Sunday, April 19सत्यम खबर
Shadow

“अबको आवश्यकता राष्ट्रिय सहमतिको सरकार”– अध्यक्ष ढकाल

गोरखा, ७ बाँके – नेपाल परिवार दलका अध्यक्ष एवं पूर्व मन्त्री एकनाथ ढकालले अबको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् । सोमवार गोरखामा पत्रकार भेटघाटका क्रममा उनले सबै राजनीतिक दल मिलेर सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए ।
‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा भएकाले प्रधानमन्त्रीले घोषणा गरेको चुनाव स्वीकार गर्छौँ’, उनले भने, ‘अब सहमतिको सरकार बनाएर चुनाव सम्पन्न गर्नुपर्छ ।’


संसद बिघटन प्रकरणमा प्रधानमन्त्रीको अदूरदर्शिता भन्दै उनले राष्ट्रपतिको भने बचाउ गरे । ‘संसद खारेज गर्ने निर्णय गर्नुमा प्रधानमन्त्रीको अदूरदर्शिता देखिन्छ, तर राष्ट्रपतिको कुनै दोष छैन’, उनले भने, ‘संसद बिघटनसँगसँगै चुनावको मिति तोक्नु भने राम्रो पक्ष हो ।’ सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी भित्रको किचलोका कारण देश संकटमा परेको उनले आरोप लगाए ।
संसद बिघटनको मुद्धा अदालतमा पुगेकाले अदालतले गर्ने फैसला परिवार दललाई स्वीकार्य हुने अध्यक्ष ढकालले बताए ।
संविधान कार्यान्वयनमा संकट देखिएकाले यो संकट समाधान गर्न प्रधानमन्त्री आफैँ अग्रसर हुनुपर्ने बताउँदै उनले सबैदलले साथ दिनुपर्ने धारणा राखे ।


‘अब सर्वदलीय बैठकबाट देशलाई निकास दिनुपर्छ’ उनले भने । मंगलवार परिवार दलको केन्द्रिय समितिको बैठकले थप विषयमा निर्णय लिने र सोही अनुसार पार्टी अगाडि बढ्ने बताउँदै उनले भने ‘साना ठुला सबै दलसँग छलफल गरेर देशको राजनीतिक समस्या हल गर्न पहल गछौँ ।’
संघियता कार्यन्वयन संकटमा परेकाले संविधान निर्माणमा योगदान गरेका प्रधानमन्त्री केपी वलीले संरक्षणमा पनि जोड दिनुपर्ने धारणा राखे ।
निर्वाचन भएको खण्डमा परिवार दल त्यसको तयारीमा लाग्ने बताउँदै उनले निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *