Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

चीनले पार्याे नाका ठप्प, नेपाललाई ठूलो संकट

चीनले पार्याे नाका ठप्प, नेपाललाई ठूलो संकट

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ बैशाख – ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा याक गोठ बढ्न थालेका छन् । चीनको तिब्बततर्फ निर्यात हुँदै आएका याकका बाछा दुई वर्षदेखि चीनतर्फको नाका बन्द भएकाले निर्यात हुन छाडेपछि गोठको सङ्ख्या बढ्न थालेको छ । “नाका बन्द भएकाले बाछा निर्यात भएको छैन, जसले याकको सङ्ख्या मात्रै नभई गोठ पनि थपिन थालेका छन्”, ओलाङ्चुङ्गोलाका छेतेन शेर्पाले भन्नुभयो । उहाँका अनुसार ओलाङ्चुङगोला, याङ्मालगायत उच्च क्षेत्रमा गोठ थपिएका छन् । नाका बन्दले जडीबुटीलगायत अन्य व्यापार व्यवसाय ठप्प हुँदा पशुपालनतर्फ स्थानीयवासी आकर्षित हुन थालेका छन् । कोरोना सङ्क्रमण फैलिने भन्दै दुई वर्ष अघिदेखि तिब्बतले बन्द गरेको टिपताला नाका अझै खुलेको छैन । नाका बन्द भएदेखि नै सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्नो उत्पादन निर्यात गर्न पाएका छैनन् । उनीहरुले गलैँचा, जडीबुटी, छुर्पी, याकका बाछालगायत निर्यात तथा व्यापार ...
चिनियाँ बीआरआई अर्थात बर्बादीको जालो

चिनियाँ बीआरआई अर्थात बर्बादीको जालो

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ बैशाख – विश्वलाई आर्थिकरुपमा समृद्ध बनाउने सपना देखाएर अघि सारिएको चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) आर्थिक संकट सिर्जना गर्ने माध्यमका रुपमा स्थापित भएको छ । यसको जालोमा फसेका कतिपय देश बर्बाद भएका छन् । हालैका रिपोर्टहरूले सुझाव दिन्छ कि इटालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) सम्झौता नवीकरण गर्ने धेरै सम्भावना छैन, जुन अर्को वर्षको सुरुमा समाप्त हुन्छ । यसले संकेत गर्दछ कि परिणामको अभाव र अन्य तनावको बीचमा चीनले यो गुमाउँदैछ । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पनि बीआरआईप्रति असन्तुष्टि व्यक्त गर्दै आर्थिक संकट आउने चेतावनी दिएका छन् । युक्रेनमाथिको आक्रमण र बेइजिङविरुद्धको पश्चिमी प्रतिक्रियाले रुसविरुद्धको प्रतिबन्धले पहलको पतनलाई गति दिएको छ । बीआरआई अन्तर्गत हस्ताक्षर गरिएका नयाँ परियोजनाहरूको संख्या वर्षौंमा घटेको छ । किनभ...
“कोहलपुरका गौरवका योजना पुरा गर्न २ अर्व बढि रकम पठाउने छु”-किशोरसिंह राठौर

“कोहलपुरका गौरवका योजना पुरा गर्न २ अर्व बढि रकम पठाउने छु”-किशोरसिंह राठौर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २६ बैशाख – कोहलपुर नगरपालिकाका गौरवका योजनाहरुलाई पुरा गर्न २ अर्ब बढि रकम पठाउने बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले बताए । सोमबार कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा बोल्दै राठौरले कोहलपुरको विकासका लागि २ अर्ब बढि रकम पठाउन पहल गर्ने बताएका हुन् ।उनको कोहलपुरको समग्र विकासका लागि तटबन्ध, भवन, सडक, आकाशे पुल, बाल अस्पताल, रिङ्ग रोड, कभर्ड हल र नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र जस्ता विभिन्न गौरवका विभिन्न योजनाहरुलाई पुरा गर्न बजेटको व्यवस्था गर्ने राठौरले बताए । ‘कोहलपुर नगरपालिकामा युवा मेयर र उपमेयर हुनुहुन्छ’ उनले भने, ‘उहाँहरुले विकास, शुसासन र भष्टाचार नियन्त्रण गर्ने विषयमा कसैको मतभेद भएको छैन र हुने पनि छैन ।’ यो पालिकालाई बाँकेकै उत्कृष्ट पालिका बनाउन केन्द्र र प्रदेश स्तरबाट आफ्नो पहल भइरहेको र...
ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – ऋण दिने भन्दै झोक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा–२ रामनगरका करिब ४५ वर्षिय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पैसा लिएर खोजविन नै नगरी मान्छे फेला नपरेको भन्दै कागज बनाएर जिल्लामा पठाएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।ठगी मुद्दाका आरोपी यादव खुलेआम रुपमा गाउँघर मै घुमि रहे पनि प्रहरीले नखोजेरै नभेटिएको भनी मुचुल्का कागज गर्नु कहाँको नियमसंगत कानून हो, एक स्थानीय बताउँछन । उहाँ भन्नुहुन्छ, “पैसा दिएमा कुनै कानून पनि कानून नलाग्ने यो कस्तो प्रहरी प्रशासन हो, अदालतले पक्राउ गर्ने आदेश गरेको छ, तर प्रहरीले समात्दैन उल्टै पैसा खान्छ ।”यस विषयमा बेतहनी प्रहरी चौकीका इन्चार्ज असई गंगा थापाले स्पष्ट जवाफ नदिई यादवलाई खोजविन गरि जिल्लामा पठाउने भनि आदेश अनुसार आफुले घरमा खोजेक...
चिनिँया ठेकेदार कम्पनीको नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत

चिनिँया ठेकेदार कम्पनीको नारायणघाट-बुटवल सडक खण्डको काम २६ प्रतिशत

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
बुटवल, २५ बैशाख – महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिँया ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल २६ प्रतिशत मात्रै सम्पन्न भएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो । कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिँया ठेकेदार कम्पनीले जनाउँदै आएको छ भने चिनिँया कम्पनीले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले ...
फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि

फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ बैशाख – भारतको केरलाबाट गायब भएको र इस्लाम धर्म अपनाउने युवतीको कहानीमा बनेको फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि भएको छ । सेकनिल्कको सुरुवाती ट्रेन्डका अनुसार फिल्मले दोस्रो दिन अर्थात् शनिवार १२.५० करोड भारुको सङ्कलन गरेको छ । फिल्म समीक्षक तरुण आदर्शका अनुसार पहिलो दिन फिल्मको कमाई ८.०३ करोड भारु थियो । फिल्मको कुल कमाई करिब २० करोड भारु पार भएको छ । फिल्मको धेरै नै विवाद भइरहेको छ । एक समूहले फिल्मलाई प्रोपागान्डा भनेर खारेज गरिरहेका छन् भने दोस्रो समूहले यसलाई केरलाको वास्तविकता बताइरहेका छन् । यसबारे अहिलेसम्म खुलेर कुराकानी भएको छैन । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्म निर्माताले ‘लभ जिहाद’ को मुद्दालाई उठाएर सङ्घ परिवारको प्रोपागान्डालाई अघि बढाइरहेको आरोप लगाएका थिए ।...
‘नेपालको हिमाली क्षेत्रमा सहयोग गर्न भारत सधैं तयार‘

‘नेपालको हिमाली क्षेत्रमा सहयोग गर्न भारत सधैं तयार‘

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ बैशाख – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गरेका छन् । शुक्रबार बुद्ध जयन्तीका अवसरमा राजदूत श्रीवास्तवले जिल्लाको महाकुलुङ गाउँपालिका–१ बुङस्थित खिरौलामा ध्यान केन्द्र (मेडिटेशन सेन्टर) र गुम्बाको शिलान्यास गरेका हुन् । भारत सरकारले सगरमाथा क्षेत्रको खानेपानीदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै आगमी दिनमा पनि नागरिकको मागका आधारमा सहयोग गर्दै जाने उनले बताए ।शिलान्यास कार्यक्रममा राजदूत श्रीवास्तवले गौतम बुद्धका कारण पनि नेपाल–भारत सम्बन्ध विशष्टि रहेको बताए ।‘गौतम बुद्ध नेपालमा जन्मिएर बुद्धत्व भारतमा प्राप्त गरेकोले दुई देशको सम्बन्ध विशिष्ट र ऐतिहासिक अनि पुरानो छ,’ राजदूत श्रीवास्तवले भने, ‘आगामी दिनमा सम्बन्ध थप मजबुद बनाउन हामी लागि पर्ने छौं ।’ हिमाली भेगका नागरिकको जीवनस्तर उक...
शैक्षिक अवस्था कमजोर हुँदा समेत पुगेन जिम्मेवार निकायको ध्यान, दोहोरा नीतिले कर्मचारी पोसित, विद्यालय नगई शिक्षकले तलब लिएको अनुगमनमा पाइयो

शैक्षिक अवस्था कमजोर हुँदा समेत पुगेन जिम्मेवार निकायको ध्यान, दोहोरा नीतिले कर्मचारी पोसित, विद्यालय नगई शिक्षकले तलब लिएको अनुगमनमा पाइयो

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २४ बैशाख – विगत वर्षदेखि नै शिक्षा क्षेत्रमा बाँकेको नरैनापुर गाउँपालिका भित्र रहेका विद्यालय तथा मदरसाहरुमा शिक्षाको गुणस्तरीयता न्यून रहेको पाईन्छ । त्यसमाथि बेला बखत शिक्षा माथि नरैनापुरबासीहरु मार्फत नै प्रश्न समेत उठ्ने गरेको भएपनि गाउँपालिकाका दोहोरो नीतिले गर्दा कर्मचारी पोसित हुँदै आईरहेको पालिकाबासीहरुको आरोप रहेको छ ।यसैक्रममा नगरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आईतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौ दिनसम्म पनि विद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकहरुले हप्तौदिनसम्म हाजिरी नगरेको पाइएको हो ।अनुगमनका क्रममा नरैनापुर गाउँपाल...
भारतमा एकै दिन साढे चार लाख यात्रुले गरे उडान, आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

भारतमा एकै दिन साढे चार लाख यात्रुले गरे उडान, आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ बैशाख – एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गर्दा भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान बनेको छ । गएको आइतबार (अप्रिल ३० तारिखमा) एकै दिन ४ लाख ६६ हजार ८२ यात्रुले उडान गरेपछि आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले उडान गरेको कीर्तिमान बनेको हो । दुई हजार ९ सय ७८ उडानमार्फत् यो रेकर्ड बनेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गरी जानकारी दिनुभएको छ । कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाएको उहाँको भनाई छ । यसअघि इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को एक विवरणले भारतमा आन्तरिक उडानमा हुने यात्रा महामारी अघिको अवस्थामा फर्कन थालेको देखाएको थियो । कोरोना महामारीका बेला दुई वर्षसम्म कुनै पनि वृद्धि थिएन तर अहिले यात्रुको उडान बढिरहेको उड्डयन विश्लेषक मार्क मार्टिनलाई...
पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा

पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख – पूर्वमन्त्री तथा (नेकपा एमाले)का सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी काठमाडौंका लागि हिँडेका रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन थिए । बुधबार दिनभर सभामुख देवराज धिमिरेसँगै प्रहरी सुरक्षामा रहेको उनी बेलुका भैरहवा विमानस्थलबाट काठमाडौं आउन जहाज टिकट काटेका रायमाझी अन्तिम समयमा टिकट रद्द गरेर सम्पर्कविहिन भएका थिए । बुटवलमा रहेको छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार पक्राउ गरेको खवर सार्वजनिक भएपछि उनको फोन स्विचअफ रहेको थियो । प्रहरी स्रोतका अनुसार बुधबार बेलुका भैरहवाकै एक होटलमा बास बसेको रायमाझीलाई अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । रायमाझीबाबु–छोरालाई भैरहवाबाट काठमाण्डौँ ल्याएर अनुसन्धान पूरा नहुँद...