Thursday, March 12सत्यम खबर
Shadow

समाचार

फुटबल संघले दियो खेलाडीलाई राहत

फुटबल संघले दियो खेलाडीलाई राहत

आर्थिक, कला/साहित्य, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १० श्रावण– बाँके जिल्ला फुटबल संघले कोरोनाबाट प्रभावित भएका खेलाडीलाई एक कार्यक्रमका बिच राहत वितरण गरेको छ । संघले शनिबार अखिल नेपाल फुटबल संघको सहयोगमा ४३ जना खेलाडीलाई जनही १ हजार ७ सय ४५ रुपैयाँ प्रदान गरेको हो । नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट टेक्निकल सेन्टरमा ५ नम्बर प्रदेश सांसद एवम् ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर, बाँके जिल्ला फुटब संघ अध्यक्ष भोजराज शाही, नेपालगन्ज उपमहानगपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल, एन्फा पुर्व उपाध्यक्ष गोर्वद्धन सिह सम्झना लगायतले खेलाडीलाई चेक हस्तान्त्रण गरेका थिए । संकट समयमा एन्फाले आफना खेलाडीलाई गरेको सहयोग उदाहरणीय भएको ओलम्पियन हमालले बताए । उनले भने, ‘कोरोनाले सबै क्षेत्रलाई प्रभावित गरेको छ । यस्तो बेला संघले राम्रो काम गरेको छ । फुटबल खेल संसारमै लोकप्रिय खेल हो । यसले आफ्ना खेलाडीका...
आज नाग पञ्चमी पर्व : कसरी गर्ने नाग पूजा…

आज नाग पञ्चमी पर्व : कसरी गर्ने नाग पूजा…

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगंज, १० श्रावण– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज शनिबार परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा चित्रअंकित फोटो टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल...
समृद्ध खजुरा विमोचन

समृद्ध खजुरा विमोचन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ९ श्रावण– खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे समृद्ध खजुरा बुलेटिनको बिमोचन गरिएको छ । ५ नं. प्रदेश सांसदद्वय आईपी खरेल, बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया बिक र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्त रुपमा तेस्रो संस्करण समृद्ध खजुरा बुलेटिनकोे बिमोचन गरेका हुन् । बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।...
खजुरामा लक्षित वर्गलाई रोजगारी

खजुरामा लक्षित वर्गलाई रोजगारी

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ९ श्रावण– मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तर्गतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यवस्थापन गर्न शुरु गरिएको हो । प्रत्यक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ । प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक साथ उक्त कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै सांसद खरेलले मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए । उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताउँदै खजुराले त्यसै गरेको पाइएको बताए । अर्का सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु¥याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे । खजुरा गाउँपालिकाले मुख्य...
“आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक” सञ्चालक सिंह

“आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक” सञ्चालक सिंह

आर्थिक, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ श्रावण– नेपालगंज उपमहानगरपालिका वडा नं. २१ मा अवस्थित श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिर प्रताप सिंहले सरकारसित उद्योग, व्यावसायी तिर वर्तमान अवस्थामा ऋण तर्फ केही छुट दिन माग गरेका छन् । सञ्चालक सिंहले विगत दशकौंदेखि उद्योग मार्फत हामीले सरकारलाई दिनुपर्ने योगदान दिंदै आएको तथा हाल कोभिड–१९ ले गर्दा उद्योगमा रहेको आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक रहेको बताउँछन् । सञ्चालक सुधिरप्रताप सिंह नेपालगन्ज, फुल्टेक्रा, बिर्ता, पुरैना, पुरैनीलगायतको ठाउँको लागि कुनै नौलो नाम भने होइनन् । सुधिरप्रताप सिंह एउटा कुशल व्यवसायीको साथै सामाजिक गतिविधिमा समेत उत्तिकै सक्रिया रहेको व्यक्ति हुन । नेपाल सरकारद्वारा कोभिड–१९ को बेला गरिएको लकडाउनमा आफ्नै पैसाबाट धेरै कार्यहरु गरेका छन् । सेनिटाईजर वितरण, मास्क वितरण, टि–शर्ट वितरण, राहत प्याकेज वितरणदेखि लिएर गरीब दु...
किसानहरुलाई तत्काल मल उपलब्ध गराउने नेकपा बाँकेको माग

