Wednesday, April 22सत्यम खबर
Shadow

राप्रपाको नेपालगन्ज नगर सयोंजकमा हुकुम सिंह के.सी.

नेपालगन्ज, २२ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले पार्टीको विभिन्न रिक्त रहेको पदहरूको पदपूर्ति गरेको छ ।


राप्रपा पार्टी कार्यालयमा आज आईतबार जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा महामन्त्री एवं बाँके क्षेत्र २ का सांसद डा. धवल समशेर राणा, सहमहामन्त्री ऋषिराज देबकोटा, लुम्बिनी प्रदेश उपाध्यक्ष ओम राणा लगायतको उपस्थित सम्पन्न कार्यक्रममा महिला जिल्ला अध्यक्षमा राधिका सिंह, नेपालगन्ज नगर अध्यक्षमा युवा नेता हुकुम के.सी., बाँके क्षेत्र २ ख अध्यक्षमा सुरेश शर्मा, कोहलपुर नगर अध्यक्षमा देवेन्द्र शाहीलाई आज एक कार्यक्रम बिच सर्वसम्मतिमा नियुक्त गरिएको छ ।


पूर्व महिला जिल्ला अध्यक्ष सरिता शाही, कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाही, क्षेत्र २ ख का अध्यक्ष सफिक बेहना लगायतका नेतालाई पार्टीले कार्यवाही गरे पश्चात सो पद रिक्त रहेको थियो भने नेपालगन्ज नगर अध्यक्ष मनोज श्रेष्ठ वडा अध्यक्ष निर्वाचित भए पश्चात कार्य ब्यस्तताले समय दिन नसकेकोले नगर संयोजक पदको जिम्मेवारी युवा नेता हुकुम के.सी.लाई दिईनुका साथै मनोज श्रेष्ठलाई जिल्ला सदस्य पदमा मनोनित गरिएको जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *