Saturday, May 30सत्यम खबर
Shadow

विदेश

भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ मा नरवणे नियुक्त

भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ मा नरवणे नियुक्त

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २७, मंसिर - भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा नियुक्त भएका छन् । प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा नियुक्त भएका हुन् । रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् ।भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन् । (एजेन्सी)...
चिनियाँ गुप्तचर अधिकारी अमेरिकी उडड्यन व्यापारको गोप्य जानकारी चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर

चिनियाँ गुप्तचर अधिकारी अमेरिकी उडड्यन व्यापारको गोप्य जानकारी चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर

राजनीति, विदेश, समाचार
नयाँ दिल्ली, २१ मंसिर – यान्जुन सु नाम गरेका चिनियाँ गुप्तचर अधिकारी चीनको राज्य सुरक्षा मन्त्रालयको विदेशी गुप्तचर शाखाका उपनिर्देशक हुन् र उनी अमेरिकामा सुपुर्दगी हुने र दोषी ठहर हुने पहिलो चिनियाँ गुप्तचर अधिकारी थिए। विश्वलाई नै त्रसित बनाउने गरी भविष्यको लागि सकारात्मक पूर्वाग्रह सेट गर्ने कदमको रूपमा यसलाई लिइएको छ। सिनसिनाटीको सङ्घीय जूरीले एक चिनियाँ गुप्तचर अधिकारीलाई आर्थिक जासुसी र व्यापारको गोप्य जानकारी चोरी गर्ने षड्यन्त्र र प्रयास गरेकोमा दोषी ठहर गरेको हो। यान्जुन सु नाम गरेका चिनियाँ गुप्तचर अधिकारी चीनको राज्य सुरक्षा मन्त्रालयको विदेशी गुप्तचर शाखाका उपनिर्देशक हुन् र उनी अमेरिकामा सुपुर्दगी हुने र दोषी ठहर हुने पहिलो चिनियाँ गुप्तचर अधिकारी थिए। सन् २०१८ मा बेल्जियमबाट सुलाई सुपुर्दगी गरिएको थियो र उनको मुद्दा अक्टोबर १९, २०२१ मा सुरु भयो। यो लामो समयदेखि अनुम...
चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने

चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने

आस्था, प्रदेश ५, विदेश, समाचार
पेरिस, १८ मंसिर – चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले सँगै काम गर्नुपर्ने बताएका छन्। विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न दुवै पक्षले सँगै काम गर्नुपर्ने बताएका हुन्। अमेरिकी सुरक्षा सचिव वेन्डी शेम्र्यान र युरोपियन एक्सटर्नल एक्सन सर्भिसका महासचिव स्टेफानो सानिनोबीच भएको उच्च स्तरीय बैठकपछि दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न आफूहरु मिलेर काम गर्ने बताए। विवादीत एसिया प्रशान्त क्षेत्रमा चीनले आपत्तिजनक र एकपक्षीय गतिविधि गरेको भन्दै दुवैले गम्भीर चिन्तासमेत व्यक्त गरेका छन्। ‘दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवान स्ट्रेटमा चीनको मनोमानी चलिरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘चीनको सो गतिविधिले शान्ति र सुरक्षामा सिधा असर पुर्‍याएको छ। चीनको सो गतिविधीलाई रोक्न र सन्तुलन गर्न हामीले मिलेर काम गर्नुपर्छ...
चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने सिन्जो आबेको चेतावनी

प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १६ मंसिर – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।समाचार संस्था रोयटर्सका अनुसार बुधबार आबेले एक थिंक ट्यांकलाई दिएको भर्चुअल कार्यक्रममा ताइवानको संकट जापानको पनि संकट हुने बताए । फाइल फोटो ‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ,’सम्बोधनका क्रममा आबेले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।’पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन् ।गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा...
चिनियाँ नागरिकलाई छुटाइ दिन्छु भन्दै २० लाख

