Thursday, April 23सत्यम खबर
Shadow

पाकिस्तानी आतंकबाद विरुद्ध जेनेभामा प्रदर्शन

काठमाण्डौ, १६ कार्तिक – विश्व सिन्धी कांग्रेस (डब्लुएससी) ले बिहीबार मानव अधिकार परिषद्को ५१औँ अधिवेशनको क्रममा जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि ठूलो विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनमा बलुचिस्तान र पाकिस्तान प्रशासित कश्मीरका निर्वासित नेताहरू र युरोपका विभिन्न देशका मानवअधिकार रक्षकहरू पनि सामेल भएका थिए।

वक्ताहरूले पाकिस्तानले ज बरज स्ती बेपत्ता, गैरन्यायिक ह त्या, धार्मिक अल्पसंख्यकहरूको उत्पीडन, लु टपा ट र उनीहरूको सम्पतीको कब्जा मार्फत सिन्धी, बलोच, कश्मीरी र पश्तून मानिसहरू विरुद्ध जघन्य अपराधहरू जारी राखेको भन्दै प्रदर्शन गरेका थिए ।

सिन्धले आफ्नो हजारौं वर्षको इतिहासमा सबैभन्दा खराब विनाशको सामना गररहेको र २० मिलियन भन्दा बढी मानिसहरूलाई असर गरेको बताँउदै पाकिस्तानी नेतृत्वको यस कदमले १० मिलियन भन्दा बढी घरबारविहीन भएको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *