Thursday, November 21सत्यम खबर
Shadow

बाँकेका सबै पालीकाका प्रमूख ले हात्तीपाइले रोगविरुद्धको औषधि खाएर सुरु गरे अभियान

नेपालगञ्ज माघ २५ गते । बाँके जिल्लामा हात्तीपाइले रोग निवारणकालागि आम औषधि सेवन कार्यक्रम शनिबारबाट सुरु भएको छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको डुडुवा गाँउपालिकाका उपाध्यक्ष सहिदा बानोले बताउनुभयो ।
आगामी फागुन ५ गतेसम्म संचालन हुने अभियानको पहिलो दिन शनिबार एक कार्यक्रमका बिच बाँकेको डुडुवा गाउँपालिका को वडा नम्बर ४ को मोलहुपुर्वाबाट सुरु गरिएको अभियानको पालिकाका उपाध्यक्ष बानोले औषधि खाएर सुरु गर्नु भएको थियो ।
अभियानको सुभारम्भमा डुडुवाको बिभिन्न वडाहरुमा जन प्रतिनिधिहरु, शिक्षक, बिधार्थीहरुले संयुक्त रुपमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन । डुडुवाको मोलहुपुर्वा परिसरमा स्थापना गरीएको बुथमा उपाध्यक्षले औषधि सेवन गरी अभियान सुभारम्भ भएको घोषणा गर्नु भएको थियो । मोलहुपुर्वा गाउँमा अभिनयको सुभारम्भ उपाध्यक्ष वानो, प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक धन बहादुर बुढा, ४ नम्बर वडाको स्वास्थ्य चौकिका इन्चार्ज खडक बहादुर रोका, स्वास्थ्यकर्मी सिमा घर्तिमगर खान,मन्जु पन्थीले गर्नु भएको थियो ।


उपाध्यक्ष बानोले औषधि सेवन गरे पछि गाउँले स्थानीय मदरसामा जम्मा भएर औषधि खाएका थिए । मोलहुपुर्वामा गत वर्ष औषधि खुवाउन स्वास्थ्यकर्मीहरुलाई निकै समस्या भए पनि यस वर्ष जनप्रतिनिधिले नै औषधि खाएर अभिनयको सुभारम्भ गरे पछि सहजता आएको स्वास्थ्यकर्मीहरुले बताए ।
यसका अलावा जिल्लाका सबै स्थानिय तहमा बिभिन्न कार्यक्रम गरी औषधि सेवन कार्यक्रम सुरु गरीएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले वडा न. १२ को थारु गाउँमा रहेको गाउँघर क्लिनिक बुथ मा औषधि खाएर अभियानको शुभारम्भ गरेका थिए ।
बाँकेको ग्रामीण भेगभन्दा नेपालगन्ज नगरभित्र औषधि सेवन गर्नेको संख्या न्यून भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लाका कोहलपुर र नेपालगन्ज उपमहानगरपालिकामा बढी हात्तीपाइले रोगको उच्च जोखिम भएको जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाही बताए । बाँकेमा यस वर्ष चार लाख सर्वसाधारणलाई औषधि खुवाइने लक्ष्य राखिएको शाहीले बताए ।
यस वर्ष औषधी सेवन नगर्नेलाई स्थानिय तहबाट प्रदान गरीने सेवासुविधाबाट बञ्चित गरीने भएको छ । जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको हो ।
बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बाध्य भएर यस्तो निर्णय गर्न परेको जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले बताए ।
समितिको बैठकले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *