Monday, April 20सत्यम खबर
Shadow

बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुन सक्दैनः बाबुराम भट्टराई

काठमाण्डौ, ७ पौष – जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई नेपालको संविधानले व्यवस्था गरेको प्रणाली प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेष्टमिन्सटर प्रणाली नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले विद्यमान राजनीतिक प्रणाली वेष्टमिन्सटर प्रणाली नभई बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयाँ प्रणाली भएको दाबी गरे ।


सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्ः ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने संम्भावना भएसम्म संसद विघटन हुननसक्ने नया‘ प्रणाली हो’ ।
त्यसैगरी नेता भट्टराईले क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविदनको नभई क्रान्तिकारी नेताहरु र व्यवहारिक रुपमा विषयगत समिति र संवैधानिक समितिका सभापतिको हुने जनाएका छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि आम निर्वाचनको घोषणा गरेपछि सो कदमबारे चौतफी आलोचना र बहस भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *