Thursday, September 25सत्यम खबर
Shadow

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति सर्वपक्षीय सम्मेलन गरौंः कमल थापा

हेटौंडा, २५ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव माओवादीसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् ।
बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ र झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे । उनले नेपाली जनताको अभिमत, राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने भन्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए ।


नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्नेमा थापाले जोड दिए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको बताउँदै थापाले जनताले विस्तारै यो विषय बुझ्दै गएको बताए ।
राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरे । राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे ।
मुलुकमा विकृति, विसंगति, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै उनले संवैधानिक अङ्ग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ, प्रभाव, हस्तक्षेपको तीब्र आलोचना गरे । राप्रपालाई मुलुकको वैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै थापाले संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
परिवर्तनपछि राजा ज्ञानेन्द्रको शालिनता र मर्यादित भूमिका र व्यवहारको पनि थापाले खुलेर प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारिले मुलुकमा विकृति र विसंगतिका कारण विद्रोहको अवस्था सिर्जना भएको बताए ।
युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आँधीबेरी ल्याउनुपर्ने बताए । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *