
सोह्र लाख घुससहित भेरी अस्पतालका खनाल पक्राउ
नेपालगंज, ८ श्रावण– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । भेरी अस्पतालमा कम्प्युटर अपरेटर पदमा नियुक्त रहेका अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ । विभिन्न फर्म तथा पसलेहरुबाट कमिशनबापत १० लाखभन्दा बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सूचनाका आधारमा खानतलाशी गर्दा उक्त रकम फेला पारी आवश्यक अनुसन्धानका लागि खनाललाई नियन्त्रणमा लिइएको आयोगका शाखा अधिकृत मिनराज थापाले जानकारी दिए ।...