Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

प्रदेशसभा सदस्यसँग अधिकांशको माग कालोपत्रे सडक

प्रदेशसभा सदस्यसँग अधिकांशको माग कालोपत्रे सडक

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ३ पौष – बाँके क्षेत्र नम्बर ३(१) का अधिकांश बासिन्दाले सडक लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर योजना माग गरेका छन् ।एक बर्ष कार्यअवधीको समीक्षा हुने गरी लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उपस्थितीमा नेकपा एमालेले सञ्चालन गरेको जनतासँग प्रदेशसभा सदस्य कार्यक्रममा सहभागी स्थानीय बासिन्दा मध्ये अधिकांशले घर नजिकका सडक कालोपत्रे गर्न माग गरेका हुन् ।प्रदेशसभा सभा सदस्य खत्रीका अनुसार सडक कालोपत्रे सहित विद्यालय भवन निर्माण, तटबन्धन निर्माण लगायतका विषयमा पनि स्थानीयबाट माग भएको छ । एमालेले प्रदेशसभा सदस्य खत्रीको उपस्थितीमा निर्वाचन क्षेत्र अन्तर्गतका १२ वडाका ५० बढि टोलमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम गरेको छ । खजुरा ७ सोनपुरका युनुस खानले विकास निर्माणका योजनामा केन्द्रीत भई प्रदेशसभा सदस्य जनतामाझ पुग्नु आफुहरुका लागि नौलो विषय भएको बताउनुभयो ।उहाँले प्रदेशसभा...
मैले आफ्ना मातहतका पत्रकारलाई समाचार लेख्न दिएकी हुँः उपमेयर संगिता सुवेदी

मैले आफ्ना मातहतका पत्रकारलाई समाचार लेख्न दिएकी हुँः उपमेयर संगिता सुवेदी

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काेहलपुर, ३ पाैष - कोहलपुर नगरपालिका १५ चौधरीया गाउँमा निर्माणधिन अवस्थामा रहेको सडक र अस्फाल्ट कालोपत्रेको ठेक्का खुशी बिल्डर्स नामको कम्पनीले ट्यन्डर मार्फत कोहलपुर नगरपालिकाबाट ४७ लाख ४६ हजार २ सय ३४ रुपैयाँको लगानीमा ‘बरको रूख अगाडिदेखि चौधरिया चोक’सम्मको चार सय मिटर सडक कालोपत्रे गर्ने गरी खुसी विल्डर्सले ठेक्का लिएको थियो । खुशी बिल्डर्स कम्पनीले २०८० साल बैशाख २० गते उक्त ठेक्काको सम्झौता गरि सडक निर्माणको काम अगाडि बडाएको थियो । अस्फाल्ट प्रवृत्तिबाट सडक पिच गर्ने सम्झौता भएपछि निर्माण कै क्रममा कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीको टोलि सहित उक्त सडकको अनुगमन गर्न उक्त स्थलमै पुगेको थियो । इन्जिनियरसहित पुगेको टोलीले ‘कोरकटिङ’ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्ड अनुसार नभएको पाइएन । सो बेला उपमेयर तथा अनुगमन समिति संयोजक सुबेदीले तत्काल निर्माण कम्पनीलाई एक ह...
५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड

५०० करोड क्लबमा प्रवेश गर्न एनिमलले तोड्यो शाहरुख र सनीको रेकर्ड

आर्थिक, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ मंसिर –रणवीर कपुर र रश्मिका मन्दन्नाको मुख्य भूमिका रहेको फिल्म एनिमल शाहरुख खान, सन्नी देवल र प्रभावको रेकर्ड ब्रेक गर्दै ‘५०० करोड क्लब’मा प्रवेश गरेको छ । यो फिल्लले आइतबार घरेलु बजार व्यापारमा सो रकमको आँकडा पार गरेको हो । संदी भंगाको निर्देशन रहेको एनिमल यो सफलता प्राप्त गर्ने पहिलो ‘एडल्ड’ फिल्म समेत बनेको छ । प्रदर्शनमा आएको १६औं दिनमा ४९७ करोडको व्यापार गरेको यस फिल्मले १७ औं दिन आइतबार ५१२ करोडको आँकडा पूरा गरेको हो । यससँगै यो फिल्म सो सफलता प्राप्त गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ । यही वर्ष प्रदर्शनमा आएको बलिउड किङ खान अभिनीत जवाले १३ दिनमा यो आँकडा पूरा गरेको थियो । अहिलेसम्म पाँच हिन्दी फिल्मले यो सफलता प्राप्त गरेका छन् । शाहरुखको पठानले २२ दिन, सनी देवकले गदर–२ ले २४ दिन र बहुबली–२ ले २४ दिनमा ५०० करोडको आँकडा पूरा गरेका थिए । यो फिल्मको सफलता...
आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो काठमाण्डौ, २ मंसिर – नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो । रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ । ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणले जनाएको छ । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बनिरहेको आयो...
चीनको राजधानी बेइजिङ्गबाट ठूला ट्रकमा ढुवानी गरेर सुन नेपाल ल्याउने गरिन्छ

