Friday, February 7सत्यम खबर
Shadow

नेपाल–भारतका सुरक्षा अधिकारी तथा जनप्रतिनिधि बीच भेटवार्ता

नेपालगन्ज, १० असार – लागु औषध ओसारपसार र अवैध कारोबार रोक्ने उद्देश्यले सीमा क्षेत्रका सुरक्षा अधिकारी र नागरिक समाजका जनप्रतिनिधि बीच भेटवार्ता भएको छ ।
सोमबार नेपाल–भारत सीमा क्षेत्र दासगजामा लागुऔषध ओसारपसार रोक्न र अलपत्र परेका युवालाई मूलधारमा ल्याउन बैठक आयोजना गरिएको थियो ।
लागु औषध सम्बन्धी कार्यक्रमको सञ्चालन सुधार गृहका निर्देशक अधिराज क्षेत्री, कार्यक्रम संयोजक काजी महर्जन र भारत नेपाल मैत्री संघका अध्यक्ष पूर्णलाल चुकेले गरेका थिए ।
औषधि माग न्यूनीकरण महासंघ नेपाल बाँके शाखाले भारत–नेपाल सीमामा सीमावर्ती सशस्त्र बल र भारत–नेपालका प्रशासनिक अधिकारीहरुको गोष्ठी आयोजना गरेको छ ।


पूर्वनिर्धारित कार्यक्रम अनुसार सहायक जिल्ला मजिस्ट्रेट बाँके नेपालगन्ज नेपाल लालबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रुपैडिहा नगर पञ्चायतका अध्यक्ष डा. उमाशंकर वैश्य रहेका थिए । वक्ताहरुले भारतीय क्षेत्रमा बिक्रि हुने स्म्याक्स र लागु औषधको बारेमा विस्तृत वर्णन गर्दै त्यसलाई रोक्न सुझाव दिँदै नेपालबाट आउने चरेस र अफिमप्रति चिन्ता व्यक्त गरेका थिए ।
वक्ताहरुले नेपाल–भारत सीमापार लागु औषध विरुद्ध जनचेतना र सेमिनारमा लागु औषध कारोबारीहरु विरुद्ध प्रभावकारी कारबाहीका लागि पारस्परिक सहयोगको बारेमा पनि कुराकानी गरेका थिए ।
अध्यक्ष डा. उमाशंकर वैश्यले दुवै देशका युवा–युवती लागु औषधको लतमा फसेको बताए । जुन अत्यन्तै चिन्ताजनक छ । जबसम्म समाजमा यसको विरुद्ध जनचेतना जागृत हुँदैन तबसम्म यो असामाजिक कार्य नरोकिने बताए ।


बाँकेका डिएसपी तथा प्रहरी प्रवक्ता नारायण डाँगीले लागु औषध कारोबारीलाई प्रहरीले निरन्तर पक्राउ गरी प्रभावकारी कारबाही गर्न तयार रहेको बताए । एसएसबी ४२ को इन्स्पेक्टर अनुप रावलले यसलाई रोक्न जनताको सहयोग आवश्यक रहेको बताए । जनताको सहयोग नभएसम्म प्रशासनले केही गर्न नसक्ने नेपाल प्रहरीका इन्स्पेक्टर यमबहादुर बुढा मगरले कर्णाली प्रदेशका १० जिल्लामा स्म्याक किन्ने सबैले रुपैडिहाबाट मात्रै ल्याएको स्वीकार गरेका छन् ।
रुपैडिहाबाट आएको स्म्याक काठमाडौंसहित पहाडी जिल्लामा पुगेको छ । रुपैडिहा प्रहरी चौकीका एसआई विजयकुमारले लागु औषध विरुद्ध प्रहरीले निरन्तर अभियान चलाएको जनाउँदै यसलाई थप सशक्त बनाइने बताए ।
सो अवसरमा पूर्णलाल चुके, कृष्ण अधिकारी, मणिराम शर्मा, सञ्जय वर्मा, इरशाद हुसेन, श्यामकुमार मिश्र, अंकित अग्रवाललगायत विभिन्न संघ संस्थाका प्रमुख व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नेपाल र भारत दुवै देशका अधिकारी र प्रहरी शाखाको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *