Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

‘सबै भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने’ –उखु किसान

‘सबै भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने’ –उखु किसान

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ११ पौष – उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरूले आन्दोलन गरिरहेका छन् ।विभिन्न जिल्लाबाट आएका उखु किसानहरूले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।चिनी मिल उद्योगीहरूले किसानको सबै भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरूले अडान लिएका छन् । चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो ।तर एक वर्ष सम्म पनि उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरू प्रदर्शन गर्न बाध्य भएका हुन् । (सेतोपाटी)...
स्थापना दिवसमा रचनात्मक कार्यक्रम गर्दै उद्योग वाणिज्य संघ

स्थापना दिवसमा रचनात्मक कार्यक्रम गर्दै उद्योग वाणिज्य संघ

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १० पौष – निजीक्षेत्रमा पश्चिम कै ठूलो छाता संगठनका रुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवशमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको छ ।अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार स्थापना दिवशको अवसरमा बिभिन्न गतिविधिहरु आयोजना गर्ने निर्णय भएको छ । जस अनुसार पौष १५ गते साइकल रेस प्रतियोगिता, पौष १६ गते बृहत रक्तदान, पौष १७ गते पूर्ब अध्यक्ष एबं संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।बृहत्त रक्तदान कार्यक्रमको व्यवस्थापन गर्न महासचिव चिरञ्जीवी ओली र साइकल रेस प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारीमा विष्णु श्रेष्ठलाई तोकिएको छ ।कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि कार्यसमिति परिचालन गरिएको महासचिव ओलीले बताए...
सहकारी बैंकको कर्जा अब ७.५ प्रतिशत, प्रशासनिक शुल्क घट्यो

सहकारी बैंकको कर्जा अब ७.५ प्रतिशत, प्रशासनिक शुल्क घट्यो

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
लतिपुर, ९ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको छ ।गत भदौमा सिंगल डिजिटको कर्जा बनाएको बैंकले पुस १० गतेदेखि लागु हुने गरी नयाँ ४ वटा कर्जाका प्रकार तयार गरी त्यसको ब्याजन्यूनमत ७ दशमलव ५ प्रतिशत कायम गरेको हो । कर्जाका नयाँ प्रकार सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जा कायम गरी ७ दशमलवव ५ देखि देखि ९ दशमलव ५ सम्म कायम गरिएको छ । बैंकको बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको छ । चालुपूँजि कर्जामा ० दशमलव ७५ र अन्य कर्जामा ० दशमलव ५ प्रतिशत लिदै आएको बैंकले सबै कर्जामा ब्यवस्थापन शुल्क ० दशमलव ५ कायम गरेको छ ।बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छ...
उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ : महासंघ सञ्चालक जि.सी.

उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ : महासंघ सञ्चालक जि.सी.

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
साधना पन्तबागलुङ, ९ पौष – राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी.(अञ्जु) ले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभाको मंगलबार बागलुङमा उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । बागलुङ दुग्ध उत्पादक सहकारी संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जन गराउन सफल भएको भन्दै उहाँले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले दिने सेवा सुविधामा ध्यान दिनु पर्ने उहाँको भनाइ थियो । उत्पादनका क्षेत्रमा लागेका सहकारीहरुलाई विशेष प्याकेज बनाएर उत्पादनमा थप क्रियाशिल बनाउन सके राज्यको भूमिका बढ्ने बताउनुभयो । राज्यले दिने सेवा सुविधाहरुमा छुट दिएर उत्पादनका क्षेत्रमा लागेका सहकारीलाई थप उत्साहित बनाउन सकेमा उत्पादन...
कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह

कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ८ पौष – उद्योगी, व्यवसायीहरुले कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह गरेका छन् ।नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको संयुक्त सहकार्यमा आज बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्ने व्यवसायीक अगुवाहरुले कर प्रणाली निजीक्षेत्र मैत्री नभएको गुनासो गरेका छन् । उनीहरुले कर प्रणालीलाई समयसापेक्ष सुधार नगर्दा निजीक्षेत्रले दुःख पाएको उल्लेख गरेका थिए । कार्यक्रममा सहभागि रहेका आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुले समयसापेक्ष कर प्रणालीको विकास गरी त्यसलाई सरल र सहज बनाउने सरकार लागि परेको जनाएका थिए ।नेपाल सरकारको कर सम्बन्धि परिवर्तित कानूनी व्यवस्थाहरुको बारेमा ‘कर सचेतना तथा अभिमुखीकरण कार्यक्रम’ संघको सभाहलमा सम्पन्न गरिएको थियो ।कर सम्बन्धी निती नियमका बारेमा जानकारी अभाव हुँदा समस्या झेल्नु परिरहे पछि कानूनी व...
दाङको तुलसीपुरमा सहकारी बैंकको शाखा

दाङको तुलसीपुरमा सहकारी बैंकको शाखा

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
दाङ, ८ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडको ५३ औं शाखा दाङको तुलसीपुरमा सञ्चालनमा आएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार उद्घाटन गर्नुभयो ।शाखा उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेलले सहकारी बैंकसंग समन्वय गरी काम गर्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले बैंकसंगको सहकार्यमा पालिकामा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न, बैंकको शेयर खरिद गर्न, सहकारीलाई उत्पादनसंग जोडेर गरिबी निवारणमा योगदान गर्न सहकार्यका लागि आव्हान गर्नु भएको छ । सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको भन्दै वित्तीय सेवासंगै सहकारीहरुको संस्थागत विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा बैंकको अवस्था र आगामी योजनाका बारेमा बैंंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुम...
सर्वोच्च अदालत बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

सर्वोच्च अदालत बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ पौष – सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । उनले २ सय ९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २ सय ५० मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए ।नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् । महिला सदस्यमा अमिता गौतम पौडले, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्...
फोकल पर्सनको कार्यशैलीमा प्रश्न चिन्ह ?

फोकल पर्सनको कार्यशैलीमा प्रश्न चिन्ह ?

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ पौष – कोरोना महामारी सुरु भएदेखी नै कोरोना फोकल पर्सनको जिम्मेवारी सम्हाल्दै आएका नरेशबाबु श्रेष्ठको सरुवा अनेत्रै भएपछि उक्त जिम्मेवारीमा मानव नेपाली आएका हुन । यसअघि केही दिनका लागि तेज वलीले सहकता होस भनी सुचना अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।फोकल पर्सन श्रेष्ठ गएको दिनदेखि नै सहजताको लागि नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्यकर्मी तेज वलीलाई बाँके फोकल पर्सन सहजताको रुपमा जिम्मेवारी दिईएको थियो ।जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको बैठकले आफुलाई कोरोना फोकल पर्सनको जिम्मेवारी तोकेको पुष्टि गर्दै मानव नेपालीले पहिलेजस्तै नियमित रुपमा जिल्लाको कोरोना सम्बन्धि अपडेट उपलब्ध गराउने बताउँछन् । बाँकेका फोकल पर्सन क्रमशः नरेशबाबु श्रेष्ठ, तेल वली र हाल कार्यरत मानव नेपाली, फोटोः सत्यमखबर तर फोकल पर्सन नेपाली आएदेखि नै सूचना सम्प्रेषणमा ढिलाई भएको बाँके स्थित रहेक...
सहकारी बैंकले सदस्यलाई पठायो १५ प्रतिशत लाभांश

सहकारी बैंकले सदस्यलाई पठायो १५ प्रतिशत लाभांश

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ३ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६÷०७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।बैंकको १७ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको हो ।साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–आज साधारणसभा सकिदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौ ।बैंकले यसपटकको साधारणसभा एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार जुम मार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाह अनुसार शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो । बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैया लाभाशं वितरण गरेको छ ।सहकारी बैंकले विगत ३ व...
आजदेखि श्रीराम सुगर मिल्सले उखु किसानको भुक्तानी दिने

आजदेखि श्रीराम सुगर मिल्सले उखु किसानको भुक्तानी दिने

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३ पौष – उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आज शुक्रबारदेखि भुक्तानी दिन सुरू गर्ने जनाएको छ ।सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ । सो मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ । (रासस)...