Monday, June 1सत्यम खबर
Shadow

समाज

हिन्दू धर्मावलम्बीहरुमा तिहार तथा देउसी भैलोको महत्व

हिन्दू धर्मावलम्बीहरुमा तिहार तथा देउसी भैलोको महत्व

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
मितिः २०८२ असोज ३० गते, विहिबार तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ’त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्य...
जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ असोज – देश जेन–जी आन्दोलन पछिको त्रासलाई मेटाउने आम नागरिकहरुले विभिन्न उपायहरु अपनाईरहेको अवस्थामा बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं. ५ का युवाहरुले पनि त्यसमा सक्रियता देखाउँदै भलिबल प्रतियोगिताको शुभारम्भ गरेका छन् । आज सोमबारबाट उद्घाटन गरिएको खेलमा १६ वटा टीमहरुले सहभागिता जनाएका छन् । उक्त खेल ३ दिनसम्म चल्नेछ भने प्रथम हुने टीमलाई नगद ६१ हजार १ सय रुपैयाका साथै ट्राफी, मेडल, प्रमाणपत्रबाट सम्मानित गरिने आयोजक टीमका अध्यक्ष बिक्रम ओलीले बताएका छन् । क्लबका अध्यक्ष ओलीका अनुसार दोस्रो हुने टिमका लागि ३१ हजार ३१ रुपैया नगद, प्रमाणपत्र, ट्राफी, मेडलबाट सम्मानित गर्नुका साथै युवाहरुमा लागू औषध बारे सचेतना फैलियोस भन्ने उद्देश्यका साथ भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेल जीवनमा स्वास्थ्य रहने प्रमुख माध्यम समेत रहेको बताउँदै खेलको आर्थ...
पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख महरा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असोज – नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई आज प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आईतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ । उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ । महरालाई प्रहरीले संगठित अपराध कसुरसमेत अभियोग लगाएको छ ।...
बिमल टण्डनको नेतृत्वमा पुनः ब्रिनोज

बिमल टण्डनको नेतृत्वमा पुनः ब्रिनोज

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको शनिबार साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट पुनः बिमलकुमार टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । शनिबार भएको १५ औं र १६ औं साधारण सभा तथा अधिवेशनबाट टण्डन नेतृत्वमा अगामी तीन वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको जनाईएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, कोषाध्यक्षमा सन्तोषकुमार कनोडिया, सहसचिवमा रोजी बोस रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अविनाश चौधरी, रामशरण चौधरी, रौनक अली, दिनेशकुमार वैश्य निर्वाचित भएका छन् । साधारणसभामा २०८०÷२०८१ र ०८१÷०८२ को वार्षिक प्रतिवेदन कार्यालयका प्रबन्धक चेतनारायण चौधरीले प्रस्तुत गरेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदन सँगै आर्थिक प्रतिवेदन...
जेन–जी आन्दोलन र राजनीतिक मोड

जेन–जी आन्दोलन र राजनीतिक मोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रमेश कुमार बोहोरा मिति २०८२ असोज २६ गते, आईतबार जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको राजनीतिक निहितार्थ बुझ्न नसके लोकतान्त्रिक प्रणाली फेरि एक पटक अन्योलको दलदलमा फस्न सक्छ । त्यसैले अहिलेको परिस्थितिको मूल्याङ्कन केवल भावनामा होइन, तथ्य, इतिहास र सन्दर्भका आधारमा गर्न आवश्यक छ । जेन–जी आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन । यो लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता, राजनीतिक अस्थिरता र जिम्मेवारीविहीन नेतृत्वविरुद्धको जनसंगठित असन्तोष थियो । जब सत्तामा रहेका दलहरू जनताको माग र आकांक्षाबाट क्रमशः टाढिँदै गए, जब राज्य संयन्त्र जनसेवाबाट विचलित भएर स्...
नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ असोज – खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ । रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताउनु भयो । उहाँले भन्नु भयो, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना...
वरिष्ठ सई तथा पूर्ववडाध्यक्षसहित १३ लाख बढी नगदका साथ १४ जना जुवाडी पक्राउ

वरिष्ठ सई तथा पूर्ववडाध्यक्षसहित १३ लाख बढी नगदका साथ १४ जना जुवाडी पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २३ असोज – बुधबार राती ११ बजे प्रहरीद्वारा छापामारी प्राप्त गरिएको सफलता झिनो मात्र हो । यहाँ त दैनिक लाखौंको जुवा हुने गरेको स्रोतको दाबी रहेको छ । तर पनि तिहार अगावै सकारात्मक सन्देश प्रवाह भएको मान्न सकिन्छ जसमा वरिष्ठ सईदेखि राजनीतिककर्मीसम्मलाई खोरसम्म पु¥याउन प्रहरी सफल भएको छ । नगद १३ लाख ६३ हजार ८ सय रुपैयाँसहित जुवा खालमा नाम चलेका जुवाडेहरुलाई पक्राउ गरी समाजमा थोरै भएपनि सकारात्मक सन्देश प्रवाह गरेको नेपालगन्जबासीहरुको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा हालै आएका बाँके प्रहरी प्रमुख अंगुर जिसी आएदेखि नै चुनौतीहरुको सामना गर्दै आएका छन् । यसै चुनौतीहरु बीच नेपालगन्ज बसपार्क वाईपास रोडमा रहेको मौरी होटलका सञ्चालक बिज्ञान श्रेष्ठसहित गणेश बस्नेत, सेराज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, नेकपा एमाले नेता तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का प...
डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ असोज – डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायणबहादुर विष्ट आउनु भएको छ । विष्टले बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । पालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनितिक रुपमा विपक्षीहरुले मेरो व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको बदनाम गरेको भन्दै डुडुवाको समग्र विकास र मालिकहरुको सेवाका लागि सधैं अघि बढिरहेको बताउनुभयो । उहाँले केही व्यक्तीहरुको नीजि स्वार्थ पुरा नभएपछि आन्दोलनको नाममा मेरो विरुद्ध विभिन्न भ्रमपुर्ण सूचना भाईरल गरेको भन्दै मैले मालिकको लागि गरेको काम र विकास सबैको अगाडी छर्लङ्ग रहेको स्पष्ट पार्नुभयो । राजनितिक रुपमा मेरो प्रतिद्धन्द्धी भएर निर्वाचनमा पराजय व्यहोरेका व्यक्तीले अनावश्यक रुपमा पालिकालाई नै बदनाम गर्न लागेको अध्यक्ष चौधरीले बताउनुभयो । त्यस अवसरम...
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

अपराध, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, २२ असोज – धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वेको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्। अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।” धर्नामा विभिन्न सामाजिक संघ–...
कबाड तस्करी, मासिक असुली गर्दै सशस्त्र प्रहरी

कबाड तस्करी, मासिक असुली गर्दै सशस्त्र प्रहरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ असोज – कबाड व्यपारीहरुले सशस्त्र प्रहरीको चेक पोष्टबाटै खुलेआम तस्करी गरेका छन् । बर्दियाको गुलरिया नगरपालिकामा पर्ने लौकारी नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ । कबाड व्यपारीहरु सँग सशस्त्र प्रहरीले मासिक रकम असुली गरेर तस्करी गर्न नाका खुला गरेको कबाड व्यपारीहरुको भनाई । भारतीय कबाडका व्यपारीहरु विहान पाखा नेपाल प्रवेश गरी सकेका हुन्छन् । दिनभरी नेपालको विभिन्न ठाउ“हरुबाट गाउँगाउँ गएर कबाड खरिद गरेर सा“झ बाँके र बर्दियाको विभिन्न ठाउँको खुल्ला नाकाबाट नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार नगराई भारत लाग्ने गरेका छन् । कबाड तस्करी गराउनका लागि एजेन्ट समेत चेकपोष्टमा बसेर कबाड लिएर आवत–जावत सहज गराउने गरेका हुन्छन् । राजापुर भन्सार कार्यालयका सुचना अधिकारी प्रमोद कुशवाहाका अनुसार कागजका कार्टुन लग्ने साईकल होस या गाडी नै हामी भन्सार गराएरै छोड्छौँ तर लौकाह...