Thursday, May 7सत्यम खबर
Shadow

परराष्ट्रमन्त्री एनपी साउद भेटेर भारतीय विदेशमन्त्री प्रफुल्लित, साझेदारी बलियो बनाउने सहमति

काठमाण्डौ, १ जेठ – परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बंगलादेशमा भेटवार्ता भएको छ । बंगलादेशको ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन ढाका पुगेका परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षी जयशंकरसँग भेट गरेका हुन् ।

जयशंकरले ट्वीटरमार्फत साउदसँग पहिलो भेट फलदायी भएको र नयाँ जिम्मेवारीका लागि बधाई दिएको उल्लेख गरेका छन् ।

‘हामीबीच निरन्तर बढिरहेको साझेदारीलाई अगाडि बढाउन चाल्नुपर्ने कदमबारे छलफल भयो,’ जयशंकरले भनेका छन्, ‘ऊर्जा, कनेक्टिविटी र जनता जनताबीचको हाम्रो स्थायी सम्बन्धबारे पनि कुराकानी भयो ।’ परराष्ट्रमन्त्री साउदले भारतीय समकक्षीलाई भेटेर खुशी लागेको भन्दै ट्वीटरमा लेखेका छन्, ‘म हाम्रो उत्कृष्ट द्विपक्षीय सहयोग बृद्धि गर्न तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *