Sunday, February 9सत्यम खबर
Shadow

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी

काठमाण्डौ, ३ असोज – फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उनी बिहीबार नै रिहा भएका छन् ।

फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित छ जनालाई औपचारिक रूपमा माफी दिइएको छ ।

राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उनलाई क्षमादान दिइएको छ ।

स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गरेका थिए भने उनको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो ।

स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ । उनको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उनलाई संसद्‌मा निर्वाचित गरेका थिए ।

देशद्रोहको आरोप लागे पनि उनलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो।

विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उनको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका थिए । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *