Friday, March 21सत्यम खबर
Shadow

इन्सेक र एडभोकेसी फोरमद्धारा संयुक्त रुपमा नेपालगन्ज कारागार अनुगमन

नेपालगन्ज, १२ असार – अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र एडभोकेसी फोरमद्धारा संयुक्त रुपमा मंगलबार नेपालगन्ज स्थित कारागार कार्यालय बाँकेको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा नेपालगन्ज कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदी बन्दी रहेको पाईएको छ । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा कैदी बन्दीहरु कोचाकोचाको स्थितिमा बस्न बाध्य छन् । बाँकेको नौवस्तामा क्षेत्रीय कारागार कार्यालय स्थापना भैसकेको भएता पनि नेपालगन्जको कारागारमा अझै क्षमता भन्दा बढी कैदी रहेका छन् । नौवस्ता क्षेत्रीय कारागार स्थापनासंगै १३० जना स्थानान्तरण गरिए पनि बाँकी नेपालगन्ज कारागार मै छन् ।

क्षमता भन्दा कैदी बन्दी बढी भएता पनि आन्तरिक रुपमा कैदी कैदी–बीच, कैदी–थुनुवा बीचको समझदारीमा ब्यवस्थापन गर्न नियम पालना गर्दै गराउँदै चुनौतीको सामना गर्दै आएको कारागार प्रमुख अर्जुन जंग शाहले जानकारी दिए ।
नेपालगन्ज कारागारमा असार ११ गतेको तथ्यांक अनुसार अघिल्लो महिनाको संख्या ७८१ जना, यस महिनामा थप भएको ९२ जना, यस महिनामा छुटेका ६९ जना, सरुवा भएका ६ जना, यस महिना कायम रहेको संख्या ७८३ जना गरी कुल जम्मा ८०० जना कैदी बन्दी रहेका छन् ।
नेपालगन्ज कारागारको कुल ३५० जना कैदी राख्ने क्षमता भएता पनि ४४६ कैदी र ३५४ थुनुवा गरी ८०० जना कारागारमा रहेको र अत्यधिक गर्मीका कारण केही थुुनुवा छालाको चिलाउने समस्या भएकोमा हाल नियन्त्रणमा रहेका जेलरले बताए ।


२०८१ बैशाख महिनामा प्यारोलमा छोडिएको जेलरले जानकारी दिए । कारागार भित्रै ब्यवसाय गर्न उद्योग दर्ता गरी गर्न ब्यवशाय सञ्चालनको तयारी भैरहेको जेलरले बताए । नया नियमावली आउने वित्तिकै नेपालगन्ज कारागार भित्रै हल निर्माण गरी उद्योग दर्ता गरी कैदीहरुलाई काममा लगाउन योजनामा रहेको जेलरले जानकारी गराए । उद्योगमा काम गरेपछि कैदी बन्दी ब्यस्त हुने र विभिन्न प्रकारको रोग नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा राखे । एक दिन काम गरेपछि ६ दिन छूट पाउने निर्णय भएकाले कैदीहरुलाई सहज हुने जेलरले बताए ।
बाँके कारागारमा शिक्षाको अवस्थाका बारेमा शिक्षक ज्योती प्रकाश पौडेलसंग कुराकानी गर्दा बाँके कारागारमा एक जना प्राबि तहको स्थायी शिक्षकको दरबन्दी रहेको जानकारी हुन आयो । बाँके कारागारमा ५ कक्षा मुनी ९८ जना कैदी बन्दी बिद्यार्थी अध्ययन गरिरहेको शिक्षक ज्योती प्रकाश पौडेलले जानकारी दिनु भयो । जस अनुसार कक्षा १ मा २५ जना, कक्षा २ मा २० जना कक्षा ३ मा १५ जना, कक्षा ४ मा २० जना र कक्षा ५ मा १५ जना बिद्यार्थी अध्ययनरत रहेको पाईयो । यस भन्दा मार्थील्लो कक्षामा पढ्ने कैदी बन्दीहरु बाँकेको ज्ञानोदय नमुना माबि खजुरा, नारायाण माबि नेपालगन्ज, त्रिभुवन माबि कोहलपुरलगायतका बिद्यालयमा भर्ना भई अध्ययनरत रहेको पाईयो ।


स्वास्थ्यकर्मीका एक जना अहेवको दरबन्दी रहेको निज मार्फत कैदी बन्दीको स्वास्थ्य चेकजाँच हुने गरेको, गम्भिर प्रकृतीका रोग लागेका बिरामीको भेरी अस्पतालमा उपचार हुने गरेको जेलर शाहले जानकारी दिनु भयो ।
बाँकेको नौवस्तामा क्षेत्रीय कारागार सञ्चालनमा आएको भएता पनि बाँके नेपालगन्जमा हालसम्म पनि क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् । क्षेत्रीय कारागार सञ्चालनमा आए पनि नेपालगन्ज कारागारबाट १३० जना कैदीलाई नौवस्ता कारागारमा सारिएको थियो ।
मुुलुकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा १५५ बमोजिम हाल सम्म ८ जना छुटेको बताएका छन् । ०८१ असार ११ गते अनुगमन संयुक्त रुपमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको जिल्ला प्रतिनिधी धु्रबराज शर्मा र एडभोकेसी फोरम, लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्की पटकपटक आइरहनु भएको कारागार प्रमुख अर्जुन शाहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *