Thursday, November 21सत्यम खबर
Shadow

रामजानकी मन्दिरमा थारुगिरीको शुभमुर्हत

नेपालगन्ज माघ २६ गते ।
थारु कथानक चलचित्र नं. १ थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुर्हत गरिएको छ । एक कार्यक्रमका विच नं. १ थारुगिरी चलचित्रको कोहलपुर स्थित रामजानकी मन्दिरमा पुजाआज गरि शुभमुर्हत गरिएको हो । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुर्हत रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले पुजा गरि शुभमुर्हत गर्नुभएको थियो । शुभमुर्हत कार्यक्रममा बोल्दै रुद्राक्ष फिल्मस् प्रालिका निर्देशक खनालले २०७२ सालमा स्थापना भएको प्रालिले बृन्दबनबाट चलचित्र क्षेत्रमा हात हालेको जानकारी गराउनुभयो । यस लगत्तै करिव ५ वटा फिल्म निर्माण गरिसकेको उहाँले जानकारी गराउनुभयो ।
थारुगिरी फिल्मको निर्देशक केशव चालिसेले ख्याति प्राप्त कलाकारको भुमिका रहेको हुनाले थारुगिरीले हंगामा मच्चाउने दावी गर्नुभएको छ । कलाकारलाई निर्देशक चालिसेले छायाङकनको समयमा उपस्थित भैदिन हुन निर्देशन गर्नुभएको छ । थारुगिरी जस्तै थारु समुदायको कथाबस्तुमा आधारीत रहेको हुनाले कलाकारहरु पनि सोही बमोजिम छनोट गरिएको उहाँले जानकारी गराउनुभयो । केशव अहिले थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी निर्देशन गर्न लागेको जानकारी गराउनुभयो ।
म्युजिक भिडियोमा डाइरेक्सन गरिरहेका चालिसेको फिल्ममा पहिलो पाइला रहेको धारणा राख्नुभयो । थारुगिरी फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भुमिका रहेको थारुगिरीका लेखक तथा गायक विश्वसागर परियारले बताउनुभयो । रुद्राक्ष फिल्म प्रा.लि.को व्यानरमा बन्न लागेको थारुगिरी आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहेको थारुगिरीमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सुटिङ युनिटले जनाएको छ । गाउँमा बस्ने थारूमाथि कसरी विभेदपूर्ण व्यवहार गरिन्छ भन्ने फिल्ममा देखाइएको उहाँले बताउनुभयो । अति विभेद भएपछि सहन नसकेर सर्वसाधारणको नेतृत्व गर्दै स्वयंले गरेको विद्रोहसमेत फिल्ममा रहेको उहाँले बताउनुभयो । चलचित्रको सहायक हिरोइन सुमित्रा चौधरी, खलनायक सुरज कार्की, समिर भाट, सुरेश गन्दर्भ, सुरेश कार्की, सत्यनारायण फेटारा, विरेन्द्र विरविक्रम राणा, शशि ठकुरी, रामु चौधरी, सुजन थापा, राजकुमार थारु, रमेश थारु लगायतको भुमिका रहेको निर्देशक चालिसेले जानकारी गराउनुभयो । थारुगिरी आउदो बैशाखमा रिलिज हुने उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *