Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

चीनको बीआरआई परियोजनाको साख खस्किँदै

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ जेठ – इटालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ । चीन र इटालीबीच भएको बीआरआई सम्झौताको म्याद आगामी वर्षको सुरुवातमा सकिँदैछ । सम्झौताबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको र अन्य राजनीतिक तनाव कायमै रहेका कारण बीआरआईले गति लिन सकेको छैन । जर्मन चान्सलर ओलाफ शोल्जले पनि बीआरआईको सुस्तताप्रति असन्तुष्टि जनाउँदै आर्थिक संकटको चेतावनी दिएका छन् । युक्रेनमा जारी आक्रमणसँगै पश्चिमा मुलुकले रुसमाथि लगाएको प्रतिबन्धको असर पनि बीआरआईमा देखिएको विश्लेषकहरु बताउँछन् । पछिल्ला केही वर्षयता बीआरआई मातहतका सम्झौतामा पनि कमी आएको छ । चिनियाँ कम्पनीले बीआरआई सम्झौता भएका मुलुकमा साझेदार पाउन पनि कठिन हुँदै आएको बताइन्छ । चीनको साङ्घाईमा रहेको फुदान विश्वविद्यालयको ग्रिन डेभलपमेन्ट एण्ड फाइनान्स सेन्टरका अनुसार नेपाल अङ्गोला, रुस, श्रीलंकाजस्ता १...
अमेरिकी ठगी मुद्दामा चिनियाँ व्यापारी गुओ वेन्गुईको जमानत अस्वीकार

अमेरिकी ठगी मुद्दामा चिनियाँ व्यापारी गुओ वेन्गुईको जमानत अस्वीकार

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ जेठ – चिनियाँ अर्बपति गुओ वेन्गुईलाई बिहीबार न्यूयोर्कका संघीय न्यायाधीशले ठगी र मनी लान्ड्रिङको आरोपमा जमानत अस्वीकार गरेको द वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) ले रिपोर्ट गरेको छ। निर्वासित व्यापारी र बेइजिङको मुखर आलोचकलाई गत महिना अमेरिकाले ठगीको आरोप लगाएपछि जमानत अस्वीकार गरिएको थियो। गुओले सन् २०१४ मा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भ्रष्टाचार विरोधी कारवाहीका क्रममा चीन छाडेका थिए। बेइजिङलाई आफ्नो म्यानहट्टन पेन्टहाउसबाट भ्रष्टाचारको आरोप लगाएर ध्यानाकर्षण गराउने गुओलाई गत महिना गिरफ्तार गरी १ अर्ब अमेरिकी डलरको ठगी योजनाको आरोप लगाइएको डब्लुएसजेले रिपोर्ट गरेको छ। गुओ र उनका आर्थिक सल्लाहकार किन मिङ जेमाथि हजारौं पीडितहरूलाई धोका दिने योजना बनाएको आरोप छ। अभियोगमा ती दुईले आफू र आफ्नो परिवारलाई फाइदाको लागि ३० करोड अमेरिकी डलरभन्दा बढी प्रयोग गरेको आरोपमा उल्ले...
रवीन्द्र अधिकारीको निधनसँगै किन सेलायो ‘वाइडबडी जहाज खरिद’ प्रकरण ?

रवीन्द्र अधिकारीको निधनसँगै किन सेलायो ‘वाइडबडी जहाज खरिद’ प्रकरण ?

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
आरोपितलाई ‘हाइसञ्चो’काठमाण्डौ, २ जेठ – नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाइरहने एक न एक घटना घटिरहन्छन् । त्यसता घटनाहरुलाई आमनागरिकले ‘…प्रकरण वा …काण्ड’को संज्ञा दिन्छन् । विभिन्न सयमा बाहिरिएर चर्चा पाएका तर निष्कर्षमा नपुगेका/नपुर्‍याइएका यस्ता दर्जनौं प्रकरण अथवा काण्ड हामीले झेल्दै आएका छौं । अहिले पनि अन्तर्राष्ट्रिय स्तरमासम्म चासोको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरण चर्चाको केन्द्रमा छ । यसअघि यस्तै तहल्का पिटेका अनेकौं प्रकरणमध्येको एक ‘वाइडबडी जहाज खरिद प्रकरण’ हो, जुन निष्कर्षमा पुग्न नपाई सेलायो । पूर्व प्रधानमन्त्रीदेखि पूर्वमन्त्री एवं बाहालवाला मन्त्री र सचिवहरुसमेत मुछिएका वाइडबडी प्रकरण अहिले पनि रहस्यकै विषय बनाइएको छ । त्यसो त यो छानबिन र अनुसन्धान नै नभएको प्रकरण भने होइन । तर ‘लहरोसँगै पहरो’ पनि खस्ने भएपछि यसलाई निष्कर्षमा पुग्न दिइएन भन्दा दुई म...
आठ महिना देखि पाएनन ‘सक्कली भुटानी’ले शरणार्थी परिचयपत्र

आठ महिना देखि पाएनन ‘सक्कली भुटानी’ले शरणार्थी परिचयपत्र

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
झापा, २ जेठ – आठ महिनाभन्दा बढी भइसक्दा पनि नविकरण भएका भुटानीहरुले अझै पनि शरणार्थी परिचयपत्र पाउन सकेका छैनन् । नवीकरण भएको लामो समयसम्म पनि सक्कली भुटानी शरणार्थीहरु परिचयपत्र नपाए पछि समस्यामा परेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले जनाएको छ । साे समितिका कार्यवाहक अध्यक्ष तिलक राईका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकमा नै तहल्का मच्चाईरहेको बेला सक्कली भुटानीहरुले भने परिचय पत्र अझै नपाएका हुन् । त्यसमाथी नक्कली भुटानी शरणार्थी काण्डले वर्षौ‌देखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको उनको भनाई छ । जसकाकारण पनि भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले सो काण्डका बारेमा स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि सरकारसँग औपचारिक रुपमा आग्रहसमेत गरेको छ। ‘हालै गैर भुटानीहरूलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अम...
अमनको मोटरसाईकल चोरी

अमनको मोटरसाईकल चोरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र बाहिरबाट बसाईसराई गरी बसोबास गर्नेहरुको जनसंख्यामा बृद्धि हुनुका साथै अपराधिक गतिविधिहरुमा समेत बृद्धि हुँदै गईरहेको छ ।शनिबारका दिन नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वडा कार्यालय नजिकै खडा गरि राखिएको अपाची मोटरसाईकल चोरी भएको छ ।काम विशेषले अमन विजुली भण्डारका प्रोप्राईटर स्वयं गएको अवस्थामा वडा नं. २ को वडा कार्यालय नजिकै खडा गरी राखिएको थियो तर काम खतम गरी फर्केर हेर्दा मोटरसाईकल चोरी भएको अमन विजुली भण्डारका सञ्चालकले जानकारी गराउनु भयो ।अमन बिजुली भण्डारका सञ्चालले दिएको जानकारी अनुसार मोटरसाईकल चोरी भएपछि हामीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई सकेका छौं भने अन्य स्थानमा खोजतलास गर्ने कार्य जारी रहेको हुँदा कही कतै कसैले भेटिएको अवस्थामा मो.नं. ९८४८१०८७६५ मा सम्पर्क गर्नु हुन समेत अनुरोध गरेका छन् ।...
उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग

उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ जेठ – मुलकको जताततै भ्रष्टार देखा परेको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग उठेको छ । प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन् । ‘मलखाद्यमा भ्रष्टचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टचार, न्यायलयमा भ्रष्टचार, प्रहरीको खाद्यान्नमा भ्रष्टचार, जताततै भ्रष्टचार छ,’ सांसद ढकालले भने, ‘त्यसैले २०४८ साल देखी अहिलेसम्म भएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधिस, न्यायधिस, नेपाली सेना प्रमुख, नेपाल प्रहरी प्रमुख, मुख्य सचिव, सभामुख, सांसद, संबैधानिक निकायका प्रमुख र सदस्यहरुको सम्पत्ति माथी छानबिन गर्न संसदले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दछु ।’...
टोपबहादुर रायमाझी काठमाडौं अदालतमा

टोपबहादुर रायमाझी काठमाडौं अदालतमा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ जेठ – नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ । शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरवाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो । उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।...
परराष्ट्रमन्त्री एनपी साउद भेटेर भारतीय विदेशमन्त्री प्रफुल्लित, साझेदारी बलियो बनाउने सहमति

परराष्ट्रमन्त्री एनपी साउद भेटेर भारतीय विदेशमन्त्री प्रफुल्लित, साझेदारी बलियो बनाउने सहमति

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ जेठ – परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बंगलादेशमा भेटवार्ता भएको छ । बंगलादेशको ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ढाका पुगेका परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी जयशंकरसँग भेट गरेका हुन् । जयशंकरले ट्वीटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लागि बधाई दिएको उल्लेख गरेका छन् । 'हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो,' जयशंकरले भनेका छन्, 'ऊर्जा, कनेक्टिविटी र जनता जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।' परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुशी लागेको भन्दै ट्वीटरमा लेखेका छन्, 'म हाम्रो उत्कृष्ट द्विपक्षीय सहयोग बृद्धि गर्न तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।' नेपाल पाना...
बङ्गलादेशको आर्थिक वृद्धिदर चीनको भन्दा बढी रहेको आईएमएफको प्रक्षेपण

बङ्गलादेशको आर्थिक वृद्धिदर चीनको भन्दा बढी रहेको आईएमएफको प्रक्षेपण

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ बैशाख – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्गलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । आईएमएफको एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्याङ्कन मे २०२३ को रिपोर्टले पनि बङ्गलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ । बङ्गलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादन को वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ । यद्यपि चीनको अर्थतन्त्र बङ्गलादेशको भन्दा निकै ठूलो छ । आईएमएफको प्रतिवेदनअनुसार बङ्गलादेश...
चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?

चीनको ऋण पासोमा फस्ने की जोखिम मूल्याङ्कन गरेर सच्चिने ?

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
भुपेन्द्र क्षेत्रीएसियालाई युरोपसँग जोड्ने महत्वकाङ्क्षी चिनियाँ परियोजनाबारे विश्वमा विविध बहस भइरहेका छन् । यो परियोजना कार्यान्वयनमा आएमा भविष्यमा एसिया नै विश्वको आर्थिक हब बन्ने चर्चा हुने गरेको छ । वर्तमानमा हेर्ने हो भने यस परियोजनाले एसियाका विभिन्न राष्ट्रको अर्थव्यवस्थालाई डामाडोल बनाउँदै छ । चीनको महत्वकाङ्क्षी परियोजनाले धेरै देशलाई ऋणको जन्जालमा फसाउँदै लगेको छ । चीनले परियोजनामार्फत् ऋण दिने र चुक्ता गर्न नसके फेरि ऋण चुक्ताकै लागि महँगोमा ऋण थप्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ । विगत तीन वर्षको तथ्यांक मात्रै केलाउने हो भने यस परियोजनाको खराब कर्जा ७८ अर्ब डलर पुगेको छ । यो योजनाले चीनलाई विश्वकै ठूलो ऋणदाता बनाएको त छ तर यसले अन्य मुलुकलाई पिल्साएको छ । यो परियोजनाअन्तर्गत चीनले रेल्वे, सडक र विमानस्थलजस्ता आयोजना बनाउन ऋण दिन्छ । विभिन्न १ सय ५० मुलुकमा परियोजनाअन्तर...