चिनियाँ नागरिकलाई छुटाइ दिन्छु भन्दै २० लाख

अपराध, आस्था, प्रदेश ५, विदेश, समाचार, समाज
काठमाडौं, १५ मंसिर – चिनियाँ नागरिक लिउ यू १८ असारमा ठमेलमा एक नाबालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका छन् ।कानूनी झमेलामा कहिल्यै नपरेकी श्रीमती नेपाली नागरिक कमला भुसाल आत्तिँदै विभिन्न व्यक्तिसँग हारगुहार गर्न थालिन् । कतै पैसा दिएर छुटाउन सकिन्छ कि भनेर कुरा गरिरहँदा काभ्रेकी रविना थापाले छुटाउन सकिने आश्वसन दिइन् । ठमेलमै भेट भएर चिनजान भएकी उनले मञ्जु ओलीसँग पनि भेटाइन् । ‘उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्यायाधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेका रहेछन्’ महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरका प्रमुख चन्द्रकुवेर खापुङ भन्छन्, ‘श्रीमानलाई धरौटीमा छुटाइदिन्छु तर सेटिङका लागि पैसा लाग्ने भनिएको रहेछ ।’ओलीको प्रस्ताव अनुसार भुसालले २० लाख रुपैयाँ पनि दिइन् । तर श्रीमान् छुटेनन् । ‘उनी छुट्ने अवस्थामा पनि थिएन, नछुटेपछि उनीहरुले नाम लिएको वकिलसँग पीडित बुझ्न ...
चिनियाँ जहाजहरूले आफ्नो डुङ्गामा पानीको तोप प्रहार गरेको फिलिपिन्स आरोप

चिनियाँ जहाजहरूले आफ्नो डुङ्गामा पानीको तोप प्रहार गरेको फिलिपिन्स आरोप

अपराध, विदेश, श्रम/रोजगार, समाचार
मनिला, १२ मंसिर – फिलिपिन्सले बिहीबार चिनियाँ कोस्ट गार्ड जहाजहरूले विवादित दक्षिण चीन सागरमा फिलिपिनो मरीनहरूलाई आपूर्ति गर्ने डुङ्गाहरूमा पानीको तोप चलाएको आरोप लगाएको छ। फिलिपिन्सले बेइजिङलाई पछि हट्नसमेत आदेश दिएको छ। फिलिपिन्सका विदेशमन्त्री टियोडोरो लोकसिनले घटनाप्रति आक्रोश व्यक्त गर्दै बेइजिङको निन्दा र विरोध व्यक्त गरेका थिए। उनले मंगलबार फिलिपिन्सको डुङ्गाहरू विवादित स्प्रेटली टापुको दोस्रो थोमस शोलमा यात्रा गरिरहेको बेला चिनियाँ जहाजहरुले पानीको तोप प्रहार गरेको बताएका हुन्। सौभाग्यवश, कसैलाई चोटपटक नलागेको उल्लेख गर्दै डुङ्गाहरूले उनीहरूको पुनः आपूर्ति अभियान रद्द गर्नुपरेको जानकारी गराएका छन्। उक्त अवैध क्रियाकलापमा तीन चिनियाँ जहाजको संलग्न भएको आरोप लगाएका छन्। लोकसिनले फिलिपिन्सका डुङ्गाहरूलाई सार्वजनिक भनी वर्णन गरेका छन् र उनीहरू नागरिक जहाजहरू भएको बताइएक...
चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
तिब्बत, १२ मंसिर – दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट तिब्बतसम्म रेलमार्ग निर्माणको काम अझै पनि चलिरहेको छ। जहाँ पृथ्वीको क्रस्टबाट अत्यधिक गर्मीले काम गर्न असम्भव बनाएको छ। यसको मार्गको एक महत्त्वपूर्ण अनुपातमा मानिस वा मेशिनहरूले सहन नसक्ने चट्टानबाट टनेलिङमा प्रवेश गर्दा निकै धेरै बाफ निस्किएको छ। जमिनको तापक्रम ८९ डिग्री सेल्सियससम्म पुगेको यातायात पूर्वाधार परियोजनाले जनाएको छ। जब तिब्बती पठार यूरेशियन प्लेट र भारतीय उपमहाद्वीप बीचको टक्करबाट बनेको थियो, टेक्टोनिक बलले हिमालयलाई जन्म दिएको थियो, माथिल्लो क्रस्ट भित्र ठूलो मात्रामा ताप एकत्रित भएको र सो ताप नै बाहिर निस्किएको जनाइएको छ। भूमिगत तापका स्रोतका कारण कामदारहरुलाई काम गर्न पनि समस्या भइरहेको छ। अनियमितरुपमा तापकम वृद्धि भएछि मेसिनहरु तताउनका लागि बरफका गोलाहरु ल्याइएको भए पनि त्यसले पनि कुनै काम नगरेको अवस्थाल...
भारतीय सीमामा चीनको सैन्य प्रदर्शन

