Friday, February 7सत्यम खबर
Shadow

प्रचण्डले दिए मोदीलाई भ्रमणको निम्ता, चाँडै नेपाल आउने

काठमाण्डौ, २८ जेठ – प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्।

मोदीको शपथ कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।

प्रचण्डले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्‍यो भन्ने कुरा गरें। उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ।’

प्रचण्ड र मोदीबीच आइतबार भेटवार्ता भएको थियो। सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड बसेको नयाँदिल्लीस्थित होटल ताजमा सोमबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

मन्त्री जयशंकरले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको बताए। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *