Friday, July 31सत्यम खबर
Shadow

राजनीति

विघटनको प्रस्ताव दुर्भाग्यपूर्ण– मन्त्री त्रिपाठी

विघटनको प्रस्ताव दुर्भाग्यपूर्ण– मन्त्री त्रिपाठी

राजनीति, समाचार
काठमाण्डौ, ५ पौष – नेकपाकै सांसद एवम् मन्त्री हृदयेश त्रिपाठीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । सञ्चारकर्मीसँग कुराकानीमा उनले मन्त्रिपरिषद्को सिफारिस संवैधानिक भए नभएको अध्ययन गर्नुपर्ने बताए ।‘म मन्त्रिपरिषद् बैठकमा पुग्नै लाग्दा सकियो’, त्रिपाठीले भने, ’यो निर्णय दुर्भाग्यपूर्ण हो ।’ (सेतोपाटी)...
संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरे प्रधानमन्त्रीले

संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरे प्रधानमन्त्रीले

राजनीति, समाचार
काठमाण्डौ, ५ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् ।पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । आईतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । फाईल फोटो नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन । संविधानको धारा ८५ को १ मा ’यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ...
कांग्रेस–जसपाबीच दुई बुँदे समझदारी

कांग्रेस–जसपाबीच दुई बुँदे समझदारी

राजनीति, समाचार
काठमाण्डौ, ४ पौष – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच दुई बुँदे समझदारी भएको छ ।शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदे समझदारी भएको बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । फाईल फोटो दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।शनिबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन् । त्यहाँ कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका थिए । (सेतोपाटी)...
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव

नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव

राजनीति, समाचार, समाज
काठमाडौं, ३ पौष – भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपाललाई चीनबाट सावधान रहन सुझाव दिएका छन् । उनले श्रीलंकाबाट पाठ सिक्न भन्दै चीनबाट सावधानी अपनाउन सुझाव दिएका हुन् ।‘नेपाल अन्तर्राष्ट्रिय मामलामा आफ्ना अभ्यासहरु छनोट गर्न स्वतन्त्र छ तर यस क्षेत्रका केही देशहरुसँग श्रीलंकालगायतले सम्झौतामा हस्ताक्षर गरेबाट पाठ सिक्नुपर्छ र सावधानी अपनाउनुपर्छ,’ जनरल रावतले सेन्टर फर ल्यान्ड वारफेयर स्डडिज र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एन्ड इन्गेजमेन्टको वार्षिक डाइलगलाई सम्बोधन गर्दै भने । रावतले नेपालले चीनलगायत केही देशहरुका लागि स्वतन्त्र विदेश नीति अन्तर्गत खुल्ला भइरहेको भन्दै भारत गम्भीर भएको सन्देश पनि दिए । ‘स्वतन्त्र विदेश नीतिको आधारमा वर्तमान युगमा नेपाल चीनलगायत अन्य देशहरुका लागि खुलिरहेको छ,’ रावतले भनेका छन् । उनले नेपालसँगको शताब्दीऔं पुरानो प्रगाढ सम्ब...
बामदेव अब कता ?

बामदेव अब कता ?

राजनीति, समाचार
काठमाण्डौ, ३ पौष – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको भूमिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता संकटबाट जोगायो । पहिलोपटक सत्ता संकट आउँदा गौतमले ओलीविरुद्ध केन्द्रित भएका प्रचण्ड र माधवकुमार नेपाललगायतको मोर्चाबाट अलग भइदिए । दोस्रो पटक पनि मोर्चा छाडेर कुनैपनि गुटमा रहेको घोषणा गरेर छ बुँदे सहमतिको प्रस्ताव ल्याए ।गौतमले दुवैपटक सत्ता संकट टार्न सहयोगी भूमिका निभाउँदा आश्वासन पाए । पहिलोपटक सचिवालय बैठकमा उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारियो । संविधान संशोधन गरेर वा कुनै चुनावी क्षेत्र खाली गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाएर ल्याउने सम्मको प्रस्ताव ओलीले राखे । ती दुवै आश्वासन मात्र भए । दोस्रो पटक पनि बामदेवको घरमै पुगेर ओलीले राजनीतिक लेनदेनको कुरा गरेको खुल्यो । त्यसअघि गौतमले छ बुँदे प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपालको मोर्चालाई कमजो...
रेशमलाल चौधरी र लक्ष्मण थारूको जन्मकैद सदर

रेशमलाल चौधरी र लक्ष्मण थारूको जन्मकैद सदर

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, ३ पौष – उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो ।अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो । एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलाली कै निर्णय सदर गरेको हो ।उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जिल्ला अदालत कैलालीले गर...
ओलीले फेरि गरे वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

ओलीले फेरि गरे वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

राजनीति, समाचार
काठमाडौं, २ पौष – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन् ।बुधबार वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले अबको प्रधानमन्त्री गौतमलाई बनाउनुपर्ने बताएको स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले सेतोपाटीलाई जानकारी दिए । फाइल फोटो गुरूङका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब वामदेवको पालो आएको बताएका थिए ।’यो बेला प्रधानमन्त्री किन फेर्नुप¥यो । यो लाइनका हामी सबै प्रधानमन्त्री भइसकेका छौं । यो लाइनमा नभएको उपाध्यक्ष मात्रै हो,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै गुरूङले भने, ’बनाउने हो भने अब उहाँलाई नै बनाउनुपर्छ ।’बैठकको पहिलो लहरमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम बसेका थिए ।अर्का स्थायी कमिटी सदस्य लिलामणी पो...
डुडुवामा व्यक्तिगत घटना दर्ता गर्न शुरु

डुडुवामा व्यक्तिगत घटना दर्ता गर्न शुरु

प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १ पौष – बाँके डुडुवा गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका लागि घरदैलो अभियान शुरु गरेको छ । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट बञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन शुरु गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत डुडुवा गाउँपालिकाद्धारा शुरु गरिएको व्यक्तिगत घटना दर्ता शिविरको वडा नंं २ मा आज गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभयो ।शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट बञ्चित हुन नदिन र घरघरमा सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियान शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरि समयमा घटना दर्ता गराउन...
सुकुम्बासीको घरमै पुर्जा पुग्छ : ज्ञवाली

सुकुम्बासीको घरमै पुर्जा पुग्छ : ज्ञवाली

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १ पुस – भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा आज बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताए ।उनले अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै स्थानीय तहसंगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास गरेकालाई घरमै पुर्जा दिने व्यवस्था मिलाइएको उल्लेख गरे । उनले भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजीकरण समिति हुने बताए ।पालिका उपप्रमुख सहसंयोजक हुने उक्त समितिमा राष्ट्रिय दलका प्रतिनिधि, कार्यपालिका दलित महिला सदस्य, भूमिहीन संस्थाका प्रतिन...
हिम्मत कहाँबाट आयो ‘राजा आऊ, देश बचाऊ’ भन्ने ?: देउवा

हिम्मत कहाँबाट आयो ‘राजा आऊ, देश बचाऊ’ भन्ने ?: देउवा

राजनीति, समाचार
काठमाडौं, २९ मंसिर – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्न गरेका छन् ।प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रम नराख्न आग्रह गरेका छन् ।सरकारविरूद्ध मकवानपुरमा आज सोमबार भएको प्रदर्शनमा सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो ?’ फाईल फोटो आफूले प्रजातन्त्रका लागि लड्दा राजाले थुनेर राखेको उनले बताएका थिए ।‘राजाले त्यसबेला थुने । जेलमा मलाई राखे । अहिले राजा आऊ, देश बचाऊ भन्ने ?,’ देउवाले भने, ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न । त्यसैले राजा आउने भ्रम नराख्नू ।’उनले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै जिम्मेवार...