Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म

नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ पौष – अहिले राजश्री प्रोडक्सनको निर्देशनमा बनेको बलिउड चलचित्र “उचाई” विश्वभर प्रर्दशन भईरहेको छ ।बलिउड फिल्म ‘उचाई’ ले भारतमा उत्साहजनक व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले माउथ पब्लिसिटीका कारण राम्रो पिकअप लिइरहेको छ ।सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ ।फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा, सारिका हसन र नेपाली कलाकार धारणा शर्माको पनि महत्त्वपूर्ण भूमिका छ ।नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा चलचित्रको छायांकन गरिएकाले पनि यसमा नेपालीहरु दर्शकहरुले बढी चाँसो दिनु स्वभावीक नै हो ।यस चलचित्रमा बलिउडका महा अमिताभ बच्चनले समेत अभिनय गरेकाले त झन् दर्शकको रोजाईमा पर्ने नै भयो । तर त्यससँगै नेपालमै छायांकन हुनु नेपाल जोडिनु त छँदैछ, अझ यसै चलचित्रबाट बलिउडमा नेपाली नायिकाको डेब्यू हुनुले ...
तीन वर्षपछि खुलेको केरुङ नाका : चर्चा धेरै, निर्यात न्यून

तीन वर्षपछि खुलेको केरुङ नाका : चर्चा धेरै, निर्यात न्यून

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ पौष – तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो । यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो । यो बीचमा चीन सरकारले कोरोना महामारीमा सहज नीति अवलम्बन गरेपछि केरुङ नाकाबाट निर्यात खुला गरेको हो । यही समय नेपालमा बनेको नयाँ सरकारसँग जोडेर नाका खुलाको चर्चा भयो । नयाँ सरकार गठन भएसँगै चीन सरकारले उत्तरी नाका खुला गरेको चर्चा व्यापक भए पनि नेपालबाट निर्यात भने सुस्त गतिमा छ । लामो समयदेखि बन्द रहेको रसुवाको केरुङ नाका पुस १० गतेदेखि खुला भए पनि निर्यात भने न्यून रहँदै आएको छ । झन्डै दुई साताको यो अवधिमा दैनिक एक कन्टेनर मात्रै निर्यात भइरहेको छ । यो समाचार आजको गोरखापत्र ...
नेपालको बिजुली बङ्गलादेशको निर्यातमा भारत महत्त्वपूर्ण भुमिकामा, सहजीकरणका लागि आग्रह

नेपालको बिजुली बङ्गलादेशको निर्यातमा भारत महत्त्वपूर्ण भुमिकामा, सहजीकरणका लागि आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ पौष – बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो ।बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री राजकुमार सिंहसँग बुधवार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गरेका हुन् । यसअघि गत सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गरेकी थिइन् । बङ्गलादेशले हाल भारतबाट एक हजार एक सय ६० मेगावाट बराबरको बिजुली लगिरहेको छ । भारतीय मन्त्री सिंहले नेपालबाट बङ्गलादेशमा बिजुली आयातका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेप...
‘जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

‘जीटुजी’ मलको पहिलो र्‍याक रक्सौल आइपुग्यो

आर्थिक, आस्था, प्रदेश ५, मौसम, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ पौष – नेपाल सरकारले भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल बोकेर पहिलो रेल्वे र्‍याक आइपुगेको छ । २ हजार ५ सय १० मेट्रिक टन मल बोकेको पहिलो रेल्वे र्‍याक वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा शुक्रबार बिहान आइपुगेको हो । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चौलागाईका अनुसार कोलकाता बन्दरगाहबाट चलेको उक्त रेल्वे र्‍याक शनिबार बिहान करिब ७ बजे रक्सौल रेल्वे स्टेसन आइपुगेको हो । अब रक्सौलबाट ट्रकमा ढुवानी गरी उक्त मल वीरगन्जसम्म ल्याइने छ ।कुल ३० हजार मेट्रिक टन मलमध्ये २५ हजार ५ सय मेट्रिक टन रक्सौल वा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउन सक्ने उनले बताए । ‘हाललाई पहिलो र्‍याक रक्सौल रेल्वे स्टेसनमा आए पनि दोश्रो वा त्यसपछिको र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा पनि आउन सक्छ,’ उनले भने, ‘वीरगन्ज आएको मल...
काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ पौष – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए । थोपा–थोपाले ट्यांकी भरिन्छ’ भन्ने नेपाली उखान र ‘सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने चिनियाँ उखान उद्धृत गर्दै उनले नेपाल–चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि त्यसैगरी योगदान दिने बताए । सबै क्षेत्रक...
३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ तिर्ने नेपाली यात्रुलाई सहज हुनेकाठमाण्डौ, २५ पौष – लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई ‘ट्रान्जिट’ आजदेखि खुला भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ । ‘काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भ...
दादुरा रोकथामका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्ने रणनीति 

दादुरा रोकथामका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्ने रणनीति 

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, पौष २५ – नेपालगन्ज उपमहानगरपालिका भित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्य योजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरु बीच आईतबार छलफल भएको छ ।नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरण समेत गरिएको छ । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल भएको छ ।कार्यक्रममा स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा.सर्बेश शर्मा, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका डा.पासांग राईसहितको टिम, युनिसेफका प्रतिनिधिहरुसंगै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्...
नेपाली निर्यातमा चीन असहयोगी

नेपाली निर्यातमा चीन असहयोगी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक रुपमा खोलेको हो । प्रधानमन्त्री दाहाललाई चीन नजिकको नेताको रुपमा हेरिँदै आएको छ । लामो समयदेखि चीनको बेवास्ताका कारण दुई मुलुकबीचको व्यापारमा नेपालले धेरै असन्तुलन भोग्दै आएको छ । आफुलाई मन लाग्ने सहुलियतसहित ढोका खोल्ने र मन नलागे बन्द गर्ने चिनियाँ प्रवृत्तिका कारण नेपालले व्यापार असन्तुलन भोग्नु परेको हो । केही समयदेखि निकासीको ढोका बन्द रहेको उत्तरी नाका खुला भएसँगै व्यापार असन्तुलन कम हुने व्यावसायीहरुको अपेक्षा छ । आजको कारोबार ...
भारतमा आन्तरिक विद्युतलाई प्रसारण भाडामा छुट, नेपाली निर्यात प्रभावित हुन सक्ने

भारतमा आन्तरिक विद्युतलाई प्रसारण भाडामा छुट, नेपाली निर्यात प्रभावित हुन सक्ने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – भारतले आन्तरिक उत्पादनको विद्युतलाई प्रसारण लाइनको भाडा (ह्विलिङ चार्ज) नलिने निर्णय गरेको छ । यसबाट नेपालको विद्युत्ले भारतीय बजारमा प्रतिस्पर्धी मूल्य गुमाउन सक्ने देखिएको छ । भारतको ऊर्जा मन्त्रालयले त्यहाँका नयाँ जलविद्युत् आयोजनालाई अन्तरराज्य (प्रदेश) प्रसारण प्रणालीको भाडा (ह्विलिङ चार्ज) १८ वर्षसम्म नलिने निर्णय गरेको छ । यसबाट त्यहाँका आयोजनाको विद्युत् तुलनात्मक रूपमा सस्तो हुने देखिन्छ । जसबाट भारतीय बजारमा नेपाली बिजुलीले प्रतिस्पर्धी मूल्य गुमाउने सम्भावना भएको जानकारहरूले बताएका छन् । नेपालको विद्युत् भारतमा बिक्री भए पनि भनेजस्तो मूल्य नपाउने सम्भावना रहेको उनीहरूले बताएका छन् । भारतको नयाँ नीतिले नेपाललाई तत्काल प्रभाव नपार्ने नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । तर, दीर्घकालीन रूपमा भने असर पर्न सक्ने उनले औँल्या...
गरिब एसियाली मुलुकहरूमा मानव तस्करहरूको सक्रियता

गरिब एसियाली मुलुकहरूमा मानव तस्करहरूको सक्रियता

अपराध, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ पौष – गरिब एसियाली मुलुकहरूमा चिनियाँ मानव तस्करहरूको सक्रियता बढ्न थालेको छ। पछिल्ला केही वर्षमा मानव तस्करहरूले चीनबाहिर आफ्नो सञ्‍जाल विस्तार गरेको विभिन्‍न अनुसन्धान रिपोर्टहरूले जनाएका छन्। उनीहरूले गरिब एसियाली राष्ट्रका मानिसहरूलाई बसाइँ सार्ने भन्दै ठगी गरेको पाइएको छ। त्यसमा नेपाल समेत प्रभावित भएको छ । रोजगारीको नाममा मानवबेचबिखन र जबरजस्ती विवाह वा वेश्यावृत्ति वा दासत्व र अन्य प्रकारका गैरकानूनी गतिविधिहरूमा संलग्‍न गराउँदै आएका छन् । तस्करी गरिएका मानिसहरूलाई वेश्‍यावृत्ति तथा दास बनाउने लगायतका गैरकानुनी मात्र नभएर शरीरका विभिन्‍न अंगहरू समेत बेचबिखन गरेको पाइएको छ। पछिल्लो घटनाक्रम नेपालबाट आएको हो, जहाँ स्थानीय अधिकारीहरूले दुई चिनियाँ नागरिक पक्राउ गरेका छन्। पक्राउ परेकाहरुले दिएको बयान अनुसार १० जना नेपालीलाई राम्रो रोजगारी दिने आश्वासन दिइएको थियो। त...