Sunday, March 16सत्यम खबर
Shadow

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

काठमाण्डौ, १७ बैशाख – भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।

पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ ।

प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *