Thursday, February 13सत्यम खबर
Shadow

भारतको १३ अर्ब ७८ करोड सहयोगमा पुनर्निर्माण भयो जेष्ठ वर्ण महाविहार, नवनिर्मित भवनको उद्घाटन

काठमाण्डौ, १० चैत – भारत सरकारको झन्डै १४ अर्ब सहयोगमा ललितपुरस्थित जेष्ठ वर्ण महाविहारको नयाँ भवन निर्माण गरिएको छ।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको महाविहारको नयाँ भवनको शनिबार सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

मन्त्री बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे। राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे।

नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।

०७२ को भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३ अर्ब ७८ करोड नेपाली रुपैयाँ अनुदान सहयोगमा पुनर्निर्माण भएको हो । सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिवद्धता जनाएको छ।

यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा १० वटा जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको थियो। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *