Thursday, July 2सत्यम खबर
Shadow

श्रम/रोजगार

दीक्षितको संयोजकत्वमा नेपाल चार्टर्ड एकाउन्टे्ट्सकाे समन्वय समिति गठन

दीक्षितको संयोजकत्वमा नेपाल चार्टर्ड एकाउन्टे्ट्सकाे समन्वय समिति गठन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २७ श्रावण - नेपाल चार्टर्ड एकाउन्टे्ट्स संस्था (आइक्यान) ले परिषदको ३०८ औँ बैठकबाट सिए. तेजप्रकाश दीक्षितको संयोजकत्वमा संस्थाको नेपालगञ्ज शाखा समन्वय समिति गठन गरेको छ ।सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. अनिश अधिकारी, सिए. सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. मोहम्मद जुबेर राई, आरए. अनिताकुमारी श्रेष्ठ, आरए. गोकर्णप्रसाद आचार्य र सचिवमा आइक्यान नेपालगन्ज शाखाका शाखा प्रमुख श्री देवराज अधिकारी रहेका छन् ।शाखा समन्वय समितिले सरोकारवाला संग समन्वय गर्न, सदस्यहरूको क्षमता अभिवृद्धि गर्नको विभिन्न तालिम सञ्चालन गर्न र सेवाग्राहीहरुलाई प्रभावकारी ढंगले सेवा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...
मतदाताकाे समर्थन साझा समुहलाई

मतदाताकाे समर्थन साझा समुहलाई

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ श्रावण - नेपालगन्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् ।मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन ।निर्वाचनको प्रचार प्रसारमा क्रममा मतदाताको घरदैलो पुग्दै गरेको प्रजातान्त्रिक समूहलाई यो पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ । व्यवसायी बदरुद्दिन अन्सारीले अबको नेतृत्व साझा प्रजातान्त्रिकले पाउने भएकाले हाम्रो साथ यसैलाई रहेको बताउनुभयो ।ललितकुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघ आसन्न निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ ।प्रचारलाई तिब्र बनाउनुभएको अध्यक्ष पदका उम्मेदवार रौनियारले मुस्लिम मतदाताले आफुहरुको साथ रहेको बताएको बताउनुभयो । मुस्लिम समुदायको व्यक्तिले ...
मतदाता बीच भोट माग्दै समावेशी प्यानल

मतदाता बीच भोट माग्दै समावेशी प्यानल

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन यही भाद्र २ गते सम्पन्न हुन गईरहेको थोरै समय बाँकी रहँदा दुबै समूहका व्यापारी उम्मेदवारहरुले आ–आफ्नो प्यानलको लागि भोट माग्न आम उद्योगी व्यवसायीहरु माझ भेटघाटलाई तिब्रता दिएका छन् ।यसैक्रममा समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामीले मतदाताहरुलाई आफ्नो प्यानलको लागि भोट माग्दै आफ्नो प्यानल विजयी भएको अवस्थामा व्यापारीहरुको प्रत्येक समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।समावेशी प्यानलका उम्मेदवारहरुले बिहीबार नेपालगन्जको घरवारी टोल हुँदै बागेश्वरी टोलका मतदाताहरुसँग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको समावेशीबाट अध्यक्ष पदका उम्मेदवार टंकबहादुर धामी, उपाध्यक्ष (उद्योग) चिरञ्जीवी ओली, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला) मन्दिरा...
साझा समूह घरवारीटाेलमा…

साझा समूह घरवारीटाेलमा…

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २५ श्रावण - नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् । प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगन्जकाे घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन । संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने जनाए । परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । थोक तथा फुट...
मतदाता माझ साझा प्रजातान्त्रिक समूह

मतदाता माझ साझा प्रजातान्त्रिक समूह

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ श्रावण - नेपालगन्ज उधाेग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ । प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगन्ज न्यूरोडका मतदाताहरु माझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ । अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसंग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूह माथि आशा राखेको दर्शाएका छन् । मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए । भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले म...
मोदीले गरे शुभारम्भ पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै

मोदीले गरे शुभारम्भ पाँच सय बढी रेलवे स्टेसनहरूको पुनः निर्माण गर्दै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ श्रावण – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरेका छन् ।कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले जनतालाई राम्रो सुविधा उपलब्ध गराउने बताइएको छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन्। प्रधानमन्त्री मोदीले आफ्नो सरकारले कुल १,३०० रेलवे स्टेशनहरूको पुनर्विकास गर्ने लक्ष्य राखेको र त्यसमा ५०८ रेलवे स्टेशनहरू विकास गर्न आइतबार शिलान्यास गरिएको बताए । ‘यो पुनर्विकास आयोजना रेलमार्गका साथै आम नागरिकका लागि देशमा पूर्वाधार विकासका लागि ठूलो अभियान हुनेछ,’ मोदीले भने।...
टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा अख्तियारले थाल्यो छानबिन

टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा अख्तियारले थाल्यो छानबिन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ श्रावण – रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन अघि बढाएका छन् । विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको उक्त तारे होटल अमेरिकामा रहेका एनआरएन बुद्धिसागर सुवेदी र अरु एनआरएनएहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले उक्त खरिदबारे छानबिन थालेका छन् । सुवेदीले लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल सञ्चालन गरेका छन् । उनै सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी भने अमेरिकाको डेलावेयरमा रजिष्ट्रेशन छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद भएको हो । उक्त खरिदसँगै रिसोर्टको सेयर स्वामित्व सुवेदी नेतृत्वको हिमालयन टाइगरमा सरेको छ ...
रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाइ बिदा

रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाइ बिदा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ श्रावण – रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् । थलाइवाको आगामी फिल्म ‘जेलर’ ले मानिसहरुलाई पागल बनाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । यस्तो अवस्थामा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् । समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा बिदा दिएका छन्। यति मात्र होइन, धेरै कार्यालयमा कर्मचारीलाई जेलर टिकट पनि निःशुल्क दिइएको छ । रजनीकान्त २ वर्षपछि पर्दामा धमाकेदार एन्ट्री गर्दैछन् । फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिनेछन् । थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा कर्मचारीलाई बिदा दिइएको छ । युनो एक्वाका कर्मचारीलाई पनि निःशुल्क टिकट दिने सर्कुलरमा लेखिएको छ । ‘रजनीकान्त हाम्रा हजुरबुबा, हाम्रो बुबा, हाम्रो पुस्ता, हाम्रो छोरा र हाम्रो न...
भारतमा ब्रह्मपुत्र भनेर चिनिने यार्लुङ-साङ्पो नदीको तल्लो भागमा ‘सुपर’बाँध बनाउने चीनको योजना

भारतमा ब्रह्मपुत्र भनेर चिनिने यार्लुङ-साङ्पो नदीको तल्लो भागमा ‘सुपर’बाँध बनाउने चीनको योजना

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ श्रावण – चीनले तिब्बतको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा यार्लुङ-साङ्पो नदी (भारतमा ब्रह्मपुत्र भनेर चिनिन्छ) को तल्लो तहमा ‘सुपर’बाँध बनाउने योजना गरिरहेको छ पाईएको छ । चीनको बाँध निर्माण गतिविधिका रिपोर्टहरू मिडियामा आउने गरेका प्राय चीनले यी परियोजनाहरूको भोल्युम र भौगोलिक दायरालाई कहिल्यै परिभाषित गर्दैन र त्यस्ता परियोजनाहरूको भविष्यमा हुने असरहरूमा पारदर्शिता प्रदान गर्दैन। यो ६० गीगावाटको परियोजनाले भारतसँगको आफ्नो भारी सैन्यीकरण सीमा नजिकै यसको आफ्नै "थ्री गर्जेस बाँध" लाई हटाउँछ। चीन, भारत र बंगलादेशका १३० मिलियन भन्दा बढी मानिसहरू बाँच्नको लागि ब्रह्मपुत्र नदीमा निर्भर छन्। चीनको महत्वाकांक्षी योजना छ जसले २०२१-२०२५ को अवधिका लागि राष्ट्रिय विकास लक्ष्यहरू व्यक्त गर्दछ। ब्रह्मपुत्र नदीको पहिलो २८४० किलोमिटर यार्लुङ भनेर चिनिन्छ किनभने तिनीहरू अरुणाचल प्रदेश ...
मेरो भोट मदनराज शर्मालाई

मेरो भोट मदनराज शर्मालाई

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ श्रावण – समावेशी प्यानलबाट उपमहासचिव पदका उम्मेदवार मदनराज शर्मालाई आम उद्योगी व्यवसायीहरुले सहयोग गर्ने बचनबद्धता दिएका छन् ।व्यापारी अमनका अनुसार युवा जोश र जाँगर भएका कम्प्यूटर व्यवसायी शर्मा व्यापार संघमा पुगेपछि युवाहरुको लागि केही गर्ने आश रहेको हुँदा यसपटकको मेरो भोट मदनराज शर्मालाई दिने बताएका छन् ।यसैगरी घरवारी टोलमा रहेका मुद्रण व्यवसायीहरुले समेत यसपटक शर्मालाई अवसर दिईने बताउँदै अन्य आफ्ना साथीहरुलाई समेत शर्मालाई नै भोट दिनुहोला भनी अनुरोध गर्ने बताउँछन् ।समावेशी प्यानलले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता बारे आफ्नो भनाई राख्दै व्यापारी उमेश गुप्ताले भने– ‘सम्पूर्ण व्यापारीहरुको हकहितलाई ध्यानमा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । आम उद्योगी व्यवसायीहरुलाई आउने समयमा हुने समस्याहरु समाधान हुन सक्ने भएको हुँदा यस पटक शर्मा लगायत उनको समावेशी प्यानललाई आम व्याप...