Monday, May 25सत्यम खबर
Shadow

विदेश

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ साउन – कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ । इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ । बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ । इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन् भने इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन । खबरहब...
हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ साउन – बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ । उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ । यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो । त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ । त्यस्तै पुर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ । नेपाल पाना...
बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ साउन – बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् । सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ । देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ । बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा ...
बंगलादेशी सेनाले बैठक गरेर बल प्रयोग नगर्ने निर्णय गरेको खुलासा

बंगलादेशी सेनाले बैठक गरेर बल प्रयोग नगर्ने निर्णय गरेको खुलासा

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार, समाज
काठमाण्डौ, २३ साउन – बंगलादेशी सेनाले आइतबार राति आन्दोलनलाई बल प्रयोग गरेर दबाउन अस्वीकार गरेपछि लगातार १५ वर्ष शासन गरेकी शेख हसिना देश छाड्न बाध्य भएको खुलासा भएको छ। देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि ७६ वर्षीय हसिना सोमबार देशै छाडेर भागेकी थिइन्। सेना प्रमुख वाकर-उज-जमानले आइतबार राति आफ्ना जनरलहरूसँग बैठक गरेर कर्फ्यु लगाउन जनतामाथि गोली प्रहार नगर्ने निर्णय गरेका थिए भनेर समाचार संस्था रोयटर्सले बुधबार खुलासा गरेको छ। आइतबारको प्रदर्शनमा बल प्रयोग हुँदा ९१ जना आन्दोलनकारी मारिएका थिए। त्यसपछि हसिनाले कर्फ्यु लगाइन् भने आन्दोलनकारीहरूले देशभरका विद्यार्थी र नागरिकहरू सोमबार ढाका गएर प्रधानमन्त्री निवास घेर्ने निर्णय गरेका थिए। आइतबार राती सेना प्रमुख वाकर-उज-जमानले विषम सुरक्षा स्थितिबारे छलफल गरेर कर्फ्यु पालना गराउन गोली नचला...
हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ साउन – बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ, यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । राजनीतिक संकटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएकाले बंगलादेशको लोकतान्त्रिक यात्रा अनिश्चित छ । प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडेकाले नागरिकले अब सेनालाई विश्वास गर्नुपर्ने सेना प्रमुख जमानको भनाइ छ । ‘हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । यस विषयमा राष्ट्रपतिसँग छलफल गर्छौं । हामीलाई विश्वास गर्नुहोस्,’ उनले पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘विरोधका कार्यक्रम अन्त्य गर्न र घर फर्किन अनुरोध छ ।’ पछिल्लो घटनासँगै करिब दुई दशकपछि फेरि बं...
बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ साउन – बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ । बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य...
बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी

बंगलादेश अपडेट: विपक्षी नेतृ खालिदा रिहा हुदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ साउन – बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् । यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ । आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए । सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भ...
सिपीसीको तेस्रो प्लेनममा सी जिनपिङको लागि चिन्ताको संकेत

सिपीसीको तेस्रो प्लेनममा सी जिनपिङको लागि चिन्ताको संकेत

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ साउन – हालै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को चार दिने तेस्रो प्लेनम अन्तर्राष्ट्रिय स्तरमा अनुमान गरिएझैं धमाकाको साथ होइन तर ‘चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन व्यापक रूपमा सुधारलाई थप गहिरो बनाउने’ भन्ने सामान्य भनाइको साथ समाप्त भयो। प्लेनमले पारित गरेको पूर्ण प्रस्तावले अचानक घोषणा गर्‍यो कि यसले सन् २०२९ सम्ममा आफ्नो सुधार प्रयास पूरा गर्ने नयाँ लक्ष्य राखेको छ। सुधारको कार्य पूरा गर्न चुनिएको वर्ष जनवादी गणतन्त्र चीनको स्थापनाको ८०औँ वार्षिकोत्सवसँग मेल खान्छ। चीनले अर्थतन्त्र र विशेषगरी सम्पत्तिको क्षेत्रमा आएको गिरावटलाई रोक्न नीतिगत पहल गर्ने घोषणा गरेको अपेक्षाको बाबजुद पनि सी जिनपिङले चीनको आर्थिक विकासभन्दा पनि राजनीतिक निरन्तरताप्रति बढी चिन्तित रहेको सङ्केत गर्ने घोषणात्मक वक्तव्यहरू रोजेका छन्। यद्यपि यो भन्न सकिन्छ कि संकल्पको भाषाले मानक चिनिय...
पाकिस्तानमा पश्तून समुदायविरुद्ध हिंसाको तीव्रता

