Sunday, April 26सत्यम खबर
Shadow

मण्टेश्वरी एशोशियसनको अध्यक्षमा लुना बुढाथोकी

नेपालगन्ज, २८ मंसिर – मण्टेश्वरी एशोशियसन बाँकेको प्रथम साधारण सभाले लुना बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
एशोशियसन बाँकेको शनिवार सम्पन्न प्रथम साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निवर्तमान तदर्थ समितिलाई विघटन गरेर उक्त साधाणसभाले मण्टेश्वरी एशोसियसन बाँकेका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेको संयोजकत्वमा बनाएको अध्यक्ष मण्डलले एशोसियसनको विधान अनुसार निर्वाचन गराएको हो । तीन सदस्यीय अध्यक्ष मण्डलमा समाजसेवी दिला शाह र सदस्यमा पत्रकार के.पी.घिमिरे रहनु भएको थियो ।


नयाँ कार्यसमितिमा अध्यक्ष पदमा बुढाथोकी, उपाध्यक्ष दुर्गा बजगाई, सचिव प्रभा थापा मगर, कोषाध्यक्ष खिमा थापा मगर, सह(सचिव निशा शर्मा, सह–कोषाध्यक्ष सीता पौडेल र सदस्यहरुमा मिता थैव, निता गुप्ता र मीना घर्ती चयन हुनुु भएको छ ।
कार्यसमिति चयन पछि अध्यक्ष मण्डलका संयोजक चुके, सदस्यद्वय शाह र पत्रकार घिमिरे, मानवता नेपाल बाँकेकी अध्यक्ष अम्बिका काफ्ले, ईन्जिनियर नेत्रप्रसाद सापकोटा, प्राध्यापक मधुसुदन अधिकारी लगायतले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई अविर र खादा लगाउँदै बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गर्नु भएको थियो ।
एशोशियसनकी सचिव प्रभा थापा मगरले सञ्चालन गरेको साधारण सभाको पहिलो सत्रमा संस्थाका सचिव थापा मगरले एशोशियसनको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीता पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
२०७४ पुस २१ गते गठित २०७५ साल फाल्गुन १० गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एशोसियसनले यसवीचको अवधिमा मण्टेश्वरी चित्रकला प्रदर्शनी, मण्टेश्वरी विधि प्रदर्शनी, बालस्वास्थ्य परामर्श गोष्ठी, तिज विशेष उत्प्रेरणात्मक कार्यक्रम, मण्टेश्वरी विधिको मापदण्ड सहितको सुझाव पत्र र कार्यान्वयनका लागि प्रदेश सभासद्लाई हस्तान्तरण लगायत विभिन्न महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरेको मण्टेश्वरी एशोशियसनकी सचिव प्रभा थापा मगरले सांगठनिक प्रतिवेदनमा उल्लेख गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष लुना बुढाथोकीले बाँकेमा २८ वटा मण्टेश्वरी विद्यालय भए तापनि एशोशियसनमा १४ वटा मात्र मण्टेश्वरी विद्यालयहरु मात्र आवद्ध भएकोले अन्य मण्टेश्वरी विद्यालयहरुलाई पनि आवद्ध गराउने र मण्टेश्वरी शिक्षाको माध्यमबाट कलिला बालवालिकाको सर्वाङ्गिण विकासको लागि अझ बढी सक्रिय भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष बुढाथोकीले कोभिड–१९ को महामारीले स्थिति असहज अवस्थामा भई सोचे अनुरुपको काम गर्न नसके तापनि सबैको साथ र सहयोगले विगतमा केही हदसम्म सफल भएको र आउने दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *