Thursday, July 2सत्यम खबर
Shadow

श्रम/रोजगार

खजुराको क्यान्सर अस्पताल पश्चिम नेपालकै गौरव, सोमवार ११ औं साधारण सभा हुँदै

खजुराको क्यान्सर अस्पताल पश्चिम नेपालकै गौरव, सोमवार ११ औं साधारण सभा हुँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ७ श्रावण – खजुरा स्थित प्रखर परोपकार मिसन नेपालको ११ औं साधारण सभा भोलि साउन ८ गते सोमवारका दिन आयोजना गरिंदैछ । पश्चिम नेपाल कै पहिलो सुविधा सम्पन्न क्यान्सर अस्पतालका प्रेरणा प्रदान गर्ने भारतका प्रसिद्ध महात्मा महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको प्रमुख आतिथ्य र अस्पतालका संकल्पकर्ता दीन दयालजी महाराजको विशिष्ठ आतिथ्यमा उक्त साधारण सभा हुन लागेको हो ।बाँके जिल्लाको ऐतिहासिक क्षेत्र खजुरा र आसपासका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारण जनताको आवश्यकतालाई दृष्टिगत गरी चिरकालसम्म स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभिप्रायबाट प्रेरित भई प्रखर परोपकार मिसन नेपालको २०६२ सालमा विधिवत दर्ता गरी प्रखर परोपकार मिसन क्यान्सर अस्पताल प्रस्तावित गरिएको थियो । स्थानीय नागरिक अगुवा किस्मतकुमार कक्षपतिको अध्यक्षतामा विशुद्ध मानव सेवा र नाफारहित गैरसरकारी संस्थाको रुपमा स...
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरमा अंकुश

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरमा अंकुश

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ श्रावण –नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको संरचना र लक्ष्य अन्तर्गत नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई अंकुशको रुपमा यथावत राखिएको छ । साथै मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यको रुपमा यथावत राखेको छ । विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता र वार्षिक लक्षित मुद्रास्फीतिका आधारमा नीतिगत दर तय गरिने उल्लेख छ । मौद्रिक नीतिको लक्ष्य कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्नु रहेको छ ।...
पुष्पलालको ४५ औं स्मृती दिवसको अवसरमा बृक्षारोपण

पुष्पलालको ४५ औं स्मृती दिवसको अवसरमा बृक्षारोपण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण - नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलाल श्रेष्ठको ४५ औं स्मृती दिवसको अवसर पारेर बाँकेका बिभिन्न स्थानमा बृक्षारोपण गरिएको छ ।नेकपा एमाले खजुरा गाउँपालिका कमिटी र अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा खजुरा गाउँपालिका २ के गाउँस्थित दुर्गा भवानी मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज शान्ति ढकाल, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य बाबुराम गौतम, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नन्दलाल रोकाय, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति पुष्पलालको बाटोमा हिड्न सके कम्युनिष्टहरु सच्चा कम्युनिष्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने बताए ।मोर्चा संगठन संयोजक भीम ओली, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्ण बिक्रम केसी, खजुरा गा...
ज्येष्ठ नागरिकलाई कार्यालय सहयोगीद्वारा दुव्र्यवहार

ज्येष्ठ नागरिकलाई कार्यालय सहयोगीद्वारा दुव्र्यवहार

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण – “कही नभएको जन्ती हाँडी गाउँमा” भने जस्तै हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधि, कर्मचारीहरुले सेवाग्राहीप्रति गरिएको व्यवहारले देखाईरहेको छ ।आज आईतबार सप्ताहको पहिलो दिन भएको हुँदा पनि अलि भिडभाड हुने गरेको पाईन्छ प्रायः सबै सरकारी कार्यालयहरुमा तर वडा नं. ६ मा आज ज्येष्ठ नागरिक, विधुव लगायतको भत्ता कार्ड रिनो गर्नुपर्ने भएको हुँदा समेत बिहान १० बजे अफिस समयमा भिड लागेको देखिन्छ ।तर उक्त भिडलाई व्यवस्थापन गर्नुपर्ने स्थानमा कार्यालय सहयोगी शान्ति बर्माले भोलि पर्सी आउनुस, अहिले भिड किन गर्नु भएको छ भनी उल्टै हप्काउने कार्य गरी ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार गरेका छन् ।उक्त भनाई कार्यालय सहयोगबाट आएपछि सत्यमखबर डटकमले किन सेवाग्राहीहरुसित यस्तो भनाई राख्नु भयो भनी प्रश्न गर्दा मेरो राम्रो काम तपाईले नदेख्ने, मलाई नराम्रो मात्र भन्ने भनेर केही समय बादवि...
शहरी स्वास्थ्य केन्द्रमा २० प्रतिशत सस्तो शुल्कमा सेवा दिने

शहरी स्वास्थ्य केन्द्रमा २० प्रतिशत सस्तो शुल्कमा सेवा दिने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्त रूपमा उद्घाटन गर्नु भएको छ ।सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको बताउनुभयो । नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मेडिकल हब भएपनि नागरिकले सोचे अनुरुप सेवा पाउन नसकेको बताउँदै राठौरले स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीनै तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधानले नागरिकलाई प्रदत...
हुलाक बचत बैंक वाणिज्य बैंक त्रिभुवन चोकलाई हस्तान्तरण

हुलाक बचत बैंक वाणिज्य बैंक त्रिभुवन चोकलाई हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ अषाढ – नेपाल सरकारले बजेट बक्तव्यको बुँदा न.ं ३७४ मार्फत नेपाल भरी रहेका हुलाक बचत बैंकहरुलाई क श्रेणीको वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरे बमोजिम नेपाल सरकार मन्त्री परिषदको यही असार १२ गतेको निर्णय तथा हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालय बीच यही असार २४ गते भएको सम्झौता अनुसार जिल्ला हुलाक कार्यालय बाँकेमा रहेको हुलाक बचत र्बैकका खाता राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखामा हस्तान्तरण गरिएको छ ।जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले वाणिज्य बैंकका फोकल पर्सन रवी अर्याललाई हुलाक बचत बैंक बाँकेमा रहेका २११४ बचत कर्ताको ११ करोड ५८ लाख ३० हजार बचत रकम सहितको विरणको प्रमाणित प्रति र सफ्ट कपी हस्तान्रण गर्नु भएको छ ।यस अघी हुलाक बचत र्बैकबाट हुँदै गरेको कारोवार चालु आर्थिक वर्ष ०८०÷०८१ को साउनबाट राष्ट्रिय वाणिज्य व...
आदित्य गुप्ताकाे संयाेजकत्वमा हाेटल म्यानेजमेन्ट तालिम सम्पन्न

आदित्य गुप्ताकाे संयाेजकत्वमा हाेटल म्यानेजमेन्ट तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० अषाढ - नेपालगन्ज जेसीस वर्ष २०२३ काे आयाेजनामा दुई दिने हाेटल म्यानेजमेन्ट तालिम आज शनिबार सम्पन्न गरिएकाे छ ।आज सम्पन्न दुई दिने हाेटल म्यानेजमेन्ट तालिमकाे संयाेजक जेसीस आदित्य गुप्ताका अनुसार २९ गते शुक्रबार दिउँसाे २ बजे देखि शुरू गरिएकाे तालिम आज दिउँसाे १ बजेदेखि शुरू गरि सम्पन्न गरिएकाे बताउनु भयाे ।तालिममा हाेटल म्यानेजमेन्ट सम्बन्धी जस्तै ग्रहकहरूलाई सेवा कसरी दिने, रूमहरूकाे व्यवस्थापन कसरी गर्ने, पाहुनाहरूसित कसरी व्यवहार गर्ने, वेटरहरूमा के के गुण हुनु पर्ने, खानाहरूकाे प्रकार बारे ग्रहकलाई कसरी बुझाउने लगायत बारे तालिममा सहभागीहरूलाई सिकाउने कार्य गरेकाे तालिम संयाेजक जेसीस गुप्ताले बताउनु भयाे ।नेपालगन्ज जेसीस वर्ष २०२३ का अध्यक्ष राेशन केसी, महासचिव माेहित, तालिमका सहसंयाेजक लक्ष्मण पन्थी लगायत सम्पुर्ण जेसीस सहभागीहरलाई तालिम संयाेजक गुप्ताले धन्यबाद ज्ञापन गर...
नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात

नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
चितवन, ३० अषाढ – नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो । कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएक...
पाकिस्तानको नियन्त्रणमा बस्‍ने मानिसहरूलाई छैन कुनै राहत

पाकिस्तानको नियन्त्रणमा बस्‍ने मानिसहरूलाई छैन कुनै राहत

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० अषाढ – पाकिस्तान-नियन्त्रित काश्मीर र ओक्युपाइड गिलगिट-बाल्टिस्तान (पीओके-जीबी) ले एक पछि अर्को २०२३-२०२४ को लागि आफ्नो वार्षिक वित्तीय बजेटहरू पारित गरेका छन्। पाकिस्तानको कब्जामा बस्‍नेहरूका लागि कुनै राहत सुविधा नभएको डा अमजद अयुब मिर्जाले लेखेका छन्। जुन २१ मा, २.३२ ट्रिलियन रुपैयाँको बजेट मुजफ्फराबादको पीओके विधान सभाले सर्वसम्मतिले अनुमोदन गरेको थियो। जुन २६ मा गिलगिटको गिलगिट-बाल्टिस्तानको विधान सभाले पाकिस्तानी रुपैयाँ रु. १.१६ ट्रिलियनको बजेट अनुमोदन गरेको थियो। डा अमजद अयुब मिर्जा एक लेखक र पीओजेकेको मिरपुरका मानव अधिकार कार्यकर्ता हुन्। उनी हाल बेलायतमा निर्वासनमा बस्छन्। यी दुबै क्षेत्रको विधान सभाले त्यहाँ बेरोजगारी अन्त्य गर्ने, सीप वृद्धि वा पीओके-जीओबीमा रोजगारीका अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्दैनन्। कुनै पनि बजेटले महिला सशक्ति...
पाकिस्तान: बेरोजगारी दर ६.५ प्रतिशतमा बढ्यो

पाकिस्तान: बेरोजगारी दर ६.५ प्रतिशतमा बढ्यो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० अषाढ – बढ्दो बेरोजगारीको विश्वव्यापी सूचीमा पाकिस्तानलाई २४ औं स्थानमा राखेको छ। जसमा बेरोजगारी दर ६.५ प्रतिशतको नयाँ उचाइमा पुगेको एक्सप्रेस ट्रिब्यून समाचार पत्रले रिपोर्ट गरेको छ। वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार विश्वमा सबैभन्दा बढी बेरोजगारी नाइजेरियामा रेकर्ड गरिएको थियो, जहाँ ३३.३ प्रतिशत कामदार अर्थात् एक तिहाइले काम खोजिरहेका थिए। यस्तै अवस्था दक्षिण अफ्रिकामा पनि देखिएको छ, जुन ३२.९ प्रतिशत बेरोजगारीको साथ दोस्रो स्थानमा छ। बोस्निया र हर्जगोभिनाको बेरोजगारी दर २९.२८ प्रतिशत छ। तुलनात्मक रूपमा उच्च दर भएका अन्यमध्ये इराक १५.५५ प्रतिशत र अफगानिस्तान १३.३ प्रतिशत रहेको छ। द एक्सप्रेस ट्रिब्यूनका अनुसार बेलायतमा यो दर ३.८ प्रतिशत र अमेरिकामा ३.७ प्रतिशत छ। चीन र क्यानडामा बेरोजगारी दर ५.२ प्रतिशत रहेको छ। बंगलादेश ४.७ प्रतिशतको बेरोजगारी दरका साथ ३४औँ स्थानमा...