पाकिस्तानमा पश्तून समुदायविरुद्ध हिंसाको तीव्रता

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ साउन – पाकिस्तानमा जातीय पश्तूनहरूले दैनिक चुनौतीहरू सामना गर्छन् - जसमा लक्षित हत्या, जबरजस्ती र सैन्य कारबाहीहरू समावेश छन्। अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान फिर्ता भएपछि स्थिति बिग्रियो जसले यस क्षेत्रमा बढ्दो पश्तून एकताको बारेमा पाकिस्तानको सैन्य प्रतिष्ठान भित्रको चिन्ता बढ्यो। मञ्जूर पश्तीनको नेतृत्वमा रहेको पश्तून तहफुज आन्दोलन (पीटीएम) मार्फत पश्तून समुदायले महत्वपूर्ण ध्यानाकर्षण गरेको छ। रिपोर्टहरूले संकेत गर्दछ कि पाकिस्तानको सुरक्षा एजेन्सीहरूले आन्दोलनलाई रोक्न पीटीएम कार्यकर्ताहरू विरुद्ध कडा कदम चालेको छ। हालैको घटनामा एक प्रमुख पश्तून कवि र पिटीएमका वरिष्ठ सदस्य गिलामन वजीरलाई जुलाई ७ मा इस्लामाबादमा शंकास्पद परिस्थितिमा मारिएको थियो। वजीर पश्तून इतिहास मनाउने कविताहरूका लागि प्रख्यात थिए र सामाजिक सञ्जालमा उनको महत्त्वपूर्ण फलोअर थियो। उनको मृत्युले वि...
मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी

मिसाइल हानेर क्रिमियामा रसियन पनडुब्बी डुबाएको युक्रेनी दाबी

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० साउन – युक्रेनी सेनाले रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियास्थित बन्दरगाहमा तैनाथ एक पनडुब्बीमाथि हमला गरेर डुबाइदिएको दाबी गरेको छ । युक्रेनका जरनल स्टाफले विज्ञप्ति जारी गरेर रूसको किलो क्लास युद्धक पनडुब्बी रोस्तोभ-अन-डनलाई डुबाइदिएको बताएका छन् । उनका अनुसार सन् २०१४ मा बनेको यो पनडुब्बीलाई शुक्रबार मिसाइल हमला गरेर सेनाले डुबाइदिएको हो । रूसको पनडुब्बी रोस्तोभ-अन-डनमाथि यो हमला शुक्रबार बन्दरगाह सहर सेभस्तोपोलमा गरिएको हो । यो पनडुब्बी रूसको काला सागरमा तैनाथ गरिएका चार पनडुब्बीमा एक हो । काला सागरमा रूसले तैनाथ गरेका पनडुब्बीको समूह क्यालिबर क्रुज मिसाइल हान्ने क्षमताका छन् । युक्रेनको यस दाबीलाई लिएर रसियन रक्षा मन्त्रालयले अहिलेसम्म औपचारिक भनाइ सार्वजनिक गरेको छैन । युक्रेनका अधिकारीहरूले यस हमलामा चार एस-४०० एयर डिफेन्स सिस्टम पनि नष्ट गरिएको छ।...