Wednesday, November 20सत्यम खबर
Shadow

गौहत्यामा संलग्न ५ जना रंगेहात पक्राउ

नेपालगन्ज, १२ कार्तिक – सिलसिलेवार रुपमा बाँके जिल्ला भित्र निर्धक्कता साथ नेपालको राष्ट्रिय जनावर गाईको हत्या घटनाहरु बेला बखत सार्वजनिक हुँदै आईरहेका हुन्छन् तर त्यसमा सम्बन्धित प्रहरी प्रशासनले रोक किन लगाउन सक्दैन भन्ने प्रश्न आज बाँकेबासीहरुले उठाई रहेका छन् ।

जानकी गाउँपालिका वडा नं. ६ को गनापुरमा गाई चरण स्थलमा आज १४ वटा मृत गाईहरुको अवशेषसहित ५ जनालाई रंगेहात पक्राउ गरिएको छ । गनापुरमा उक्त घटना धेरै दिनदेखि नै हुँदै आईरहेको स्रोतको दाबी छ तर पनि कसैको ध्यानाकर्षण किन हुन सकेको थिएन ?

जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा आज विहिबार छापामारी ५ जनालाई रंगेहात पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका वडा नं. ८ का इस्माइल जोलाह, अमुद्दीन खान, जावेद चिकुवा रहेका छन् भने जानकी गाउँपालिका वडा नं. ५ बुडिया गाउँ बस्ने सफिक आलम, आशानु खान रहेको प्रहरी स्रोतले जनाएको छ ।

जानकी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदीश हरिजनले दिएको मेरे वार्ड भित्र यस्तो गतिविधि भईरहेको छ भनी मलाई समेत जानकारी थिएन तर आज बिहान प्रहरीले मलाई फोन गरी मुचुलकाको लागि बोलाए पछि मलाई जानकारी भएको बताए ।

हामी त्यहाँ पुग्दा केही गाईको अवशेषहरु पुरानो भएको सहजै अनुमान गर्न सकिन्थ्यो भने ३ वटा जति ताजा हत्या गरिएको देखिन्थे । सो आधारमा मुचुलका गरी थप कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको बताए ।

यता पुनः बाँकेमा सनातनीहरुको आस्था रहेको गौमाताको हत्याको खबर सार्वजनिक भएपछि आक्रोश देखिएको छ । धेरै जसोले सार्वजनिक सञ्जालको प्रयोग गर्दै कडाभन्दा कडा कानुनी कार्यवाहीको मागका साथै थप ठोस कानून बनाउन समेत माग गरेका छन् ।

स्रोतका अनुसार पक्राउ गरिएका ५ जनालाई छोड्न राजनीतिक दबाव प्रहरी माथि रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *