Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

फिलिपिन्सद्वारा चीनको आह्वान अस्वीकार

फिलिपिन्सद्वारा चीनको आह्वान अस्वीकार

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ मंसिर – फिलिपिन्सले दक्षिण चीन सागरमा आफ्नो क्षेत्रमा पुन: आपूर्ति मिसनहरूको बारेमा चीनलाई पूर्व सूचना दिनु पर्ने आह्वानलाई अस्वीकार गरेको छ। विदेश मामिला विभाग (डीएफए) ले फिलिपिन्सको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्र निर्माण गरिएका सबै 'गैरकानूनी संरचनाहरू' हटाउन ती क्षेत्रहरूमा पुन: प्राप्ति बन्द गर्न र गतिविधिहरूको क्षतिको लागि जवाफदेही हुन चीनलाई आग्रह गरेको छ। मनिला विवादित दोस्रो थोमस शोलमा रहेको नौसेना जहाजमा सवार फिलिपिन्स सैनिकहरूलाई खाना र पानी ढुवानी गर्ने आफ्नो अभियानको क्रममा फिलिपिन्सले आफ्नो अनुमति बिना अवैध रूपमा आफ्नो पानीमा प्रवेश गरेको चीनले बारम्बार आरोप लगाएको छ। एटोललाई फिलिपिन्सले अयुन्गिन र चीनले रेनाई रिफ भनिन्छ। 'हामीलाई प्रत्येक पटक अयुन्गिन शोलमा पुन: आपूर्ति अभियान सञ्चालन गर्दा पूर्व सूचना दिन भनिएको छ। हामी त्यसो गर्दैनौं,' डीएफए प्रवक...
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उदघाटन

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उदघाटन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ मंसिर – उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपाली बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दुतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकोमा भारत सरकारलाई धन्यवाद दिए । आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको जनाए । ‘विशेष गरेर शैक्षिक क्षेत्रमा भारतको सहयोग महत्वपूर्ण छ, यसले नेपाली विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुगेको छ’, उनले भने । विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल...
प्रोपर्टी मार्केट खस्किएपछि समस्यामा चिनियाँ

प्रोपर्टी मार्केट खस्किएपछि समस्यामा चिनियाँ

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ मंसिर – चीनमा ध्वस्त भएको प्रोपर्टी मार्केटको असर यत्रतत्र पर्न थालेको छ। यसै कारण जनआक्रोश पनि त्यत्तिकै बढेको छ। देशको अर्थतन्त्र ओरालो यात्रामा लागेपछि एक युवा दम्पत्ति रकम तिरे पनि फ्ल्याट पाउन असमर्थ भएका छन्। ३० वर्षको हाराहारीका झाङ लीयाङ र डोङ लीजुनले गत वर्ष नै आफ्नो कमाइबाट बन्दै गरेको अपार्टमेन्ट सुरुवातमा नै खरिद गरेका थिए। उनीहरूले ल्याङ ल्याङ र लीजुन जोडीको रूपमा रूपमा फ्ल्याट राखेका थिए। उनीहरूलाई बधाई दिनेको आइरो लागेको थियो। सामाजिक सञ्जालमा समेत चार लाख फलोअर भेटिए। प्रोपर्टी व्यवसायीले यसै वर्ष उनीहरूलाई विस्तारै रकम फिर्ता गर्ने जानकारी गराए। आफूहरूलाई अपमान गरिएको भन्दै तयार पारिएको भिडियो अहिले सेन्सरमा परेको छ। सामान्य गाउँमा हुर्किएका उनीहरूका लागि ठुला सहरका बासिन्दा हुने सपना चकनाचुर भएको छ। ओरालो लागेको चिनियाँ अर्थतन्त्रसँगै प्रोपर्टी मार्...
चीनको रसुवा नाकाबाट अबैध समान, भन्सार छल्न शुरु

चीनको रसुवा नाकाबाट अबैध समान, भन्सार छल्न शुरु

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ मंसिर – चालु आर्थिक वर्ष २०८०/०८१को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट तीन करोड ३१ लाख ८१ हजार १ सय ९८ रुपैयाँ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी लगायतका स्थानमा भरिया र सवारी साधनहरु मार्फत काठमाडौं लैजाने क्रममा प्रहरीले बरामद गरेको हो । चोरी निकासी नियन्त्रण गर्न रसुवागढी नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल खटिएका छन् । गत वर्ष पनि प्रहरीले एक करोड ५१ लाख ५६ हजार २ सय ३० रुपैयाँ बराबरको सामग्री बरामद गरेको थियो । ईमेजख्बर...
भारतको ‘जिडिपी’ ले उछिन्यो चीनलाई

भारतको ‘जिडिपी’ ले उछिन्यो चीनलाई

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – भारत फेरि एकपटक फेरि विश्वकै सबैभन्दा तीव्र गतिका साथ अगाडि बढिरहेको अर्थव्यवस्था भएको मुलुक बनेको छ। वर्तमान आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरकाबीच त्यहाँको अर्थव्यवस्थामा ७।६ प्रतिशतको दरले विकास भएको छ। भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ९आरबीआइ० ले दोस्रो त्रैमासिकका लागि ६।५ प्रतिशत जिडिपी रहने अनुमान गरेको थियो। तर वास्तविक आँकडाले यो अनुमानभन्दा बढी वृद्धि गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अप्रिलदेखि जुनसम्म जिडिपी ७।८ प्रतिशत रहेको थियो। जबकि गत आर्थिक वर्षको यही समयमा जिडिपी ६।२ प्रतिशत थियो। जुलाई–सेप्टेम्बरमा भारतको जिडिपी दरले चीनको ४।९ प्रतिशत जिडिपी दरलाई उछिनेको छ। भारतको वित्त मन्त्रालयले आँकडा आइसकेपछि सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ,‘आर्थिक वर्ष २०२३ को दोस्रो त्रैमासिकमा जिडिपी वृद...
गौरव स्मृतिद्वारा ३४८ जनाको निःशुल्क आँखा जाँच, १५ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि रिफर

गौरव स्मृतिद्वारा ३४८ जनाको निःशुल्क आँखा जाँच, १५ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि रिफर

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ मंसिर – प्रत्येक वर्ष झैं यस वर्ष पनि गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनले श्री १००८ हडिया बाबा आश्रममा आयोजित परम्परागत धार्मिक मेलामा सहभागी साधु सन्धहरुको निःशुल्क आँखा, कान चेकजाँच गराई सराहनीय कार्य गरेको छ ।यस वर्ष पनि हडिया बाबा आश्रममा आयोजित परम्परागत धार्मिक मेलाको चौथौं दिन गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनले निःशुल्क आँखा, कान चेकजाँचको आयोजना गरी आँखा जाँच तर्फ ३ सय ४८ जना तथा कान तर्फ २ सय ५ जनालाई सेवा उपलब्ध गराएको छ । त्यसैगरी हडिया बाबा आश्रममा निःशुल्क आँखा कान शिविरमा सहभागी साधु सन्तहरुमा देखिएको थप समस्या मोतिया बिन्दुको लागि फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएको थियो । रिफर हुनेहरुमा मोतिया बिन्दुको अप्रेशन तर्फ १५ जनालाई फत्तेबाल आँखा अस्पतालमा तथा कान आप्रेशनको लागि ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रमा ७ जनालाई रिफर गरिएको गौरव स्मृतिका स...
अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ मंसिर – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार पाँच सय अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । खबरहब...
भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलबस्तु, १४ मंसिर – कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।उक्त भवनमा सोमबार एक कार्यक्रमबीच भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुईतले विद्यालय भवन, तीनतले प्रयोगशाला भवनको निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिद गरिएको दूतावासले जनाएको छ । “भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोज...
चुरे सिरानको खोलामा चाइना रेल्वेको दोहन

चुरे सिरानको खोलामा चाइना रेल्वेको दोहन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डिभिजन वन कार्यालय लहानले नियन्त्रणमा लिएको खुट्टी खोलामा अवैध दोहन गरिरहेको चाइना रेल्वे ग्रुप २ कम्पनीको एक्स्काभेटर। काठमाण्डौ, १४ मंसिर – लहान नगरपालिका–१५ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट खुट्टी खोला बगिरहेको छ। यो खोलाको पूर्व टाँसिएर झवाई खोल्सी सामुदायिक वन छ। डिभिजन वन कार्यालय लहानले चुरे र सामुदायिक वन टाँसिएरै अवैध उत्खनन गरिरहेको चाइना रेल्वे ग्रुप २ कम्पनीको एक्स्काभेटरलाई बुधबार साँझ नियन्त्रणमा लिएको छ। चुरे र सामुदायिक वननजिकै भइरहेको खोला दोहनमा लहान नगरपालिकाकै स्वीकृति रहेको पाइएको छ। लहान नगरपालिकाले यो खोलाको ठेक्का लगाइसकेको छ। तर, वातावरणीय प्रभाव मूल्याङ्कन गराएको छैन। वातावरणीय प्रभाव मूल्यांकन बिना नै नगरपालिकाले यस नदीबाट नदीजन्य सामग्री निकाल्न खोज्दा वनले रोकेको हो। नियन्त्रणमा लिइएको एक्स्काभेटर पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड निर्...
गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ मंसिर – भारतका प्रसिद्ध उद्योगपति एवम् अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन् । गौतम अडानीको सम्पत्ति बढ्नुको कारण विगत केही दिनमा उनको कम्पनीको शेयरमा भएको वृद्धि हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ । जसका कारण गौतम अडानी अहिले १९ औं विश्वका धनीको स्थानमा आएका छन् । नोभेम्बर २८ मा अदानी समूहको शेयरको समग्र मार्केट क्याप १.०४ लाख करोड रुपैयाँले बढेर ११.२९ लाख करोड रुपैयाँ पुगेको छ । जुन अप्रिल ११, २०२२ पछि एक दिनमा सबैभन्दा ठूलो उछाल हो । खबरहब...