Sunday, May 31सत्यम खबर
Shadow

विदेश

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ पौष – चिनियाँ कम्पनीहरूका दुई सेमिकन्डक्टर कारखानाको बिक्रीमा जर्मनीले प्रतिबन्ध लगाएपछि चीनलाई रणनीतिक धक्का लागेको छ ।बर्लिनको निर्णय नोभेम्बरमा जर्मन चान्सलर ओलाफ स्कोल्जको चीन भ्रमणको बावजुद उनको देश र युरोपेली संघका सांसदहरूको आलोचनाको बीचमा उक्त प्रतिबन्ध लगाउने निर्णय आएको हो ।जियोपोलिटिको इन्फोका अनुसार नेताहरूको आलोचना जर्मनलगायत युरोपेली संघका नेताहरूले बेइजिङको मानवअधिकार रेकर्डको लागि र युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसलाई समर्थन गरेकोमा निन्दा गरेका छन् । यद्यपि, स्कोल्जले नैतिकताभन्दा व्यापार रोजे किनभने उनले चीनलाई आफ्नो एसियाली यात्राको हिस्सा बनाए ।ओलाफ स्कोल्जले चीन र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाइरहँदा दुई देशबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई बलियो बनाउन चीनको भ्रमण गरेका थिए । स्कोल्जको भ्रमणको बावजुद जर्मनीले सुरक्षा ...
चीनमा संक्रमण बढ्दो , सेटिब्रिटीकाे मृत्युले झन त्रास

चीनमा संक्रमण बढ्दो , सेटिब्रिटीकाे मृत्युले झन त्रास

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ पौष – चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले उनको निकै कम उमेरमा मृत्यु भएको र त्यसको कारण सम्भावित कोभिड संक्रमण हुन सक्ने आकलन गरेका जनाइएको छ । चुको परिवारले उनको ‘अप्रत्याशित मृत्युले निकै दुःखी तुल्याएको’ जनाएको भए पनि मृत्युको कारणबारे केही उल्लेख गरेको छैन । भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य–कोभिड नीति’ अख्तियार गरेको चीनले गत डिसेम्बरमा लचिला नियमहरू ल्याएको थियो । त्यसयता चीनमा भाइरसको संक्रमण तथा मृत्युदर ह्वात्तै बढेको जनाइएको छ ।पछिल्लो समय अस्पतालहरूमा संक्रमितको भीड बढेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रूपमा फैलिएको र त्यसका ...
चीन यात्रा कम गर्न जर्मनीको निर्देशन

चीन यात्रा कम गर्न जर्मनीको निर्देशन

CoVid19, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ पौष – जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । “हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो,” जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ ।कोभिडको सङ्क्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् । युरोपेली सङ्घका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन् । जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली सङ्घका अन्य धेरै राष्ट्रले एशियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् । गैर–युरोपेली देशहरूमध्ये...
चीनले अमेरिकालाई सिधै चेतावनी दिनु अर्थ ?

चीनले अमेरिकालाई सिधै चेतावनी दिनु अर्थ ?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – ताइवानलाई लगातार धम्की दिने चीन अहिले अमेरिकालाई धम्की दिने काममा प्रत्यक्ष संलग्न भएको छ । चीनको सुपर विनाशकारी विमान वाहक लिओनिङ प्रशान्त महासागरमा रहेको अमेरिकी नौसैनिक आधार गुआम नजिकैबाट गस्ती गर्दै निस्किएको छ । जापानी अधिकारीहरूले यो चिनियाँ विमान वाहक गुआम नजिकै पास भएको पुष्टि गरेका छन्। चीनसँग हाल ३ वटा विमान वाहक छन् । विश्लेषकहरू भन्छन् कि चीनको यो कदम एकदमै दुर्लभ छ र यसले ताइवानलाई लिएर अमेरिकालाई सीधा चेतावनी दिएको छ। किलर मिसाइलले सुसज्जित विमानवाहक जहाजले चिनियाँ युद्धपोतहरूको नेतृत्व गरिरहेको थियो। यो विमान वाहकले विगतमा अमेरिकाको सहयोगी जापानलाई डराउने प्रयास गरेको थियो । उक्त लडाकु विमानले जापानी टापु ओकिनावा नजिक चिनियाँ युद्धपोतबाट २६० पटक उडान अभ्यास गरेको थियो । जापानको यो बेसमा अमेरिकाले ठूलो मात्रामा आफ्नो सेना तैनाथ गरेको छ । चीनको यो कदमपछि...
मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । समानुपातिकताको आधारमा विमुद्रीकरण अभ्यासलाई रोक्न नसकिने अदालतकाे ठहर छ । सरकारको उक्त निर्णय आर्थिक नीति भएकोले उल्ट्याउन नसकिने अदालतको आदेशमा उल्लेख छ । निलम्बनविरुद्ध अदालतमा उजुरी परेको थियो । सरकारले नाेटबन्दीकाे सान्दर्भिकता पुष्टि गरे नगरेकाे भने प्रष्ट हुन सकेकाे छैन् । कालोधन र राजस्वछली नियन्त्रण गर्न भन्दै मोदी सरकारले ५०० र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो ।...
भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – भारत–अस्ट्रेलिया बीच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार देखि औपचारिक रुपमा लागु भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारत सँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गरेको हो ।सम्झौता भएपछि एक अर्ब ४० करोड जनसंख्या भएको देशले अस्ट्रेलियालाई निर्यात गरिने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अष्ट्रेलियाली वाइन र बदाम लगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ ।प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।ताजा अष्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । संघीय सरकारका अनुसार यो सम्झौताले...
अगामी महिना सम्म चीनमा ८० करोड जनसंख्या कोरोनाबाट प्रभावित हुने

अगामी महिना सम्म चीनमा ८० करोड जनसंख्या कोरोनाबाट प्रभावित हुने

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – चीनमा कोरोना संक्रमणको नयाँ लहर तिव्र गतिमा फैलिरहेका छन् । ओमिक्रोनको सब भेरियन्ट बिएफ–७ का कारण विश्व चिन्तित हुन थालेका हुन् । विश्व स्वास्थ्य संगठनले चीनको कोरोना लहरप्रति चासो लिदै गम्भीर अवस्थाबाट विश्व समुदायलाई सचेत गराएका छन् । बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको डब्ल्युएचओले बताएकोे छ ।चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिंग सहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्न...
चीनद्धारा नयाँ नीतिको आडमा चरम मानवअधिकारको उलंघन गर्दै

चीनद्धारा नयाँ नीतिको आडमा चरम मानवअधिकारको उलंघन गर्दै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – तिब्बतमा नयाँ नितिको आडमा चरम मानवअधिकारको चिनियाँ सरकारले गरिरहेको पाइएका छन् ।चीनमा सि जिनपिंगको सरकारले तिब्बतमा नयाँ नीतिका आड (बहाना) मा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक माथि अतिक्रमणलाई निरन्तरता दिदै आइरहेको पाइएका हुन् । तिब्बत प्रेसका अनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको छ ।पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसा एवं यातनाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा परम्परागत बौद्ध गुम्बाहरु पनि ध्वस्त पारिदिएको तिब्बत प्रेसले जनाएको छ । एएफपी ।...
गरिब एसियाली मुलुकहरूमा मानव तस्करहरूको सक्रियता

गरिब एसियाली मुलुकहरूमा मानव तस्करहरूको सक्रियता

अपराध, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ पौष – गरिब एसियाली मुलुकहरूमा चिनियाँ मानव तस्करहरूको सक्रियता बढ्न थालेको छ। पछिल्ला केही वर्षमा मानव तस्करहरूले चीनबाहिर आफ्नो सञ्‍जाल विस्तार गरेको विभिन्‍न अनुसन्धान रिपोर्टहरूले जनाएका छन्। उनीहरूले गरिब एसियाली राष्ट्रका मानिसहरूलाई बसाइँ सार्ने भन्दै ठगी गरेको पाइएको छ। त्यसमा नेपाल समेत प्रभावित भएको छ । रोजगारीको नाममा मानवबेचबिखन र जबरजस्ती विवाह वा वेश्यावृत्ति वा दासत्व र अन्य प्रकारका गैरकानूनी गतिविधिहरूमा संलग्‍न गराउँदै आएका छन् । तस्करी गरिएका मानिसहरूलाई वेश्‍यावृत्ति तथा दास बनाउने लगायतका गैरकानुनी मात्र नभएर शरीरका विभिन्‍न अंगहरू समेत बेचबिखन गरेको पाइएको छ। पछिल्लो घटनाक्रम नेपालबाट आएको हो, जहाँ स्थानीय अधिकारीहरूले दुई चिनियाँ नागरिक पक्राउ गरेका छन्। पक्राउ परेकाहरुले दिएको बयान अनुसार १० जना नेपालीलाई राम्रो रोजगारी दिने आश्वासन दिइएको थियो। त...
कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

CoVid19, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्था’boutको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरस’bout यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ। डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ । डब्ल्यूएचओले खोपको सहजताका ’boutमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्...