किसानहरुलाई तत्काल मल उपलब्ध गराउने नेकपा बाँकेको माग

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ श्रावण– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले पार्टी एकता बिरोधी टिप्पणी नगर्न अपिल गरेको छ । नेकपा बाँकेको बिहिवार सम्पन्न बैठकले पार्टी एकतालाई दृढतापूर्वक आत्मसाथ गर्दै एकअर्का बिरुद्ध अनावश्यक टिका–टिप्पणी नगर्ने संकल्प लिएको नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालले जानकारी दिए । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षता र केन्द्रीय सदस्य महेश्वर गहतराज अथक, मोहमद हारुन तथा प्रदेश कमिटि सदस्यको उपस्थितीमा बसेको कार्यालयको बैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । बैठकले बिगतदेखि सरकारले दिंदै आएको एकल महिला, निलो कार्ड प्राप्त फरक शारीरिक क्षमता भएका व्यक्तिहरुलाई भत्ता निरन्तर रुपमा दिन जोडदार माग गरेको छ । त्यस्तै किसानहरुले मल नपाउँदा छटपटाइरहेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ । बिहिवार नै नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले हालै प्रकाशि...
६१ जना किसानलाई कृषि उपकरण बितरण

६१ जना किसानलाई कृषि उपकरण बितरण

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, ८ श्रावण– ५ नं. प्रदेश सरकारको कृषि स्मार्ट गाउँ कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिका वडा नं. ३ का किसानहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाउने प्रदेश सरकारको नीति अनुसार किसानलाई प्रविधिसँग जोड्न कृषि स्र्माट गाउँको अवधारणा ल्याईएको छ । बाँके निर्बाचन क्षेत्र नं. २ का सांसद तथा पुर्व शहरी विकास मन्त्री मो.इस्तियाक राई तथा प्रदेश सांसद कृषि वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादवले बिहिबार बनकट्टी कृषि स्मार्ट गाउँका ६१ जना किसानलाई पानी तान्ने पम्पसेट मोटर, घाँस काट्ने मेसिन, दुध राख्ने क्यान र डि–फ्रिज बितरण गरेको बनकट्टीका स्थानीय बासिन्दा समेत रहेका सञ्चारकर्मी राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।...
सोह्र लाख घुससहित भेरी अस्पतालका खनाल पक्राउ

सोह्र लाख घुससहित भेरी अस्पतालका खनाल पक्राउ

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगंज, ८ श्रावण– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । भेरी अस्पतालमा कम्प्युटर अपरेटर पदमा नियुक्त रहेका अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ । विभिन्न फर्म तथा पसलेहरुबाट कमिशनबापत १० लाखभन्दा बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सूचनाका आधारमा खानतलाशी गर्दा उक्त रकम फेला पारी आवश्यक अनुसन्धानका लागि खनाललाई नियन्त्रणमा लिइएको आयोगका शाखा अधिकृत मिनराज थापाले जानकारी दिए ।...
निर्माणको पर्खाईमा फुल्टेक्राको बाटो…..   मेयरदेखि वडाअध्यक्षसम्मको ताल आ–आफ्नै

निर्माणको पर्खाईमा फुल्टेक्राको बाटो….. मेयरदेखि वडाअध्यक्षसम्मको ताल आ–आफ्नै

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण– नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा गाउँ भित्र रहेको करीब ३ सय मिटर बाटोलाई हेर्दा नरैनापुरको विकट क्षेत्रको विकास नभए जस्तै देखिन्छ । बाटोमा हिड्ने बटुवाहरुले दैनिक रुप मै बाटो कहिले बन्ला भन्ने प्रश्न गर्छन् । तर ३ वर्ष अघि वडाअध्यक्ष मार्फत गरिएको प्रतिबद्धता हालसम्म पुरा नहुँदा टोलबासीहरुलाई समस्या उत्पन्न भएको छ । फुल्टेक्रा गाउँमा रहेको फुल्टेक्रा माध्यमिक विद्यालयदेखि नारायण बर्माको घरसम्म करीब ३ सय मिटर दुरी भएको बाटो विगत वर्षदेखि अब बन्ला, अब भन्ला भनी टोलबासी पर्खी बसेका छन् । तर बाटो बन्ने नाम कसैले लिंदैन, कारण एउटै छ– नारायण बर्मा र फुल्टेक्रा माध्यमिक विद्यालयले घर नभत्काउँदा । यस विषयमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर डा. धवलशम्शेर राणाको भनाई अनुसार “हामीलाई घर तोडेर दिनुस्, हामी बाटो बनाई दिन्छौं, हामी कसैको घर तोड्न जाने होइन, नापी मार्फत निशान लगाईए...
नेपालगन्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

नेपालगन्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ साउन– नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) स्थापना गरेको छ । नेपालगन्जको सरस्वती मावि र छात्रा मावि सल्यानी बागमा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरले आईतबार दुबै विद्यालयमा आयोजिक छुट्टाछुट्टै कार्यक्रममा मेसिनको उद्घाटन गर्नुभयो । छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने उहाँले बताउनुभयो । किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उहाँको भनाई छ । महिनावारी भएको समयमा छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको उप–महानगरपालिक...