चीनमा मानवअधिकार विपरीत तिब्बतमा सामूहिक डीएनए परीक्षण गरेको खुलासा
सिनजियाङमा यसअघि उइघुर मुस्लिमहरूसँगको घटना देखिएको थियो भने तिब्बतमा डीएनए प्रोफाइलिङको घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ। हालै तिब्बतीहरूबाट डीएनए संकलन गरी उनीहरुको प्रोफाइल प्रयोग गरी विदेशमा बस्ने तिब्बतीहरूको आफन्तहरूको पहिचान गर्ने लक्ष्य रहेको बुझिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सिनजियाङमा उइगरहरुलाई जस्तै तिब्बतमा तिब्बतीहरुमाथि निशाना बनाइरहेको छ। तिब्बती स्वायत्त क्षेत्र र सिन्जियाङ दुवैको तथ्यांकले चीनले डाटा अधिग्रहण गर्ने र अनुगमन क्षमता बढाउन चाहेको देखाउँछ। द थ्री ग्रेट मार्फत चीनले सामूहिक डीएनए संकलनलाई विस्तार गरी विस्तृतरुपमा निगरानी क्षमता बढाउने र प्रहरी उपस्थितिलाई थप सघन बनाउने योजना रहेको देखिन्छ।
उल्लेखनीय कुरा के छ भने, डीएनए नमूनाहरूमा व्यक्तिको पहिचान गर्ने शक्ति मात्र हुँदैन, व्यक्तिको आनुवंशिक आफन्तहरूको पनि पहिचान गर्न सकिने क्षमता ...









