उइगुर मुस्लिममाथि किन भएको थियो अत्याचार
काठमाडौं, ४ असोज – छिमेकी चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममाथि अन्याय र अत्याचार भएको कुरा जगजाहेर छ । उइगुर मुस्लिममाथि अत्याचार हुँदा, उनीहरुको मानवअधिकार हनन् हुँदा विश्वभरका राष्ट्रहरुले त्यसको विरोध जनाएका थिए । यहाँसम्म कि यसको विरोध नेपालका पनि कैयौं भूभागमा भएका थिए । चीन सरकारले एकातिर आफ्नै देशका मुस्लिमका विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाएको छ भने नेपालका मुस्लिमहरुप्रति सहानुभूति देखाउँदै आफ्नो प्रभाव जमाउन खोजेको नागरिक अगुवाहरु भन्छन् । चीनको यस्तो क्रियाकलापप्रति आशंका पनि व्यक्त गरिँदैछ कि नेपाली मुस्लिम समुदायमा आफ्नो प्रभाव किन बढाउन खोज्दैछ ।
चीन उइगुर समस्यामा पश्चिमाहरूले अनावश्यक खेलेको आरोप लगाउने गर्दछ भने अन्य मुलुकले त्यहाँ चीनले जाति हत्या गरी मानव अधिकारको व्यापक उल्लंघन गरेको आरोप लगाउँछन् । पश्चिमा देश र संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको...