भारतीय सीमामा चीनको सैन्य प्रदर्शन

प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
नेपालगन्ज (एजेन्सी) १० मंसिर – चीनले भारतसँगको सीमा नजिकै अत्याधुनिक हतियार प्रदर्शन र सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकूले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो । जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो । चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ । भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण ...
चिनियाँ सरकार विरुद्ध बाेल्ने हाइ प्रोफाइल सेलिब्रिटी गायब हुने घटना निरन्तर

चिनियाँ सरकार विरुद्ध बाेल्ने हाइ प्रोफाइल सेलिब्रिटी गायब हुने घटना निरन्तर

अपराध, प्रदेश ५, विदेश, समाचार
बेइजिङ, १० मंसिर – चिनियाँ पूर्व टेनिस खेलाडी पेङ सुआइले झण्डै एक महिनाअघि चीनका पूर्व उपप्रधानमन्त्रीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । सामाजिक सञ्जालमार्फत् उनले लगाएको आरोप केही घण्टापछि नै हटाएको देखियो । त्यसपछि उनले सार्वजनिक रुपमा केही पनि प्रतिक्रिया दिएकी छैनन् । यसरी सार्वजनिक रुपमा चिनियाँ उच्च नेतृत्वमाथि आरोप लगाएपछि गायब हुने पेङ एक्लो व्यक्ति हैनन् । यस्ता अरु थुप्रै ‘हाइ प्रोफाइल’ व्यक्ति छन् । जो चीन सरकारको वा कम्युनिस्ट नेतृत्वको आलोचना गरेपछि गायब पारिए वा अपहरणमासमेत परेका छन् ।पछिल्लो १० वर्षयताको सूची हेर्ने हो भने यसरी सार्वजनिक रुपमा आफ्नो विचार राखेकै कारण बेपत्ता पारिएका वा अपहरणमा परेका सेलिब्रिटी, हाइ प्रोफाइल व्यक्ति वा कलाकारहरूको संख्या बाक्लो छ । एई वेइवेइ, कलाकार चिनियाँ कलाकार एई वेइवेइ चीन सरकारको कडा आलोचकको रुपमा चिनिन्छन् । विशेषगरी ...
चीनमा यौन उत्पीडनको आरोप लगाएपछि हराएकी खेलाडी सार्वजनिक

चीनमा यौन उत्पीडनको आरोप लगाएपछि हराएकी खेलाडी सार्वजनिक

CoVid19, अपराध, प्रदेश ५, विदेश, समाचार
काठमाण्डौ, ७ मंसिर –याैन उत्पीडनको आरोप लगाएपछि ‘हराएकी’ महिला खेलाडी सार्वजनिक, भनिन्, ‘सुरक्षित छु’चीनकी टेनिस खेलाडी पेंग शुआईले आइतबार एक भिडियो कलमा आफू पूर्ण रुपमा सुरक्षित र स्वस्थ भएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)ले पेंगले आफूलाई यसबारे बताएको जानकारी दिएको छ । आइओसीले एक बयान जारी गरेर आईओसीका अध्यक्ष थोमस ब्याशले पेंग शुआईसँग ३० मिनेटसम्म कुरा गरेको बताएको छ ।बयानमा भनिएको छ, ‘उनी ठिक छिन् । उनी कुन हालतमा छिन् भने हामीलाई असाध्यै चिन्ता लागेको थियो ।’केही समय अघि ३५ वर्षकी पेंग शुआईले चीनका एक वरिष्ठ मन्त्रीविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यसको लगभग तीन हप्तासम्म उनी सार्वजनिक रुपमा देखिइनन् । उनी सबैको नजरबाट हराएकी थिइन् । तत्पश्चात् विभिन्न आशंका जताइँदै थियो ।सार्वजनिक रुपमा नदेखिएपछि अन्तरराष्ट्रिय खिलाडी र थुप्रै मानिसहरुले चीन...