मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव
काठमाण्डौ, ९ भाद्र – मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् ।
अस्पतालमा मन लागेको समयमा मात्र काम गर्ने नत्र मोबाइल हेरेर लविमा मात्र बस्ने वा अस्पतालको क्वाटर तिर रहने व्यवहारका कारण अस्पतालका हरेक कर्मचारीहरू हैरान भई सकेका छन् । दिएको जिम्मेवारी पुरा गर्न तथा काम गर्न अस्पताल प्रशासनले भनेमा आफू यही अस्पतालमा सुसाइड गरी दिने भन्दै उल्टै धम्काउने र तोडफोड गर्ने तथा सुसाइड गर्दा तिमीहरूको नाम उल्लेख गरेर मरिदिन्छु जेल पठाउँछु भने जस्ता धम्की दिने गरेका कारण अस्पतालमा सबैले हैरानी खेप्नु परेको छ ।
करारमा रहकी नर्सका कारण अस्पतालमा हैरानी खेप्नु पर्दा समेत अस्पताल प्रशासन भने उनीलाई कारबाईको दायरामा ल्याउन हिचकिचाएको एक कर्मचारीले बताए । उनका अनुसार कोइर...









