमाण्डौ, २३ पौष – नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँचबुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो ।

संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा उल्लेख छ ।

स्मरण पत्रमा उल्लेख छ, ‘विगतमा तपाईं दोस्रोपटक प्रधानमन्त्री हुँदा मित्र राष्ट्र भारतको भ्रमणमा रहँदा दिल्लीमा कथित मुख्य आरोपी भनिएका रेशमलाल चौधरीलाई भेटेको कुरा, २०७९ को स्थानीय तह निर्वाचनअघि कैलालीको मुसरियामा तपाईंले दिएको अभिव्यक्ति पनि स्मरण गराउन चाहन्छौं ।’

नगरिक उन्मुक्ति पार्टीले २०७२ सालमा थारुले चलाएको आन्दोलन विशुद्ध राजनीतिक पहिचानको भएको भन्दै यो एजेण्डा नै प्रचण्ड नेतृत्वको पार्टीले उठाएको भनेर स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *