Sunday, May 31सत्यम खबर
Shadow

विदेश

चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै ८० करोड मानिस संक्रमित हुनसक्ने

चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै ८० करोड मानिस संक्रमित हुनसक्ने

CoVid19, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिएको छ। ओमिक्रोनको सबभेरियन्ट बिएफ–७ का कारण विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको डब्ल्युएचओले बताएकोे छ। चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।...
कम्बोडियालीे क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

कम्बोडियालीे क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ पौष – कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताउनुभयो । आगलागीमा परी १७ जना थाइल्याण्डबासी, एक जना मलेसियाली र एक जना नेपाली गरी २६ जनाको मृत्यु भएको उहाँले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “केही मानिस जलेर...
‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

CoVid19, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ पौष – अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ। न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो। न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ। यो बेइजिङले नोभेम्बरमा कठोर शून्य–कोभिड स्वास्थ्य उपायहरू अबलम्बन गरेपछि आएको हो जुन वर्षौंदेखि थियो।’ एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनमा कडा तालाबन्दीका कारण विरोध प्रदर्शन सुरु भएको थियो। क्वारेन्टाइन आदेशका कारण फायर फाइटरहरूलाई अपार्टमेन्ट ब्लक भित्र आउन रोकिएको सर्वसाधारणले गुनासा गरेका थिए।...
तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित

तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ पौष – चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा नयाँ नीतिका नाममा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक अतिक्रमणलाई निरन्तरता दिइरहेको पाइएको छ । तिब्बत प्रेसले जनाएअनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको हो । पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बतमा तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । तिब्बत प्रेसका अनुसार चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि पनि प्रतिबन्ध लगाएको छ । यसबाहेक चीनले तिब्बतमा जनसङ्ख्या वितरणमा पनि फेरबदलको प्रयास गरिरहेको छ । यसबाट सो क्षेत्रको सांस्कृतिक एवम् जातीय सन्तुलन पनि हेरफेर हुनसक्ने चिन्ता जनाइएको छ । यस्तै, चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा...
दुनियाँभरको साइवर स्पेश कब्जा गर्नमा खप्पिस चीन

दुनियाँभरको साइवर स्पेश कब्जा गर्नमा खप्पिस चीन

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – इन्टरनेटमा आफ्नो बलियो पकड बनाउँदै साइबर स्पेस आफ्नो नियन्त्रणामा राख्ने योजनाका साथ चिनियाँ सत्ता अगाडि बढेको छ । यो उद्देश्यलाई स्थापित गर्न देशभित्र राष्ट्रपति सी जिनपिङले सैन्य शैलीमा सेन्सरसीप लागू गरेका छन् । चीनमा इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेशन (सीईटीसी)ले साइबर स्पेस नियन्त्रणामा राख्ने काम गरेको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेना पीपुल्स लिबरेशन आर्मी (पीएलए)बाट सञ्चालित छ । जसले देशको शासन सत्ताविरुद्ध उठ्ने आवाज रोक्ने, अन्य देशको सुरक्षा गोपनियता भंग गर्ने काम गर्छ । जसले चिनियाँ शासन स्थायित्व र सर्वोपरी बनाएको छ । साथै योजनाबद्धरुपमा इन्टरनेटमार्फत विश्वभरको सूचना संकलन गर्ने काम गरेको छ । चीनमा उत्पादित प्रविधि र साइबरसम्बन्धी वस्तुबाट विश्वबजारमा बेचेर त्यसबाट गुप्तरुपमा सूचना सकलन गर्ने संसारकै साइबर स्पेस आफ्नो नियन्त्रणमा लिने...
दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ। बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको हो। इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको हो। ‘अर्को वर्ष फेव्रुवरी सम्म चीनबाट (दक्षिण कोरिया) प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्नेछ,’ प्रधानमन्त्री हान डक–सूले शुक्रबार भने। हानले थपे, ‘चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदै छ।’ चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४...
भारतले एससीओ र जी २० को अध्यक्षताले बहुआयामिक सहयोग,सम्बन्ध बिस्तार – रुस

भारतले एससीओ र जी २० को अध्यक्षताले बहुआयामिक सहयोग,सम्बन्ध बिस्तार – रुस

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले शुक्रबार विश्वास व्यक्त गर्दै भने कि भारतले एससीओ र जी २० को अध्यक्षताले दुई देशहरू बीच बहुआयामिक सहयोग निर्माण गर्नेछ । एशिया र विश्वमा स्थिरता र सुरक्षालाई सुदृढ गर्नेछ। भारतले औपचारिक रूपमा डिसेम्बर १ मा G20 र सेप्टेम्बर 16 मा सांघाई सहयोग संगठन (SCO) को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको नयाँ वर्षको सन्देशमा पुतिनले रुस र भारतले सन् २०२२ मा आफ्नो कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सव मनाउने र मित्रता र आपसी सम्मानको सकारात्मक परम्परामा भर परेको क्रेमलिनले एक विज्ञप्तिमा उल्लेख गरेको छ । देशहरूले विशेष रणनीतिक साझेदारीलाई निरन्तरता दिइरहेका छन्। पुतिनले दुई देशले ऊर्जा, सैन्य प्रविधि र सहयोगका अन्य क्षेत्रमा ठूला व्यापार र आर्थिक परियोजनाहरू सम्पन्न गरेको र क्षेत्रीय र व...
चीनमा ओमिक्रोनको सब-भेरिएन्ट फैलिएपछि नेपाल पनि उच्च जाेखिम

चीनमा ओमिक्रोनको सब-भेरिएन्ट फैलिएपछि नेपाल पनि उच्च जाेखिम

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । अहिले चीनका विभिन्न प्रान्तमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेनका कारण संक्रमितसहित मृत्युदर पनि बढ्दो रुपमा रहेको छ ।  चीनभन्दा पनि पहिले युरोपमा यो भेरिएन्ट देखिए पनि यसको असर सामान्य नै रहेको थियो । तर, यसले चीनमा ठूलो प्रभाव पारेको छ । अहिले यो भेरिएन्ट भारतमा पनि देखिएको छ । छिमेकी राष्ट्रहरुमा संक्रमण दर फैलिन थालेपछि नेपालमा पनि त्रास यसको असर देखिन थालेको हो । यद्यपी यसअघिका भन्दा अहिले देखिएको भेरिएन्ट केही कमजोर भए...
चीन बाइपास: ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

चीन बाइपास: ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – चीनसँगको बढ्दो तनाबका बीच ताइवानले अनिवार्य सैन्य सेवाको अवधिलाई लम्ब्याएको छ । जसअनुसार चार महिनाको अवधिलाई लम्ब्याएर एक वर्ष पुर्‍याइएको छ । ताइवानकी राष्ट्रपति साइ इङ वेनले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा सार्वजनिक गरेकी हुन् । बेइजिङबाट आक्रमण भएको खण्डमा देशको सुरक्षा बलियो बनाउने नयाँ योजनाको रुपमा यस्तो घोषणा गरेको साइको भनाइ छ। ‘शान्ति आकाशबाट खस्दैन । ताइवान अधिनायकवादी विस्तारको अग्रभागमा छ,’ साइले भनेकी छन् । राष्ट्रपति साईले नयाँ सैनिकहरूलाई अमेरिकी र अन्य अत्याधुनिक तालिमप्राप्त सेनाबाट थप प्रशिक्षण दिइने पनि जनाएकी छन् । ताइवानले १९९० को दशकयता १८ वर्ष नाघेका नागरिकहरूलाई बढीमा ३ वर्षका लागि सैन्य सेवाका लागि अनिवार्य गर्दै आएको छ । तर उक्त नियम परिवर्तन गर्दै पछिल्लो समय सैन्य सेवाको अवधिलाई ४ महिनासम्म तय गरिएको थियो । नयाँ नियम भने २०२४ ...
मानव बेचबिखनमा चिनियाँ नागरिक पनि…

मानव बेचबिखनमा चिनियाँ नागरिक पनि…

अपराध, आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ पौष – प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो । चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो । मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पु¥याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो । यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्क...