Sunday, April 26सत्यम खबर
Shadow

नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

“संगठन बलियो बनाउन र बिगतका कमीकमजोरीलाई हटाउन समीक्षा सहितको दिशानिर्देश जानु पर्ने” सह–महामन्त्री राठौर

के आर शर्मा
नेपालगन्ज, २४ बैशाख – नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री किशोरसिंह राठौरले कांग्रेस पार्टी संगठन बलियो बनाउन र बिगतका कमीकमजोरीलाई हटाउन समीक्षा सहितको दिशानिर्देश जानु पर्ने बताए । आउने पाँच बर्षमा पार्टीका सबैतह र भातृ संगठन, शुभेच्छुक संगठनले आ–आफ्ना उत्तरदायित्व सहितका भुमिका निर्वाह गर्न सक्यो भने चाहे जस्तो सबल सक्षम सांगठनिक जिल्ला बनाउन सकिने बताए ।
बाँकेको तिनैवटै संसदीय क्षेत्र मध्ये शाख खस्ंिकदै गएको अझ संसदीय क्षेत्र नम्बर २ का अगुवा नेता कार्यकर्ता एवं पार्टी नेतृत्व भुमिकामा रहेकाले यावत कमीकमजोरी, गल्तीहरुलाई गम्भीर भएर सोच्नु पर्ने बताए ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उदघाटन कार्यक्रमका प्रमुख अतिथि सह–महामन्त्री राठौरले बाँके अल्पसंख्यक मुस्लिम प्रभुत्व भएको जिल्ला हो र नेपाली कांग्रेसले मुस्लिमहरूको हित र अन्यायका बिषयमा निरन्तर लाग्दै आएको र बिगतदेखि हालसम्म प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य, प्रदेश सभा सदस्य पार्टी संगठन लगायतका ठाउँमा सहभागिता गराउँदै आएतापनि हाल पुर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको क्षेत्र बाँकेको क्षेत्र नम्बर २ मा उम्मेदवारको जमानत जफतले मुस्लिम संघका अगुवा नेता–कार्यकर्ता र बाँके कांग्रेस पार्टीका समग्र तह संगठनले समीक्षा गर्नै पर्ने बताए ।
सह–महामन्त्री राठौरले आउने समय पार्टी संगठनमा ठुलै चुनौती थपिने बडा कमिटी र टोल कमिटी अराजकता तिर गैसकेको र ट्रेकभन्दा बाहिर नजावस संगठन प्रारुपमा परिवर्तनका सन्दर्भमा बिगत समयदेखि उठाउँदै छिमेक भारतको– कांग्रेस र दुनियाँको सबैभन्दा ठूलो सदस्य संख्या भएको र बिचारधारा बोकेको भाजपा पार्टीको सांगठनिक निति अनुकरण गर्न सकिन्छ कि भन्ने मोडलमा आफ्नो निजी बिचार नेता कार्यकर्ता बिच राख्दै आएका छन् ।
यसैगरी नेपाली कांग्रेसका पुर्व जि. सभापति एवं पुर्व संघिय मन्त्रि गजेन्द्रबहादर हमालले मुस्लिम हकहित अधिकारका लागी लामो समयदेखि लडदै आएको चाहे त्यो प्रतिबन्धित अवस्थामा होस वा गगनगंज मस्जिद जग्गाको सन्दर्भमा होस या नरैनापुरको २२ बिगहामा २५० परिवारलाई नेपाली कांग्रेसले बास बसाएको कयौ मुस्लिम पिडितहरुका घटनाको हमालले जानकारी गराउँदै मुस्लिम अधिकारको सुनिश्चितताका लागी ओलम्पियन एवं पुर्व प्रदेश मन्त्री सुरेन्द्रबहादुर हमाल र कांग्रेस बाँके पुर्व जि. सभापति स्व.“रणेन्द्रबहादुर हमाल” भाईराजाको मुस्लिम समाज प्रतिको योगदानको चर्चा गरेका थिए ।
नेपाल मुस्लिम संघका जिल्ला सभापति मो.याकुब अन्सारीको सभापतित्वमा उदघाटन सत्र कार्यक्रम सम्पन्न भएको थियो भने अधिकांश बक्ताहरुले मुस्लिम हकहित अधिकार संरक्षण, संगठन सुदृढिकरण र अधिवेशनको सफलता सहित शुभकामना व्यक्त गर्ने नेताहरुमा नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, बाँके प्रदेशसभा क्षेत्र ३ का प्रदेश सभा सदस्य बादशाह कुर्मी, प्रदेश सभा सदस्य मिना सिद्दिकी, काँग्रेस नगर सभापति एवं नेपालगंज उप–महानगर प्रमुख प्रशान्त विष्ट, जानकी पालिका प्रमुख छब्बन खाँ, संसदीय क्षेत्र नम्बर ३ सभापति नक्की खाँ, पुर्व संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष एवं अधिवेशन प्रतिनिधि निजामुद्दिन सिद्दिकीले बिचार राखेका थिए ।
साथै कार्यक्रममा नेपाली कांग्रेस–जिल्ला सचिव एवं प्रदेश सभा सदस्य संजु चौधरी, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य माया पुन, महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा, महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, बाँके संसदीय क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, तरुण दलका अध्यक्ष बिरेन्द्रबहादुर शाह नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश उपाध्यक्ष बिरेन्द्रयादव महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, लोकतान्त्रिक खेलकुद संघका प्रदेश संयोजक नरेन्द्र थापा, क्षेत्र नं. २ प्रदेश ख को सभापति कैलाश हमाल, पुरन सिंह ठकुरी, जिल्ला सचिव विनोद चौधरी, नेपाल प्रेस युनियन बाँके केन्द्रीय पार्षद कुन्तलराज शर्मा लगायत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम सञ्चालन नेपाल मुस्लिम संघका नगर सभापति फरिदुल हकले गरेका थिए भने स्वागत मन्तव्य अकबर शेषले गरेका थिए ।
यसैगरी, नेपाल मुस्लिम संघको तेश्रो जिल्ला अधिवेशनले सर्वसम्मत निर्विरोध निर्वाचित नयाँ कार्य समिति चयन गरेको छ ।
नगर अध्यक्षमा सोफियान खान, उपाध्यक्षमा अकबर शेष, सचिवमा (नरैनापुर) नसरुद्दिन, सहसचिवमा रविसा सर्मा हलवाई, कोषाध्यक्षमा (नरैनापुर) जिब्राईल अलि गुजर, सहकोषाध्यक्षमा (जानकी) रफिक सलमानीलाई चयन गरिएको छ ।
यसैगरी क्रमशः सदस्यहरुमा मोहयद्दिन शेष, मकबुल खाँ (नरैनापुर), रफिक साई, जमालुद्दिन खाँ (ण्डुडुवा), नियामक अलि बेहना (जानकी), फारुक बेडवा (कोहलपुर), दिल बहादुर भाट (बैजनाथ), महिला सदस्यमा रिहाना बेगम मुकेरी, जाकरुन तेली (जानकी) लाई चयन गरिएको थियो भने महाधिवेशन प्रतिनिधिमा इस्लाम जोलाह क्षेत्र नम्बर १, बफाती बेहना क्षेत्र नम्बर २, सलाहुद्दिन खाँ क्षेत्र नम्बर ३ मा चयन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *