Saturday, September 26सत्यम खबर
Shadow

प्रदेश ५

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ मंसिर – चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्य...
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ मंसिर – नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको छ । विहिबार बिहान नेपाली सेनाले जङ्गी अड्डामा द्विवेदीलाई 'गार्ड अफ अनर' ले सम्मान गरेको हो । बुधबार काठमाडौँ आएका सेनाध्यक्ष द्विवेदीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरिदै छ । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ । द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ क...
बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ मंसिर – नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने स्पष्ट गरेको छ । शुक्रबार कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलमा चीनको बीआरआई अन्तर्गतका परियोजना लिने तर ऋणमा भने लिन नसकिने स्पष्ट गरेको हो । छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरु उल्लेख भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए । डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् । उनले भने- ‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र ...
भाजपा नेता विजय जालीको सम्बोधनसहित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्धबारे विशेष कार्यक्रम सम्पन्न

भाजपा नेता विजय जालीको सम्बोधनसहित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्धबारे विशेष कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ मंसिर – राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयद्वारा काठमाडौंमा आयोजित हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । प्रमुख वक्ता भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जालीले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको चर्चा गर्नुभयो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गर्नुभएको थियो । संविधान सभा सदस्य भूपेन्द्र चौधरी राष्ट्रिय एकता अभियानमा प्रवेश गर्नुभएको कार्यक्रममा विशेष आकर्षण बनेको थियो । चौधरीलाई विजय जॉली र अभियानका अध्यक्ष विनय यादवले खादा ओ...
सिद्धबाबाको वार्षिकोत्सवमा १९ जनाले रक्तदान गरे

सिद्धबाबाको वार्षिकोत्सवमा १९ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर – सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा २ महिला सहित १९ जनाले रक्तदान गरेका छन् । आज शुक्रवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो । नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर÷स्टार पोेलिपाइप प्रालिका सञ्चालक कमलकुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, केन्द्रका प्राविधिकद्वय होमराज गिरी र सोम प्रकाश सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिए...
सार्वजनिक स्थानमा फोहोर फालेपछि १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि १० हजार जरिवाना

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना गरेको छ । आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग.१ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगन्ज उपमहानगरपालिकामा पठाएको थियो । अभिनब बर्माले सामाजिक संजाल ‘फेसबुक’ मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो । नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकार...
प्रत्येक महिनाको १ तारिखमा रुपईडिहा बजार बन्द हुने

प्रत्येक महिनाको १ तारिखमा रुपईडिहा बजार बन्द हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – सीमान्त नगर पञ्चायत रुपईडिहाको बजार प्रत्येक महिनाको एक तारिखमा बन्द रहनेछ । उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डल रुपईडिहा इकाईले आयोजना गरेको बैठकमा व्यवसायीले हात उठाएर महिनाको पहिलो दिन बन्दको समर्थन गरेका छन् । रुपैडिहा नगर पञ्चायतका पार्षद तथा प्रख्यात व्यापारी रजा इमाम रिजवीले बन्द आफैमा एकताको प्रतीक भएको बताए । तपाईं आफ्नो लागि यो गर्नुहोस् । यसका धेरै दूरगामी परिणामहरू छन्, जुन तपाईं सबैको लागि लाभदायक छ । ट्रेड युनियनका पूर्व महासचिव जनाब रजा इमाम रिजवीले भने ‘यो नवगठित व्यापार सर्कल बिस्तारै अगाडि बढिरहेको छ, म विश्वस्त छु कि यो आफैमा सफल हुनेछ ।’ बैठकमा वरिष्ठ उपाध्यक्ष विजय जैसवाल, उपाध्यक्षद्वय खेसल फारुकी, श्याम अग्रवाल, संगठन मन्त्री मोहम्मद आलम, संरक्षक सन्दीप गुप्ता, अब्दुल मजिद र व्यापारी सइद अहमद र शाहिद हाश्मीले पनि सम्बोधन गर्दै व...
ब्याग सकुशल फिर्ता गरेपछि……

ब्याग सकुशल फिर्ता गरेपछि……

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ मंसिर – एक जना समाजसेवी तथा ईन्मादार ब्यक्तिले भारतीय ब्यापारीको हजारोंको कपडा सहित ब्याग सकुशल फिर्ता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१९ आलानगरका निवासी भोजराज शर्माले औषधी उपचारका लागी भारतको लखनऊ गएका थिए यही मंसीर ३ गते रातीको समयमा लखनउबाट फर्कने क्रममा भोजराज शर्माका साथमा भारत नानपाराका निवासी मारिया शूट कलेकसनका मालिक गुड्डू मारियासंगै बसमा आईरहेका थिए । नानपारा गुड्डू मारियाले आफ्नो घर नानपारामा झर्ने क्रममा भूलबस भोजराज शर्माको ब्याग आफू लगेर गएका थिए । घरमा पुगेपछि ब्यागमा शर्माको सम्पर्क नम्बर रहेको छ गुड्रडू मारियाले भोजराज शर्मालाई सम्पर्क गरी जिल्ला अदालत बाँके नेपालगन्जको गेटमा रहेका सुरक्षकर्मीको समक्ष सकुशल ब्याग र ब्यागमा रहेको २० हजार रुपैया बराबरको कपडा सहित मारियाले शर्माको ब्याग दिएर गुड्डू मारियाले आफ्नो ब्याग सकुशल फिर्ता मंसीर ...
स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पोखरा, ४ मंसिर - स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान गरिएको छ। गैह्रपाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा स्टेप बाई स्टेप मा.वि. का आश्रय भुषाल मिस्टर पोखरा चाईल्ड स्टार हुन सफल भएका छन् । ऋषभ रानाले इन्टेलेक्चुअल अवार्ड तथा प्राप्त गरे भने फस्र्ट रनर अप हुन सफल भए । कृष्मा जि.सी. मिस पोखरा चाईल्ड स्टार हुन सफल भएकी छन् । मञ्जिता खत्री सेकेण्ड रनर अप भईन् । यस्तै आर्या वराल एक्सप्रेसन क्वीन अवार्ड र थर्ड रनर अप भईन् । दिप्तिका गुरुङले मल्टि ट्यालेन्ट अवार्ड प्राप्त गरिन् भने उनी फस्र्ट रनर अप भईन् । रबिना विश्वकर्माले वेष्ट क्याट वाक अवार्ड प्राप्त गरिन् । एरीका आचार्यले मिस पपुलर अवार्ड प्राप्त गरिन् । जोत्सना वरालले फोटोजेनिक अवार्ड, ऋतुजा वरालले स्वीट स्माईल अवार्ड र गौरवी विकले मिस पं...