Thursday, November 28सत्यम खबर
Shadow

फोकल पर्सनको कार्यशैलीमा प्रश्न चिन्ह ?

नेपालगन्ज, ४ पौष – कोरोना महामारी सुरु भएदेखी नै कोरोना फोकल पर्सनको जिम्मेवारी सम्हाल्दै आएका नरेशबाबु श्रेष्ठको सरुवा अनेत्रै भएपछि उक्त जिम्मेवारीमा मानव नेपाली आएका हुन । यसअघि केही दिनका लागि तेज वलीले सहकता होस भनी सुचना अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
फोकल पर्सन श्रेष्ठ गएको दिनदेखि नै सहजताको लागि नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्यकर्मी तेज वलीलाई बाँके फोकल पर्सन सहजताको रुपमा जिम्मेवारी दिईएको थियो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको बैठकले आफुलाई कोरोना फोकल पर्सनको जिम्मेवारी तोकेको पुष्टि गर्दै मानव नेपालीले पहिलेजस्तै नियमित रुपमा जिल्लाको कोरोना सम्बन्धि अपडेट उपलब्ध गराउने बताउँछन् ।

बाँकेका फोकल पर्सन क्रमशः नरेशबाबु श्रेष्ठ, तेल वली र हाल कार्यरत मानव नेपाली, फोटोः सत्यमखबर

तर फोकल पर्सन नेपाली आएदेखि नै सूचना सम्प्रेषणमा ढिलाई भएको बाँके स्थित रहेका सञ्चारकर्मीहरुको गुनासो रहेको पाईन्छ । बाँकेमा बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठद्वारा आज पनि बर्दियाका ७२ वर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु हुने सूचना समयमा सम्प्रेषण भईसक्दा समेत बाँकेका फोकल पर्सन नेपाली मार्फत कुनै सूचना सम्प्रेषण नहुनु उनको कार्यशैलीमा प्रश्न चिन्ह उठाउने गरेका छन् ।
कोभिड–१९ सँग सम्बन्धित सूचना आदान–प्रदान गर्न केही दिन अगाडी फेसबुक मार्फत म्यासेन्जरमा कोभिड–१९ को सूचना आदान–प्रदान गर्न छुट्टै आईडी बनाई सूचना प्रवाह गर्दै आएका थिए ।
तर बाँकेमा फोकल पर्सन नेपाली आएपछि सूचना प्रवाहमा ढिलाई हुँदा उनीमाथि प्रश्न उठ्दा उक्त सूचना आदान–प्रदान गर्ने आईडीबाट सञ्चारकर्मीहरुलाई रिमूभ गरिएको छ ।
हाल बाँके फोकल पर्सन नेपाली आप्mनै फेसबुक आईडीबाट कोभिड–१९ सम्बन्धी सूचनाहरु सम्प्रेषण गर्दै आईरहेका छन् । उहाँले अपडेट गर्ने सूचना अपुरोे र अधुरो भएको हुँदा उनकै फेसबुक आईडीमा विभिन्न टिकाटिप्पणी गर्ने गरिएको पाईन्छ ।
यस अगावै बाँके जिल्ला कै अव्वल कर्मचारीको रुपमा बासबाट नागरिक सम्मान समेत पाएका छन् फोकल पर्सन नरेशबाबु श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *