Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला सैनिक

परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला सैनिक

शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २ पौष – कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ ।टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन् । निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो । एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा छिन् अर्कोमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला । शव निकाल्नुअघि टोलीले शव राखिएको स्ट्रेचर र वरिपरिका सामानसमेत विसङ्क्रमण (डिसइन्फ...
नेपाली अलैँचीका पाँच जातको पहिचान

नेपाली अलैँचीका पाँच जातको पहिचान

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
इलाम, ३० मंसिर – नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन ।अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ ।अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो ।केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कि...
राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट घोषणा

राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट घोषणा

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ३० मंसिर – राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा घोषणा भएको छ । बैंकको १७ वार्षिक साधारणसभा अन्तरगत सोमबार सम्पन्न गण्डकी प्रदेश स्तरीय एकाई सभामा बागलुङ शाखालाई उत्कष्ट घोषणा गरिएको हो । ४४ वटा शाखा मध्ये यस वर्ष बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा चयन भएको बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सरिता भट्टराईले जानकारी दिनुभयो । २०६५ सालमा बैंकको दोस्रो शाखाका रुपमा स्थापना भएको बागलुङ शाखामा धौलागिरी क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सहकारीहरुले कारोबार गर्दै आएका छन् ।यस्तै बैंकले प्रदान गर्ने पुरस्कार अन्तर्गत बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारीहरु मध्ये गण्डकी प्रदेशको पोखरास्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाले राष्टिूय स्तरको पुरस्कार प्राप्त गरेको छ ।बैंकले प्रदेश स्तरमा २ वटा संस्थालाई पुरस्कृत गर्दै आएको छ...
मुुलुकको आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ : सहकारी मन्त्री थापा मगर

मुुलुकको आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ : सहकारी मन्त्री थापा मगर

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ३० मंसिर – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको मत्वपूर्र्ण योगदान रहेको बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट सोमबार उद्घाटन पछि यस्तो बताउनु भएको हो ।जनतासंग भएको निष्क्रय पूँजिलाई परिचालन गर्ने देखि रोजगारी सिर्जना, आयआर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको योगदान छ, मन्त्री थापा मगरले भन्नुभयो,–अब सहकारीहरुले संकलन गरेको पूँजिलाई उत्पादनमुखी कार्यमा लगाउनु पर्छ ।अनुदानका नाममा कतिपय काल्पनिक मानिसहरुले राज्यको स्रोत परिचालन गरेको समेत गुनासो आएको प्रसंग कोट्याउदै मन्त्री थापा मगरले सहकारीमार्फत राज्यले परिचालन गर्ने बजेट लैजान सकेमा वास्तविक किसानको घर घरमा पुग्ने उहाँको धारणा थियो । गण...
दाना उद्योगमा चालीस अर्ब लगानी

दाना उद्योगमा चालीस अर्ब लगानी

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
भरतपुर, २९ मंसिर – पशुपक्षीका लागि आवश्यक दाना उत्पादन गर्ने उद्योगमा पछिल्लो समय वैदेशिक लगानी भित्रिन थालेको छ । चितवनमा भएका २४ वटा दाना उद्योग मध्ये एउटा पूर्ण रूपमा वैदेशिक लगानीमा सञ्चालनमा रहेको छ ।त्यस्तै दुईवटा उद्योगमा नेपाली सहितको संयुक्त लगानी रहेको कुखुरा व्यवसायी मञ्चका प्रबन्धक शिवप्रसाद बरालले बताए । समग्रमा दाना उद्योगमा ४० अर्ब रुपियाँको लगानी रहेको बताइएको छ । “स्वदेशमै आत्मनिर्भर मानिएको कुखुराजन्य उद्योगमा बिस्तारै वैदेशिक लगानी भित्रिँदै छ”, बरालले भने, “कुखुरापालनका क्षेत्रमा अहिलेसम्म वैदेशिक लगानी देखिँदैन तर दाना उद्योगमा वैदेशिक लगानी बढ्दै गएको छ ।”भरतपुर महानगरपालिका–१५, फूर्तिचोकमा अवस्थित स्काई लार्क दाना उद्योग भारतीय लगानीकर्तासँग संयुक्त लगानीमा स्थापना गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ । (रिर्पोटर्सनेपाल)...
मण्टेश्वरी एशोशियसनको अध्यक्षमा लुना बुढाथोकी

मण्टेश्वरी एशोशियसनको अध्यक्षमा लुना बुढाथोकी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ मंसिर – मण्टेश्वरी एशोशियसन बाँकेको प्रथम साधारण सभाले लुना बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।एशोशियसन बाँकेको शनिवार सम्पन्न प्रथम साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।निवर्तमान तदर्थ समितिलाई विघटन गरेर उक्त साधाणसभाले मण्टेश्वरी एशोसियसन बाँकेका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेको संयोजकत्वमा बनाएको अध्यक्ष मण्डलले एशोसियसनको विधान अनुसार निर्वाचन गराएको हो । तीन सदस्यीय अध्यक्ष मण्डलमा समाजसेवी दिला शाह र सदस्यमा पत्रकार के.पी.घिमिरे रहनु भएको थियो । नयाँ कार्यसमितिमा अध्यक्ष पदमा बुढाथोकी, उपाध्यक्ष दुर्गा बजगाई, सचिव प्रभा थापा मगर, कोषाध्यक्ष खिमा थापा मगर, सह(सचिव निशा शर्मा, सह–कोषाध्यक्ष सीता पौडेल र सदस्यहरुमा मिता थैव, निता गुप्ता र मीना घर्ती चयन हुनुु भएको छ ।कार्यसमिति चयन पछि अध्यक्ष मण्डलका संयोजक चुके, सद...
भन्सार तथा कर समस्या समाधानका लागि छलफल

भन्सार तथा कर समस्या समाधानका लागि छलफल

आर्थिक, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २८ मंसिर – नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारी र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलसँग आईतवार परिचायत्मक भेटघाट एवं स्वागत कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा भन्सार एवं करका समस्या समाधानका समसामयिक विषयमा छलफल भएको थियो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीका नेताहरुले कर एवं भन्सारसँग सम्बन्धित कामकाजलाई सरल र सहज बनाउन आग्रह गरेका छन् ।उनीहरुले कर एवं भन्सारसँग सम्बन्धित हरेक समस्या समाधान गर्न निजीक्षेत्रले सरकारलाई सहयोग गर्ने समेत बताए ।कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो ।...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २८ मंसिर – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।निगमका अनुसार भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो । भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४र४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।...
सहकारीलाई ब्यावसायिक बनाऔं : सहकारीमन्त्री पौडेल

सहकारीलाई ब्यावसायिक बनाऔं : सहकारीमन्त्री पौडेल

प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २७ मंसिर – लुम्बिनी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताउनु भएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।जनतालाई पूँजि र प्रविधिमार्फत आयआर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको भन्दै मन्त्री पौडेलले अबको सम्पूर्ण ध्यान कृषिको बजारीकरणमा लगाउनु पर्नेमा जोड दिनुभयो ।प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग सञ्चालन गरिरहेको जानकारी गराउदै उहाँले सहकारीलाई ब्यबसायिक गराउन सहकारी ऐन र अन्य ऐन विच तादम्यता मिलाउन आवश्यक रहेको समेत उहाको जोड थियो । अब विभिन्न प्रदेश सरकारबीचको समन्वयमा सहकारी संघ संस्थाहरुको उत्पादन लाई बजारीकरण गर्न आवश्यक भएको...
आदर्श सञ्चार सहकारीको १४ औँ एकाईगत साधारण सभाबानपा १ र २ मा सम्पन्न

आदर्श सञ्चार सहकारीको १४ औँ एकाईगत साधारण सभाबानपा १ र २ मा सम्पन्न

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २७ मंसिर – आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारणसभा अन्तरगत बागलुङ नगरपालिका वडानम्बर १ र २ सम्मको एकाई सभामा शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सहकारीले आर्थिक सम्बन्धसँगै भौगोलिक र आत्मीयतालाई बढाउने बताउनुभयो ।अध्यक्ष पाइजाले हरेक नागरिकको जीवनस्तर परिवर्तन गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सबै क्षेत्रमा फिँजारिएर सेवा प्रवाह गर्न सुझाउनु भयो ।सादर्श संचार सहकारीले सुमगदेखि दुर्गमसम्मका नागरिकलाई सूसुचित गराएको भन्दै वित्तीय क्षेत्रमा पनि प्रशंसनीय काम गरेको बताउनुभयो । पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको उहाँको भनाई छ । कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले सहकारी निष्पक्ष र सेवामुलक क्षेत्र भएको बताउनुभयो । उहाँले सहकार...