Thursday, June 18सत्यम खबर
Shadow

आस्था

हात्तीपाइले विरुद्धा औषधी खुवाउन नेपालगन्ज उपमहानगरमा महाभारतः प्रमुख न्यौपाने

हात्तीपाइले विरुद्धा औषधी खुवाउन नेपालगन्ज उपमहानगरमा महाभारतः प्रमुख न्यौपाने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ माघ – नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले विरुद्धा औषधी खुवाउन महाभारत भएको छ । उपमहानगरमा १६ औँ पटक खुवाउँदा समेत मुक्त हुन नसकेपछि स्वास्थ्यकर्मीहरुलाई महाभारत जस्तै भएको हो । बाँके जिल्लामा २०६७ सालदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धाको औषधी १६ औँ पटक सेवन गर्दा समेत निवारण हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले (लिम्फेटिक फाइलेरियासिस) रोग उन्मूलनका लागि सञ्चालन हुँदै आएको सामूहिक औषधि सेवन कार्यक्रम एक दशकभन्दा बढी समय बितिसक्दा पनि अपेक्षित सफलतामा पुग्न सकेको छैन । सरकार, दाता निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकको ठूलो लगानी र प्रयास हुँदाहुँदै पनि नागरिकस्तरमा औषधि सेवनको दर न्यून रहँदा यो अभियान अहिले ‘महाभारत’ जस्तै लामो र जटिल बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय बाँके...
उम्मेदवार सुमन मल्ल टोलटोलमा आशीर्वाद लिदै

उम्मेदवार सुमन मल्ल टोलटोलमा आशीर्वाद लिदै

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – बाँके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहाँ जहाँ पुग्छन्, उनलाई अबिर माला सहित आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता सुमन मल्ललाई टिकट दिएसंगै उत्साहित बनेको बाके एमालेका कार्यकर्ताहरु यतिबेला कार्यकर्ता भेला र भेटघाटमा ब्यस्त बन्दै गर्दा उम्मेदवार मल्ल गाउँघरमा पुग्दा उनलाई जितको शुभकामना दिन घुइँचो नै लाग्ने गरेको छ । पछिल्ला दिनहरुमा बाँके क्षेत्र नम्बर ३ को खजुरा गाउँपालिका, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको टोलमा पुग्दा स्थानीयले मल्ललाई स्वाग गर्दै माला अबिर सहित आशीर्वाद र शुभकामना दिन भिड लाग्ने गरेको छ । बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहेका उम्मेदवार मल्लले एक कार्यकाल वडा अध्यक्ष बनेर जिल्लामा नमुना वडाको रुपमा...
जनचासोका सवालमा नागरिक जागरुक हुन जरुरी

जनचासोका सवालमा नागरिक जागरुक हुन जरुरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० माघ – समुदायको समुन्नतिका लागि नागरिक समाज संगठित भएर अगाडि बढ्नुपर्नेमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजनामा तथा गैरसरकारी संस्था महासंघ (एटिएन) को सहकार्यमा गरिएको समुदायस्तरमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले नागरिकले हरेक सवालमा प्रश्न गर्न सक्नु नै नागरिकको जवाफदेहिता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायको आवाज सम्बन्धित ठाउँमा पुग्यो कि पुगेन, नागरिक समाजले भूमिका निभाउन सक्यो कि सकेन भन्ने विषय मिडियाले पनि उठान गर्न आवश्यक छ, जसले नागरिक समाजलाई अझ सबल बनाउन मद्दत पु¥याउँछ ।” नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले देशमा भएका राजनीतिक आन्दोलन वा परि...
महासचिवलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : अध्यक्ष अशोक राई

महासचिवलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : अध्यक्ष अशोक राई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २० माघ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले इस्तियाक राईले पार्टीलाई धोका दिएकाले कारवाही गरिएको स्पष्ट पारेका छन् । पार्टीका महासचिव समेत रहेका इस्तियाक राईलाई चुनाव जित्नका लागि राजनीतिमा अनैतिक कार्य गरेकाले कारवाही गरिएको अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार पार्टीको आधिकारिक निर्णय र सिद्धान्तलाई चुनौती दिने गतिविधि सहन नसकिने भन्दै उनले इस्तियाक राईको कदमलाई पार्टीप्रतिको विश्वासघातका रुपमा व्याख्या गरेका छन् । अध्यक्ष राईले भने, “पार्टी छोडेको छैन भन्ने, तर एमाले अध्यक्ष केपी ओलीबाट सूर्य चिन्ह लिएर चुनाव लड्न आउने कार्य राजनीतिमा अनैतिक मात्र होइन, पार्टी अनुशासनमाथिको ठाडो प्रहार हो ।” बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इस्तियाक आफु जसपाको महासचिव नै भएको भन्दै नेता तथा कार्यकर्तालाई भ्रम पार्दै आएका छन् । यसअघि जसपा नेपालबाट च...
छापाखाना ऐनको अन्योलले प्रेस स्वतन्त्रता संकटमा

छापाखाना ऐनको अन्योलले प्रेस स्वतन्त्रता संकटमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौ, २० माघ – संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालयमा हुँदै आएको अनलाइन सञ्चार माध्यमको दर्ता र पत्रकार परिचयपत्र नवीकरण प्रक्रिया पूर्ण रूपमा अवरुद्ध हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ठहर गरेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८२ माघ २० गते मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संघीय तहमा स्पष्ट कानुनी व्यवस्था, कार्यविधि र निर्देशन नहुँदा प्रदेश सरकार तथा सम्बन्धित कार्यालयहरू निर्णयविहीन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो अवस्था सामान्य प्रशासनिक समस्या नभई पत्रकारको पेशागत निरन्तरता, प्रेस स्वतन्त्रता र संघीय शासन प्रणालीको व्यवहारिक अभ्यासमाथिको प्रत्यक्ष आघात भएको स्पष्ट गरिएको...
मधु र कृष्णलाई घोराही बनाऔँ अभियानले पढाउने

मधु र कृष्णलाई घोराही बनाऔँ अभियानले पढाउने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दाङ, २० माघ - आर्थिक अभावका कारण पढाइ छाडेका मधु कौलिक र कृष्ण कौलिकलाई घोराही बनाऔँ अभियानले पढाउने भएको छ। १२ वर्षीय मधु र १० वर्षीय कृष्ण दिदी भाइ हुन् । घोराही १५ काठेकोहललस्थित सरस्वती माध्यमिक विद्यालयमा दुवैले कक्षा १ मा पढ्दा पढ्दै पढाइ छाडेको मधुले जानकारी दिइन् । केही वर्ष अगाडि उनको बुबाको निधन भएको थियो । बुबाको घर नेपालगञ्ज भएपनि माइत घोराही भएका कारण हाल मधुको परिवार घोराही मिलनचोकमा भाडा लिएर बस्छ । आमा गङ्गा कौलिकले घोराहीमै मिस्त्री काम गर्ने सन्दीपसँग विवाह गरेकी छन्। तर चारैजना साथै बस्छन् कान्छ बुबा सन्दिप पनि उनीहरूलाई पढाउने पक्षमै छन् । तर एकजनाको ज्याला मजदुरीले खान लाउन समेत समस्या परेकाले चाहँदा चाहँदै उनीहरूलाई पढाउन नसकेको सन्दीपको भनाइ छ । आफ्नो पढ्ने ठूलो धोको भएको मधु र कृष्णको भनाइ छ । उनीहरुलाई घोराही बनाऔँ अभियानको तर्फबाट आउँदो नयाँ शैक्षिक सत्रद...
जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज,  १९  माघ - पार्टीकाे विधान विपरित गई नेकपा एमाले सुर्य चिन्ह लिई बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरि चुनावमा हाेमिका पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईलाई पार्टीले कार्वाही गर्दै पार्टीकाे महासचिव लगायत सबै जिम्मेवारी र सदस्यबाट समेत सबै हटाएकाे जनाएकाे छ । जनता समाजवादी पार्टीले आज विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गरेको भन्दै राईलाई पद तथा सदस्यताबाट निष्कासित गरिएको विज्ञप्ती मार्फत जनाएकाे छ । जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको जनाएको छ। सोही अनुसार निर्वाचन आयोगमा दर्ता गरी उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय रहेको पार्टीले उल्लेख गरेको छ । तर नेपालगन्ज उपमहानगरपालिका–१...
९ जना महिलासहित ७७ जनाले गरे रक्तदान

९ जना महिलासहित ७७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ माघ – रक्तदाता दिवस २०८२ को अवसरमा “सेवा नै धर्म हो”, “तपाईले गरेको रक्तदान, कसैका लागी जीवनदान” नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी, नेपाल स्वयंसेवी रक्तदाता समाज नगर समिति, युवा सञ्जाल बाँसगढी लगायत १६ वटा बिभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ९ महिला सहित ७७ जनाले रक्तदान गरेका छन् । “प्रत्येक स्वस्थ युवा युवतीहरुले आफ्ना १८ वर्षको जन्मोत्सवमा रक्तदान गरौं ” बाँसगढी नगरपालिकाकाको संरक्षकत्वमा, बाँसगढी बजार प्रहरी बिट नजीक आयोजित रक्तदान कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खडका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी नगर समितिका सभापति कमल बहादुर खत्री,सचिव दिनेश थापा, युवा सञ्जाल बाँसगढीका अध्यक्ष एक नारायण अधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर अध्यक्ष विनोद परियार, बाँसगढी नगर अस्पतालका स्वास्थ्य...
बैजनाथमा एमालेको सम्पर्क कार्यालय स्थापना

बैजनाथमा एमालेको सम्पर्क कार्यालय स्थापना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १८ माघ – बैजनाथ गाउँपालिकाको सम्झना बजारमा एमाले क्षेत्र नं. ३ को सम्पर्क कार्यालय स्थापना भएको छ । सम्पर्क कार्यालयको एमाले बाँकेका उपाध्यक्ष समेत रहेका निर्वाचन परिचालन इन्चार्ज रत्न खत्री र क्षेत्र नं. ३ का एमाले उम्मेदवार सुमन मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन शत्रलाई सम्बोधन गर्दै खत्रीले अहिलेको निर्वाचन महत्वपूर्ण भएकोले कसैको बहकाउमा नलाग्न अपिल गरे । उनले एमालेको बहुमत नआए देश जर्जर अवस्थामा फस्ने बताउँदै सिंहदरवार, सर्वोच्च अदालत लगायत देशका महत्वपूर्ण संरचना जलाउनेहरुले देशलाई बर्बाद पार्ने बताए । ‘यो निर्वाचन देश बनाउने र जलाउने वीचको युद्ध हो । देश जलाएर आगो ताप्नेहरुको हातमा देश गए हामी सवै बर्बाद हुने छौँ,’ उनले भने । उनले बाँके क्षेत्र नं. ३ का मतदाताले पर्यटक उम्मेदवारलाई चिन्न र सोही अनुसार अगाडीबढ्न आग्रह गरे । ‘यसअघिको निर्वाचनमा बाहिरको...
भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८२ माघ १७ गते, शनिबार रमेश कुमार बोहोरा भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न सकिने अवस्था छैन । लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको प्रतिस्पर्धामा सीमित हुन पुग्छ, त्यही क्षणदेखि शासन प्रणालीको नैतिक धरातल कमजोर बन्छ र सार्वजनिक हितभन्दा निजी लगानीको प्रतिफल खोज्ने राजनीति संस्थागत हुँदै जान्छ । निर्वाचन आयोगले उम्मेदवारले अधिकतम कति खर्च गर्न पाउने भनेर हरेक निर्वाचनअघि सीमा तोक्दै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको प्रकृति हेरी २२ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । कानुनी र...