Thursday, July 10सत्यम खबर
Shadow

१४ महिलासहित २९ जनाले गरे रक्तदान

नेपालगन्ज, १६ असार – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१९ बसुदेवपुरको भैयापुरमा १४ जना महिला सहित २९ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखा र टिम डिएड्जकोे संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा रक्तदान जीवनदान मूल उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १९ बसुदेवपुरको भैयापुरमा आयोजित रक्तदान कार्यक्रममा बीरबहादुर राना, सिरता खडका, पुष्पा खडका, आशा सार्की, टिम डिएड्जका अध्यक्ष दिनेश थापामगर, तुलसी शाही, भगवती योगी चन्द, ज्योति सेन, बिशु थापा, दिपक थापामगर, देवेन्द्रबहादुर क्षेत्री, आशिक्ष क्षेत्री, शिवराज भट्ट, मुनु पहेली, प्रिती चन्द, बीरबहादुर खडका, श्रृजना मल्ल, मनिषा बुढामगर, करिश्मा घर्तीमगर, अम्बी कमा, खेमराज खडका, कमला डाँगी, टेकलाल डाँगी, मुना आले, मोहन सिंह बलामी, गंगन शाही, बसन्त चन्द, शुभम् थापामगर, रामु सुनार लगायत २९ जनाले रक्तदान गरेका छन् ।


प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोम प्रकाश सापकोटा, राजेन्द्र महतरा, होमराज गिरी, सन्दिप आचार्य, शिवराज शाही, बीरेन्द्र योगी लयागतले प्राविधिक सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडत्रस सोसाइटी मनिकापुर उपशाखा सभापति नमराज सापकोटा, उपसभापति भविसरा बोहरा, कोषाध्यक्ष डिल्लीराज रेग्मी, सदस्य रञ्जना केसी लगायत कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *