महोत्सवको प्रचारप्रसार सन्तोषजनक : संयोजक कंडेल
नेपालगन्ज, ८ माघ – बाँकेको नेपालगन्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ ।समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ ।प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई भने, ‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रो संग भईरहेको छ ।’कारण समेत खुलाउदै भने, ‘किन भने मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ । यस्तै प्रचार गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहान ७ देखि साँझको ७ बजे सम्म प्रचारप्रसारलाई तिब्रता दिनुभएको छ ।’‘यसमा अनलाईन मिडिया, छापा मिडिया, सोसल मिडिया, रेडियो, टिभि लगायत पत्रकारहरुले सहकार्य गनुभएको छ । हामीले अहिले सम्म प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको ...








