Sunday, May 31सत्यम खबर
Shadow

विदेश

चीनलाई टक्कर दिन माेदीकाे याेजाना

चीनलाई टक्कर दिन माेदीकाे याेजाना

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ असोज – चीनलाई आर्थिक टक्कर दिन भारतमा मोदीले ल्याए सय खर्बको ‘पीएम गति शक्ति’ योजना १६ वटा मन्त्रालय संलग्न, विश्वका ठूला कम्पनी भित्र्याउने लक्ष्य रहेकाे छ । नेपालमा जस्तै भारतमा पनि पूर्वाधार विकास परियोजना समयमै निर्माण सम्पन्न नहुने समस्या विकराल छ। भारतीय संचारमाध्यमका अनुसार कूल पूर्वाधार परियोजनामध्ये आधाभन्दा बढी निर्धारित समयमा बन्ने गरेका छैनन्। औसतमा चार विकास परियोजना मध्ये एउटाको निर्माण लागत अनुमानित भन्दा निकै बढी हुने गरेको छ। जसका कारण सडक, बन्दरगाह र रेल लगायत थुप्रै कनेक्टिभिटीका परियोजना निर्माणको गति ढिला र खर्च बढी छ। यो समस्यालाई भारतको मोदी सरकारले गम्भीर रुपमा लिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोगबाट यो समस्याको समाधानका लागि एउटा विशाल डिजिटल परियोजना अघि सारेका छन्, जसको हिन्दी नाम हो ‘पिएम गति शक्ति’ भारतीय प्रधानम...
चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा

चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा गरेको छ। जुन सम्मेलनबाट परम्परा तोड्दै सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित हुने र उनले दशकौँपछि मुलुकको सबैभन्दा शक्तिशाली नेताका रुपमा आफ्नो हैसियत स्थापित गर्ने अपेक्षा लिइएको छ। मंगलबार मिति घोषणा भएसँगै एक दशकमा दुई पटक हुने यो सम्मेलनको उल्टो गिन्ती सुरु भएको छ, जुन अक्टोबर १६ का दिन उद्घाटन हुनेछ। सो सम्मेलनमा सीले आफ्ना थप सहयोगीलाई नेतृत्वदायी पदहरुमा बढुवा गर्ने अपेक्षा गरिएको छ। साथै, उनले आगामी पाँच वर्ष र त्यसभन्दा लामो समयका लागि चीनका प्रमुख प्राथमिकताहरु तोक्दै नीति सम्बोधन पनि गर्नेछन्। सरकारी सञ्चारमाध्यममा सम्मेलनबारे एकदमै कम विवरण दिइएको छ। यद्यपि, मिति घोषणासँगै दुई महत्वपूर्ण र आपसमा सम्बन्धित घटनाक्रम विकसित हुने निश्चित छ। पहिलो, चीनको विशाल ...
युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

युक्रेनको राजधानी किभमा ठूला–ठूला विस्फोट

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – युक्रेनको राजधानी किभमा आज साेमवार बिहानै भएका धेरै वटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ । धेरै महिनापछि किभमा भएका ठूला विस्फोटमा अरू थुप्रै जना घाइते भएका बीबीसीले जनाएको छ । किभसहित अरू थुप्रै सहरहरूबाट पनि लगातार विस्फोटमा आवाज आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसको अधीनमा रहेको क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएपछि किभमा ठूलो आकारमा विस्फोट भएको हो । किभमा अहिले पनि हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उद्धारको काम भइरहेको र क्षतिको विवरण आइनसकेको युक्रेनी अधिकारीहरूले बताएका छन् । एजेन्सी...
ताइवानमा अगस्त एक महिनामा ४४६ पटक चिनियाँ सैन्य हवाई आक्रमण

ताइवानमा अगस्त एक महिनामा ४४६ पटक चिनियाँ सैन्य हवाई आक्रमण

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २५ असोज – ताइवानमा अगस्त एक महिनामा ४४६ पटक चिनियाँ सैन्य हवाई आक्रमण भएको छ। बेइजिङले संयुक्त राज्यका अमेरिकाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै ताइवानको हवाई क्षेत्रमा ४४६ हवाई सैन्य विमान पठाएको हो। चीनले यो टापुलाई आफ्नो क्षेत्रको हिस्साको रूपमा हेर्छ, यदि आवश्यक भएमा बल प्रयोग गरेर एक दिन पुन: कब्जा गर्ने चेतावनी पनि दिँदै आएको छ। ताइवानका २ करोड ३० लाख बासिन्दाले मात्र आफ्नो भविष्यको निर्णय गर्न सक्ने ताइवानले बताउँदै आएको छ। अगस्टमा ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनमा घुसपैठको नाटकीय स्पाइक देखियो। किनभने बेइजिङले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसी र अन्य राजनीतिज्ञहरूको ताइपेई भ्रमणको विरोध गर्न अभूतपूर्व सैन्य अभ्यासहरू गरेको थियो। चीनको कम्युनिष्ट पार्टीले ताइवानलाई वैधानिकता दिन सक्ने कुनै पनि कूटनीतिक कार्यको आलोचना गर्छ र पश्चिमी ...
पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ असोज – पछिल्लो समय चिनियाँ अर्थतन्त्र खस्कँदो अवस्थामा छ। यस खस्कँदो अर्थतन्त्रका केही सूचक पनि पक्कै छन्। चिनियाँको यस वर्षको आर्थिक वृद्धि दरको लक्ष्य ५.५ प्रतिशत थियो। त्यो लक्ष्य पुरा नहुने लगभग निश्चित भइसकेको छ। अप्रिलदेखि जूनसम्म चीनको आर्थिक अवस्था हेर्ने हो भने यो अझ ओरालो गतिमा जाने लगभग निश्चित भएको छ। अर्थशास्त्रीहरूले यो वर्षको चीनको अर्थतन्त्र अझै बिग्रन सक्ने चेतावनी दिइसकेका छन्। पश्चिमा देशहरूमा जस्तो चीनमा मुद्रास्फीतिको समस्या छैन तर धेरै समस्या छन्, ती समस्या बढ्दै गएर संसारको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको संरचना नै भत्किन सक्नेछ। चीनको कारखानामा उत्पादन भएका बस्तुको माग अन्तर्राष्ट्रिय र घरेलु बजारमा प्रत्येक दिन घटिरहेको छ। अमेरिका लगायत धेरैसँग व्यापारिक सम्बन्ध पनि बिग्रिएको छ। यो बिग्रने क्रम संसारका अन्य धेरै देशसँग पनि बढ्दो छ। अमेरिकी डलर...
म्यान्मारको सैनिक अदालतद्वारा जापानी डकुमेन्ट्री निर्मातालाई १० वर्षको जेल सजाय

म्यान्मारको सैनिक अदालतद्वारा जापानी डकुमेन्ट्री निर्मातालाई १० वर्षको जेल सजाय

अपराध, आस्था, प्रदेश ५, विदेश, समाचार
काठमाण्डौ, २४ असोज –म्यान्मारको एक अदालतले जापानको डकुमेन्ट्री फिल्म निर्मातालाई १० वर्षको जेल सजाय सुनाएको छ। २६ वर्षीय टोरु कुबोटालाई देशद्रोहको आरोपमा ३ वर्ष र विधुतीय संचार कानुन उलंघन गरेको आरोपमा ७ वर्ष गरी कूल १० वर्षको सजाय सुनाएको हो। उनी पहिलोपटक गत जुलाइमा सरकार विरोधी र्यालीका क्रममा पक्राउ परेका थिए । उनीमाथि अध्यागमन कानुन उलंघन गरेको आरोप पनि छ। जुन अर्को हप्ता सुनुवाइ हुने भएको छ । जापानी समाचार एजेन्सी क्योडोका अनुसार म्यानमार सरकारले तोरु पर्यटक भीसा प्रयोग गरेर छिमेकी मुलुक थाइल्याण्डबाट म्यान्‍मार प्रवेश गरेको दावी गरेको छ। यसबाहेक उनले २०२१ मा सरकार विरोध प्रदर्शनमा पनि भाग लिएका थिए। उनले रोहिंग्या अल्पसंख्यकहरुको बारेमा पनि रिपोर्ट गर्ने गरेको पाइएको समाचार बीबीसीमा उल्लेख छ। म्यान्‍मारमा सैनिक विद्रोहपछि राजनीतिज्ञ, कार्यकर्ता र पत्रकारसहित १५ हजार बढि व्य...
आईनएस विक्रान्त भारत विश्‍वको शक्ति राष्ट्र बन्‍ने दौडमा अघि बढ्यो

आईनएस विक्रान्त भारत विश्‍वको शक्ति राष्ट्र बन्‍ने दौडमा अघि बढ्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ असोज – भारतका लागि रूसी राजदूत डेनिस अलीपोभले शुक्रबार भारतको लागि गर्वको क्षण भएको बताएका छन्। पहिलो स्वदेशी विमान वाहक, आईएनएस विक्रान्तको कमीशनले देखाएको देश अगाडि बढिरहेको छ। द्रुत रूपमा आत्मनिर्भर र प्रमुख विश्वव्यापी शक्ति बन्ने दिशामा भारत अघि बढेको भन्दै उनले भारतको प्रशंसा गरेका छन्। ‘यो भारतको लागि गर्वको क्षण हो जुन उनीहरूले स्वदेशी प्रमुख विमान वाहक निर्माण गरे। भारत आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ र यसले ठूलो विश्वव्यापी शक्ति बन्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको देखाएको छ। विश्वलाई सुपर बलियो भारत चाहिन्छ,’ रुसी राजदूतले भने। ‘हामी विश्वमा वर्तमान कठिनाइ र तनावको बाबजुद व्यापार, प्रविधि, उत्पादन र अन्य क्षेत्रमा रूस र भारत बीचको भविष्यको सहयोगको लागि धेरै प्रतिबद्ध र उत्साहित छौं,’ उनले थपे। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार यहाँ कोचीको कोचीन शिपय...
चिनियाँ सहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा

चिनियाँ सहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ असोज –सर्वसाधरण उत्रिए विरोधमा केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधागिक सहर केन्द्र सेन्जेनमासरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ । १ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् । ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औध...
चिनमा ठुलै उथलपुथलको आशंका, नजरबन्दमा छन् राष्ट्रपति सी चिनफिङ ?

चिनमा ठुलै उथलपुथलको आशंका, नजरबन्दमा छन् राष्ट्रपति सी चिनफिङ ?

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ असोज – चिनमा यतिवेला ठुलै राजनीतिक उथलपुथल भएको अपुष्ट समाचारहरु वाहिरिएका छन । अन्तराष्ट्रिय समाचार माद्यमहरुमा प्रकाशित समाचार अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ हाल घरमै नजरबन्दमा छन् । राजधानी बेइजिङ सेनाको नियन्त्रणमा रहेको भन्दै शनिबार धेरै सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। समाचार अनुसार बेइजिङबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू रोकिएको छ । जसका कारण बेइजिङलाई बाँकी विश्वबाट सम्पर्क विच्छेद गराईएको छ । जानकारी अनुसार राष्ट्रपति सी जिनपिङलाई पीएलए प्रमुखको पदबाट हटाएर घरमै नजरबन्द गरिएको हो । तर, यी सवै समाचारलाई कुनै पनि मिडियाले आधिकारिक रुपमा पुष्टि गर्न सकेका छैनन् । न्युज हाईल्याण्ड भिजनको रिपोर्ट अनुसार पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओ र पूर्व प्रधानमन्त्री वेन जिबाओले स्थायी समितिका पूर्व सदस्य सोङ पिङलाई आफूसँग सामेल हुन र केन्द्रीय गार्ड ब्यूरो...
पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, ९ असोज - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् । युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान बनाएका छन् । यो आफैमा अर्थपूर्ण कदम हो । पुटिनले बुधबार टेलिभिजन सम्बोधनमार्फत् आणविक अस्त्रको सम्भावित प्रयोग धम्कीमात्र नभएको बनाइसकेका छन् । यसबाट उनी हतियार प्रयोगमा पछि हट्ने छैनन् भन्ने सन्देश दिएका छन् । अब पुटिनले रणनीतिक रुपमा एक या दुई आणविक हतियार प्रहार गर्ने विश्लेषण गर्न थालिएको छ । रुससँग ५ हजार ९७७ आणविक हतियार रहेको अनुमान छ । जुन अन्तरमहादेशीय रकेटमा राखेर प्रहार गर्न सकिने खालको छ । तत्कालीन सोभियत संघले सन् १९४९ देखि १९९० बीच ७१५...