Thursday, July 2सत्यम खबर
Shadow

श्रम/रोजगार

बाँकेकी किशोरी मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

बाँकेकी किशोरी मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ श्रावण – बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट भएकी छन् ।१७ बर्षिय प्रेसुसिंह थारुले भारतको कानपुर पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाईनल चरण पार गर्दै ग्राण्ड फिनालेमा स्थान बनाउन सफल भएको आमा यामु बुढाक्षेत्रीले बताउनुभयो । ग्राण्ड फिनाले यही अगस्त १९ तारिखमा आयोजना हुनेछ । त्यसको तयारी अन्तर्गत करिब एकसाताको बन्द प्रशिक्षण समेत हुने भएको छ ।नेपालगन्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा पनि उत्तिकै सौखिन छिन् । उनले नेपालगन्जमा भएको नेपालगन्ज रन वे सिजन २ मा मष्ट ब्युटिफुल र बेष्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन । घर परिवारको साथ र सहयोगमा आफु विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने गरेको प्रेसुको भनाई छ ।...
४ खर्ब लागतमा १४१ किमि काठमाडौं-रक्सौल रेलमार्ग बन्ने

४ खर्ब लागतमा १४१ किमि काठमाडौं-रक्सौल रेलमार्ग बन्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ श्रावण – काठमाडौं रक्सौल रेलमार्ग सञ्चालनका लागि तयार पारिएको एफएलएस (फाइनल लोकेसन सर्भे) नेपाल सरकारसमक्ष पुगेको छ। भारतले दिएको प्रतिवेदनअनुसार रेलमार्ग १४०.७९ किलोमिटरको हुनेछ। रेलमार्गको लागत करिब ४ खर्ब अनुमान गरिएको छ। त्यसमध्ये ३ खर्ब ९९ अर्ब आयोजना बनाउन र मुआब्जाका लागि भने थप रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। काम सुरु भएको ५ वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ। आयोजनामा १२ वटा स्टेसन बन्नेछ। तराई क्षेत्रमा सिंगल ट्रयाक र पहाडी क्षेत्र तथा सुरुङ बन्ने ठाउँमा डबल ट्रयाक बनाउने प्रस्ताव प्रतिवेलनमा गरिएको रेल विभागका महाानिर्देशक रोहितकुमार बिसुरालले बताए। ‘पहाडी क्षेत्रमा सुरुङ बन्ने छ। ४० किलोमिटर रेल सुरुङबाट गुज्रिने छ भने बाँकी जमिनको सतहबाट कुद्नेछ,’ उनले भने, ‘आयोजना ५ वर्षमा बनाइसक्ने लक्ष्य रहेको छ।’ यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ...
त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततिर

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततिर

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ श्रावण – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुक...
जनककाे अध्यक्षतामा आल्मुनियम संघकाे गठन

जनककाे अध्यक्षतामा आल्मुनियम संघकाे गठन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १३ श्रावण - बाँके आल्मुनियम स्टिल एण्ड यु.पि.सी.सी व्यावसाय संघको तदर्थ समिति गठन गरेको छ ।प्रथम पटक आल्मुनियम व्यावसायीहरुको भेटघाट तथा छलफलले जनक पहारी मगरको अध्यक्षतामा भएको भेलाले बाँके आल्मुनियम स्टिल एण्ड यु.पि.सी.सी ब्यबसायी संघको तदर्थ समिति गठन गरेको हो ।भेलाले अध्यक्षमा जनक पहारी मगर सहित ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा आविद निहाल, सचिवमा रविन पोखरेल, कोषाध्यक्षमा नारायण बुढामगर रहनु भएको छ । तेस्तै सदस्यमा जीवन पौडेल, राजेश यादव, तेज ब. बोहोरा, अशोक गुरुङ, शमशाद शेष, उमेश प्याकुरेल, छोटू अली कशगढ़ रहनु भएको थियो भने सल्लाहकारमा नविन शर्मा, कृष्ण प्रसाद पोखरेल, वसन्त बोहोरा, विकल श्रेष्ठ र शिशिर क्षेष्ठ रहुनु भएको छ ।उक्त समितिले छिट्टै विधान तयार पारेर संस्था दर्ता गर्ने र बाँकेमा रही आल्मुनियम सम्बन्धि काम गरिरहेका सम्पूर्ण आल्मुनियम व्यावसायीहरुलाई ऐक...
बाँकेकाे अर्काे पहिचान “सिनेराेयल” सञ्चालनमा

बाँकेकाे अर्काे पहिचान “सिनेराेयल” सञ्चालनमा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ श्रावण - नेपालगन्ज उपमहानगरकाे अर्काे पहिचानकाे रूपमा बिहीवारदेखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिनेरोयल’ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बीच सिनेराेयल हलको उद्घाटन गरिएकाे छ । उद्घाटनका अवसरमा पत्रकार सम्मेलन गरेर "सिनेराेयल" हल बारे जानकारी गराइएको थियो ।बिहीवार पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने जानकारी गराईएकाे थियाे ।नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताउनुभयो ।२५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको छ, यसले थप नेपा...
वडा नं. ६ मा २५ लाख ५० हजार फ्रिज ! जिम्मेवार को अध्यक्ष वा सचिव ?

वडा नं. ६ मा २५ लाख ५० हजार फ्रिज ! जिम्मेवार को अध्यक्ष वा सचिव ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधिदेखि कर्मचारीसम्मको हाली मुहाली भएकै हुँदा वडाबासी सर्वसाधारण जनताहरुलाई सास्ती भएको तथ्य उजागर भईरहेको छ ।नेपालगन्ज उपमहानगरपालिकादेखि वडा विकासको लागि मांग गरिएको बजेट मध्ये २५ लाख ५० हजार रकम फ्रिज भएर जानुले समेत माथि उल्लेखित गरेको तथ्यलाई उजागर गरिरहेको पाईन्छ । वडाबासी नागरिकहरु जुन तवरले सचेत र सजग हुनुपर्ने थिए सो नभएकै कारणले उक्त २५ लाख ५० हजार बजेट फ्रिज भएको वडाबासीहरुकै भनाई रहेको छ ।सबभन्दा बढी पीडा त समाजलाई मार्ग निर्देशन दिने ज्येष्ठ नागरिककै “ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम” शिर्षकमा ३ लाख बिनियोजित गरिएको बजेट समेत खर्च नगरी फ्रिज गराएका छन् ।त्यति मात्र नभई “पाठेघरको सरभाईकल स्कृनिङ कार्यक्रम” शिर्षकमा १ लाख, “किशोर किशोरीहरुलाई अभिमुखिकरण तालिम” शिर्षकमा १ लाख, “एक घर एक करेसाबारी कार्यक्रम” शिर...
१२ लाखको ग्राभेलः कसको कति सेटिङ्ग ?

१२ लाखको ग्राभेलः कसको कति सेटिङ्ग ?

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को हाल ग्राभेल कहाँ कति खसाईएको चर्च चलिरहेकै बेला सत्यमखबरका सुजल चन्दन त्रिपाठीमार्फत वडा कार्यालयबाट सूचना मांग गरिएको थियो ।उक्त सूचना अनुसार वडा नं. ६ ले बिल, भरपाई उपलब्ध गराउने नसक्ने गरी सूचना उपलब्ध गराएको छ तर कुन कानून र धारा अन्तर्गत बिल र भरपाई उपलब्ध गराउन नसक्ने बारे उल्लेख गरेको छैन । उक्त सूचना अनुसार २ पटकमा ग्राभेलको सूचना प्रकाशित गरी उक्त कार्य गर्ने ठेकेदारहरुमार्फत सम्झौता गरिएको थियो । जसमा ८ लाख बराबरको एउटा रहेको छ भने ४ लाख बराबर अर्को गरी जम्मा १२ लाख बराबर रहेको थियो ।उक्त १२ लाख बराबर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को विभिन्न टोलहरुमा आवश्यकता अनुसार खसाईएको सम्बन्धित वडा कार्यालय स्रोतको दाबी रहेको छ ।जस अनुसार अदानचुली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले विकास नगर टोल सडकमा ७२ घनमीटर (२४ ट्रली),...
बि.पि.को स्मृति दिवसमा सरसफाई तथा बृक्षारोपण

बि.पि.को स्मृति दिवसमा सरसफाई तथा बृक्षारोपण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
के.आर.शर्मानेपालगन्ज, ९ श्रावण – बिशेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले औपचारिक कार्यक्रम सहित सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बि. पी. कोइरालाको बहुआयामिक ब्यक्तित्वको चर्चा गर्दै पुर्व लुम्बिनी प्रदेश बन मन्त्री तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य सुरेन्द्रबहादुर हमाले नेपालको राजनीतिमा स्वर्णिम इतिहास बनाउन सफल बि.पी. कोइराला पदका लागि कहिलै सिद्धान्तसंग सम्झौता गरेनन् होइन भने कयौ पटक प्रधानमन्त्री बन्न सक्थे बि.पी.को आदर्श सिद्धान्त नितान्त अपरिहार्यताको चर्चा गर्दै नेपाली कांग्रेस गुट–उपगुटको राजनीति भन्दा माथि उठदै सबै एक भएर अगाडी बढ्न जोड दिए ।कार्यक्रममा अधिकांश बक्ताहरुले महामानव विशेश्वर प्रसाद कोइरालाको धरातलिय उच्च नैतिकता, आदर्श र सिद्धान्तः “समाजवाद” निष्ठाको राष्ट्रिय ...
रिपोर्टिङमा खटिएका पत्रकारमाथी अभद्र व्यबहार

रिपोर्टिङमा खटिएका पत्रकारमाथी अभद्र व्यबहार

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक मापदण्ड विपरित टिन टहरा निर्माण गरेको प्रति रोक लगाउँदै सात दिन भित्र त्यस्तो संरचना हटाउन नगरले आदेश दिएको छ ।नेपालगञ्ज ४ स्थित बसपार्क नजिकै रहेको विद्युतको छेउमा मान बहादुर हमालले अवैद्ध रुपमा टिन टहरा निर्माण गरिरहेको नगरमा उजुरी परेको थियो । विजय कुमार सोनीले नगरमा दिएको जग्गा अतिक्रमण सम्बन्धि उजुरी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को कार्यालयको गत चैत्र २९ गते प्राप्त पत्र तथा नगर प्रहरीको प्रतिवेदनका साथै नापी शाखाको प्रतिवेदन अनुसार स्थलगत सर्वेक्षण गरी नापजाँच गर्दा कि.नं. २४१ मा हमालले सडक मापदण्ड ३० मिटर विपरित टिनको टहरा निर्माण गरिरहेको खुल्न आएपछि हटाउन आदेश स्वरुप ७ दिने म्याद सहित सूचना जारी गरेको प्रशासन अधिकृत इन्द्र बहादुर के.सी.ले नाईल खबरलाई जानकारी गराए ।नगर प्रशास...
सत्यमखबरकाे असर नरैनापुर गाउँपालिकासम्म, प्रमुखदेखि वडा कर्मचारीसम्म पुग्दैनन समयमा, जनतालाई सास्ती

सत्यमखबरकाे असर नरैनापुर गाउँपालिकासम्म, प्रमुखदेखि वडा कर्मचारीसम्म पुग्दैनन समयमा, जनतालाई सास्ती

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण - नेपालगन्ज उपमहानगरपालिका भित्र केही दिनदेखि लगातार रूपमा सत्यमखबरकाे टीमले वडा कार्यालयहरूमा छड्के गर्दै जनसेवक कर्मचारीहरू कार्यालय समयमा आउने नआउने बारे रिपाेर्टिङ्ग गर्दै आईरहेकाे खबरले उपमहानगरपालिका बाहिर पनि असर गरिरहेकाे छ ।बाँके जिल्लाकाे विकट गाउँपालिकाबाट चिनिएकाे नरैनापुर गाउँपालिका समेत नागरिक स्तरबाट कार्यालय समयमा सम्बन्धित कर्मचारीहरू समयमा आए नआएकाे समाचारहरू प्राप्त हुन थालेसँगै सत्यमखबर डटकमका कानुनी सल्लाहकार रामकुमार दीक्षितले आफ्नाे सार्वजनिक सञ्जाल फेसबुककाे प्रयाेग गर्दै शुक्रबारका दिन कार्यालय समयमा नआएका कर्मचारीहरूकाे नामावली खाली कुर्सीकाे फाेटाेसहित सार्वजनिक गर्नु भएकाे छ ।कानुनी सल्लाहकार दीक्षितले "२०८०/०४/०५ गते शुक्रवार ११:०० बजेको नरैनापुर गाउँपालिका कार्यालय भित्रको ०५ वटा कुर्सीहरूको तस्बीर हो यो। कार्यालय समय १० बजे सम्म भएपनि यी क...