Sunday, May 31सत्यम खबर
Shadow

विदेश

सन् २०२३ मा भारतले पहिलो पटक ‘MotoGP’ को रेस आयोजना गर्ने

सन् २०२३ मा भारतले पहिलो पटक ‘MotoGP’ को रेस आयोजना गर्ने

आस्था, खेल, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ५ कार्तिक – भारतले २०२३ मा पहिलो पटक मोटोजीपी दौड मञ्च आयोजना गर्दैछ । आयोजकहरूले शुक्रबार यस विषयमा जानकारी दिंदै यसअघि फर्मुला वानको रेस अयोजना गरेको ट्याकमा यस मोटोजीपी रेस पनि आयोजना हुने बताएका छन् । दौड नयाँ दिल्लीको दक्षिणमा उत्तर प्रदेशको बुद्ध इन्टरनेशनल सर्किटमा हुने तय भएको छ । भारतमा हाम्रा धेरै फ्यानहरू छन् र हामी उनीहरूमा खेलकुद ल्याउन पाउँदा उत्साहित छौं, मोटोजीपी आयोजक डोर्नाका प्रमुख कार्यकारी कार्मेलो इजपेलेटाले एक विज्ञप्तिमा भनेका छन् ।...
इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर

इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ कार्तिक – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेको छ। द डनका अनुसार विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो। प्रमुख निर्वाचन आयुक्तसहित पाँच जनाको इजलासले उक्त मुद्दामा खानलाई दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो। इजलासका एक जना सदस्य अनुपस्थित थिए। प्रधानमन्त्री हुँदा खानले आफूले पाएका उपहारबारे राज्यका निकायलाई जानकारी नदिएको र तीमध्ये केही सामान बेचेको आरोप थियो। खानले पनि आफूले केही उपहार बेचेको स्वीकारेका थिए। आयोगको फैसलापछि खानका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै निर्वाचन आयोग आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। खानको तेहरिक-ए-इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेद...
युक्रेनको यात्रा नगर्न आफ्ना नागरिकलाई भारतको अनुरोध

युक्रेनको यात्रा नगर्न आफ्ना नागरिकलाई भारतको अनुरोध

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ कार्तिक – भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो । युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्वीटर ह्यान्डलमा भन्यो, ‘बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ ।’ आफ्ना नागरिकलाई सचेत गर्दै ट्वीटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्शल ल लागू गरेपछि यो सल्लाह आएको हो । युद्ध चर्किने सम्भावना बढिरहेका बेला खेर्सनबाट मानिसहरू सुरक्षित क्षेत्रतर्फ बढेका प्राप्त विवरणहरुमा जना...
युक्रेनका चार क्षेत्रमा सैनिक कानुन लागू भएको पुटिनले गरे घोषणा

युक्रेनका चार क्षेत्रमा सैनिक कानुन लागू भएको पुटिनले गरे घोषणा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ कार्तिक – रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रहरुमा ‘मार्शल ल’ (सैनिक कानुन) लागू भएको घोषणा गरेका छन्। रसियाली अधिकारीहरूले युक्रेनको प्रमुख दक्षिणी शहर खेरसनमा युक्रेनी आक्रमणको चेतावनी दिएपछि पुटिनको यस्तो घोषणा आएको हो। ‘मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,’ पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भनेका छन्।उनले हामी रसिया र रसियाली जनताको लागि भरपर्दो भविष्य सुनिश्चित गर्न धेरै जटिल र ठूला समस्याहरु समाधान गर्नका लागि काम गरिरहेका बताए। सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको हो। क्रेमलिन वेबसाइटमा प्रकाशित कानुनले लुहान्स्क, डोनेट्स्क, जापोरि...
मध्यपूर्वमा चीनको कूटनीतिक र आर्थिक रणनीति तीव्र, पर्ख र हेरको अवस्थामा पश्चिम

मध्यपूर्वमा चीनको कूटनीतिक र आर्थिक रणनीति तीव्र, पर्ख र हेरको अवस्थामा पश्चिम

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, ३ कार्तिक – अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा चीनलाई मध्यपूर्वका धेरै देशहरूले देखाएको अभूतपूर्व समर्थनले यस क्षेत्रको बदलिँदो राजनीतिलाई उजागर गर्‍यो। चीनको तीव्र रूपमा बढ्दो प्रभाव यस क्षेत्रमा व्यापार र लगानी जस्ता आर्थिक संलग्नताबाट सुरु भएको छ। यस क्षेत्रको राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै चीनले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत पूर्वाधार निर्माण गर्नका लागि मध्यपूर्वका मुलुकहरूको मौन समर्थन देखिन्छ। जुन राजनीतिक प्रभावको फाइदा उठाउने चीनको प्रभावकारी उपकरण हो। तर अरब सरकारहरूले पनि आफ्नो बाह्य सम्बन्धमा अनावश्यक जटिलताहरू हटाउन 'एक चीन' नीति अपनाएका छन्। पश्चिम एसियाली र उत्तर अफ्रिका (वाना) बाट अमेरिकाको कथित विच्छेदनले चीनलाई यस क्षेत्रमा आफ्नो संलग्नतालाई थप गहिरो बनाउन सक्षम बनाएको छ। मध्यपूर्वमा चीनको चासो मुख्यतया आर्थिक...
सी जिनपिङको स्टन्ट : आफ्ना विरोधी तह लगाउन भ्रष्टाचार आरोपमा तीन पूर्व प्रहरी प्रमुखलाई कारबाही

सी जिनपिङको स्टन्ट : आफ्ना विरोधी तह लगाउन भ्रष्टाचार आरोपमा तीन पूर्व प्रहरी प्रमुखलाई कारबाही

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काडमाण्डौ, ३ कार्तिक – चीनले अक्टोबर १६ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनअघि तीन भूतपूर्व प्रहरी प्रमुखहरूलाई घुस लिएको आरोपमा सजाय दिएको छ। सांघाई, चोकिङ र साङ्सीका तीन पूर्व प्रहरी प्रमुखहरूलाई हेबेई प्रान्तमा फैसला सुनाइएको चाइना डेलीले जनाएको छ। सांघाई सरकारका पूर्व उपमेयर र सांघाई सार्वजनिक सुरक्षा ब्युरोका पूर्व निर्देशक गोङ दाओनलाई हेबेई प्रान्तको ताङ्शान मध्यवर्ती जन अदालतले करिब ७३.४ मिलियन युआन (१०.४ मिलियन अमेरिकी डलर) घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले गोन्गलाई उनको जीवनको लागि राजनीतिक अधिकारबाट पनि वञ्चित गरेको छ र उनको सबै व्यक्तिगत सम्पत्ति जफत गरेको छ। उनको अवैध लाभ राज्य कोषमा जम्मा गरिने पनि चाइना डेलीले रिपोर्ट गरेको छ। अर्को मुद्दामा, चोङकिङ नगरपालिका सरकारका पूर्व उप-मेयर र चोङकिङ सार्वजनिक सुरक्षा ब्युरोका पूर्व प्...
चीनको २० औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजनीतिक, आर्थिक तनाव

चीनको २० औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजनीतिक, आर्थिक तनाव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ पार्टी महाधिवेशन अघि मुलुकमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको छ। शून्य कोभिड नीति लिएर महामारी नियन्त्रणमा असफल भएको चीनले अहिले राजनीतिक अस्थिरता र आर्थिक सङ्कटको सामना गर्नुपरेको हो। विश्वका दुई ठूला लगानी बैङ्कहरूले चीनको आर्थिक वृद्धिको प्रक्षेपण घटाएपछि चीनको अर्थतन्त्र, केन्द्रीय र प्रान्तीय स्तरमा निकै तनावमा छ। जापानी वित्तीय होल्डिङ कम्पनी, नोमुरा र अमेरिकामा आधारित लगानी बैङ्किङ कम्पनी गोल्डम्यान साक्सले कमजोर माग, ऊर्जा सङ्कट र चीनको शून्य-कोभिड नीतिबाट उत्पन्न अनिश्चिततालाई कटौतीको प्राथमिक कारणका रूपमा उल्लेख गरेका छन्। जसमा चीनको प्रतिबन्धले ५.५ प्रतिशतको वृद्धि लक्ष्यप्रति गहिरो लगानीकर्ताको निराशा झल्काउँछन्। नोमुरा चीनको वृद्धिको लागि सबैभन्दा न्यून अनुमानहरू मध्ये एक कायम राखेको र कुल गार्हस्थ्य उत्पादन वृ...
सुन तस्करीको अभियोगमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय

सुन तस्करीको अभियोगमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १ कार्तिक – शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा एक करोड बीस लाख बंगलादेश टका मूल्य बराबरको सुन तस्करी गरेको आरोपमा आइतबार चटगाउँको अदालतले एक चिनियाँ नागरिकलाई सात वर्षको जेल सजाय सुनाएको छ, मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् ।ढाका ट्रिब्यूनका अनुसार ३२ वर्षीय फ्यान रोन्गुईले बंगलादेशी टका ५० हजार जरिवाना तिर्न नसकेमा तिनले थप तीन महिनाको जेल सजाय भोग्नुपर्नेछ। चटगाउँको महानगरीय सत्र न्यायाधीश डा जेबुन्नेसाले उक्त आदेश दिएको राज्यका वकिल मोहम्मद फखरुद्दीन चौधरीले बताएका छन् । एजेन्सी...
ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याएर छाड्छौं : राष्ट्रपति सी

ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याएर छाड्छौं : राष्ट्रपति सी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ कार्तिक – चिनियाँ कम्युनिस्ष्ट पार्टी (सीपीसी) का महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनर्एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् । ‘हामी पृथकतावादी आन्दोलन रोक्न हामी आवश्यक सबै उपायहरू अपनाउने छौं । त्यसका लागि बल प्रयोग गर्ने कुरालाई त्याग्ने छैनौं’, उनले करिब २३ सय पार्टी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने । सीले उक्त भाषण गरिरहँदा ग्रेट हल अफ द पिपुलमा ताली बजेको थियो । उनले ताइवान समस्या समाधान गर्न पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने र राष्ट्रलाई एकताबद्ध बनाइराख्न सबै प्रतिबद्ध रहनुपर्ने बताए । उनले ताइवानका नागरिकसँग आर्थिक र सांस्कृतिम आदान प्रदानलाई कायम राख्दै त्यहाँका नागरिकलाई सम्मानजनक ढंगले व्यवहार गरिने बताए । राष...
ताइवानवासीको स्वतन्त्रता चाहना

ताइवानवासीको स्वतन्त्रता चाहना

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नागरिक सेना तयार गर्न एक अर्ब खर्च गर्ने तयारीकाठमाण्डौ, १ कार्तिक – वर्षको सेप्टेम्बरमा एक सेवा निवृत्त प्राविधिक अर्बपतिले गरेको घोषणाले ताइवानमा ऊर्जाको सञ्चार भएको छ। कपाल फुलेका र परिपक्व ती व्यक्तित्वको कुरा अहिले धेरै चर्चामा छ। उनले नागरिक सेना तयार गर्नका लागि एक अर्ब ताइवान डलर खर्च गर्न तयार रहेको जनाएका छन्। व्यावसायिक कपडा भन्दामाथि बुलेट प्रुफ ज्याकेट लगाएका रोबर्ट टी साओले चीनविरुद्ध लड्न सबै खर्च गर्न तयार रहेको जनाएका हुन्। तीन वर्षको बीचमा त्यसको कुल जनसंख्याको सात भागको एक भाग ३० लाख जनालाई सैन्य तालिम दिने उनको लक्ष्य छ। कर्मचारी, पसले र अभिभावक सबै जनालाई उनी बन्दुक बोक्न सिकाउँदै छन्। साथमा उनले तीन लाख जना सार्प सुटर तयार गर्ने योजनासमेत बुनेका छन्। यो काम सहज नभएको उनलाई राम्रोसँग थाहा छ। तर, कुनै पनि हालतमा यो सबै गरेर छाड्ने कुरामा उनी प्रतिबद्ध छन्। उनी ...