Thursday, November 21सत्यम खबर
Shadow

भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

काठमाण्डौ, २३ पौष – भारत–अस्ट्रेलिया बीच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार देखि औपचारिक रुपमा लागु भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारत सँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गरेको हो ।
सम्झौता भएपछि एक अर्ब ४० करोड जनसंख्या भएको देशले अस्ट्रेलियालाई निर्यात गरिने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अष्ट्रेलियाली वाइन र बदाम लगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ ।
प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।
ताजा अष्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । संघीय सरकारका अनुसार यो सम्झौताले अष्ट्रेलियाली निर्यातकर्तालाई प्रत्येक वर्ष दुई अर्ब अष्ट्रेलियाली डलर (१.३ अर्ब अमेरिकी डलर) बचत गर्नेछ ।
“भारतको युवा जनसङ्ख्या, विविध अर्थव्यवस्था र विकासको मार्गले शिक्षा, कृषि, ऊर्जा लगायत अष्ट्रेलियाली व्यवसायहरूका लागि महत्वपूर्ण अवसरहरू प्रस्तुत गर्छ”, फेरेलले न्यूज कर्प अस्ट्रेलियामा प्रकाशित स्तम्भमा लेख्नुभएको छ ।
फरेलले आफू र प्रधानमन्त्री एन्थोनी अल्बानीस दोस्रो चरणको व्यापार सम्झौताका लागि मार्चमा नयाँ दिल्ली जाने सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *