Thursday, November 21सत्यम खबर
Shadow

बाँकेको डुडुवादेखि नेपालगंजमा सलह किरा प्रबेश

डुडुवा, ३१ असार– बाँकेको नेपालगंजदेखि डुडुवा गाउँपालिकामा सलह किराले प्रबेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुँदै बुधबार डुडुवामा प्रवेश गरेको हो भने विहिबार नेपालगन्ज नगरभित्र प्रबेश गरेको छ । डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उदृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले बताउनुभयो ।
डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन ।
डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँले सलह किरा एक्कासी प्रबेश गरेपछि कृषिबालीलाई निकै क्षती पुरयाउने भएकाले किसानहरु आफै सर्तकता अपनाएर जोखिमबाट बच्न आग्रह गर्नुभयो ।
सलह किरा संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकिलो रु २० मा समेत उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताउनुभयो । आज देखिएको सलहलाई किसानहरुले विभिन्न उपाय अपनाएर धपाउनमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *