
नेपालगन्ज, २६ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् ।
मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन ।
निर्वाचनको प्रचार प्रसारमा क्रममा मतदाताको घरदैलो पुग्दै गरेको प्रजातान्त्रिक समूहलाई यो पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ । व्यवसायी बदरुद्दिन अन्सारीले अबको नेतृत्व साझा प्रजातान्त्रिकले पाउने भएकाले हाम्रो साथ यसैलाई रहेको बताउनुभयो ।
ललितकुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघ आसन्न निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ ।
प्रचारलाई तिब्र बनाउनुभएको अध्यक्ष पदका उम्मेदवार रौनियारले मुस्लिम मतदाताले आफुहरुको साथ रहेको बताएको बताउनुभयो । मुस्लिम समुदायको व्यक्तिले नेतृत्व गरिसकेको भन्दै मतदाताले यो पटक परिवर्तनका लागि नेतृत्व हुने बताएको उम्मेदवार रौनियारले बताउनुभयो ।
मुस्लिम समुदायका मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यो पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको सदस्य पदका उम्मेदवार अतुल गुप्ताले बताउनुभयो । संघको निर्वाचनमा हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं, उम्मेदवार गुप्ताले भन्नुभयो, यही समस्याहरु साधानका निम्ति आफुहरुको नेतृत्वले काम गर्ने हो ।
संघको आसन्न निर्वाचन यही भाद्र २ गते तय भएको छ । यो क्रममा उम्मेदवारहरुको नाम पनि चयन भइसकेको र मतदाताहरु माझ पुग्ने क्रमलाई तिब्र बनाएका छन् ।