चीनको राजधानी बेइजिङ्गबाट ठूला ट्रकमा ढुवानी गरेर सुन नेपाल ल्याउने गरिन्छ

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० मंसिर –सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको खुलेकाे छ । ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गरेको जानकारी प्राप्त भएको हो ।दसैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न टोलि गएको थियोे । आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित एक विश्वस्त सूत्रले जानकारी दिएको छ। तर आयोगले भने यसको पुष्टि गरेको छैन।चीनको राजधानी बेइजिङ्गबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट ससाना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो। रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराईएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरुले ओसारपसार गरेको जानकारी पन...
चिनियाँ सरकारले बोकेको सपना बीआरआई सम्झौता किन तोडिरहेका छन्

चिनियाँ सरकारले बोकेको सपना बीआरआई सम्झौता किन तोडिरहेका छन्

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० मंसिर – के चीन आफैं सामुद्रिक र स्थल मार्गबाट ​​विश्वलाई जोड्ने कुरामा अल्झिएको छ ? किन बिश्वका देशहरूले बीआरआई सम्झौता तोडिरहेका छन् ?इटालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट आफूलाई बाहिर निकालेको छ। बलियो युरोपेली देशको प्रस्थानलाई चीनका लागि ठूलो धक्का मानिएको छ । विशेष गरी जब उनले यसमा करोडौं रुपैयाँको जोखिम लगानी लगाएका थिए। BRI के हो र किन ? चीनले २०१३ मा बीआरआई सुरु गर्दा उसको सपना निकै ठूलो थियो। चीनलाई युरोपसँग जोड्नुका साथै मध्य एसिया हुँदै अफ्रिकालाई पनि जोड्न चाहन्थे । समग्रमा, सारा संसार सडक वा समुद्रबाट जोडिएको हुन्थ्यो। यसका लागि धेरै पैसा खर्च भयो । तर अब एक दशकपछि चीनसँग सम्झौता गरेका देशहरूले यसबाट सम्झौता रद्द गर्न खोजिरहेका छन् । हालै इटालीले यसबाट बाहिर निस्केको र सो आयोजनाले सोचे जति बल नदेखेको बताएको छ ...
एनिमलले तोड्यो पीकेको रेकर्ड

एनिमलले तोड्यो पीकेको रेकर्ड

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० मंसिर –रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ । यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । अब एनिमलको अगाडि आमिर खानकै सिक्रेट सुपरस्टार छ । यो फिल्मको वर्ल्डवाइड कलेक्सन ८ अर्ब ७५ करोड भारु छ । बुधवार एनिमलले भारतभरमा १० करोड रुपैयाँ कमाएको थियो । योसँगै फिल्मको डोमेस्टिक कलेक्सन ४ अर्ब ६७ करोड ८४ लाख भारुमा पुगेको छ । बुधवार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी १६ दशमलव ६० प्रतिशत थियो । अलटाइम डोमेस्टिक कलेक्सनमा एनिमल चौथो स्थानमा छ । लिस्टको तेस्रो स्थानमा सनी देओलको गदर–२ छ । यो फिल्मको अलटाइम डोमेस्टिक कलेक्सन ५ अर्ब २५ करोड ४५ ला...
म्यान्मारस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ

म्यान्मारस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ

अपराध, आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ मंसिर – रोजगारीको प्रलोभनमा पारी म्यान्मा पुर्याएर बन्धक बनाई स्क्याममा लगाउने गिरोहका व्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् । थाइल्याण्डको कम्पनीमा कम्प्युटर टाइपिङको रोजगारी दिलाईदिने आश्वासनमा परी दुई जनालाई म्यानमार पुर्याइ म्यावडीस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा धार्चे गाउँपालिका –४ की २७ वर्षीया कविता गुरुङलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। उनलाई आइतबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए। उनले पीडितहरुबाट प्रतिव्यक्ति २ लाख ६० हजार रुपैंया लिएर थाइल्याण्ड भनि म्यानमार पुर्याएकी थिईन् । उनले पीडितहरुलाई मासिक एक हजार डलर तलब पाउने...
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ मंसिर –नेपाल प्रहरीले गत बिहीबार नागढुंगाबाट बरामद गरेको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौंको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउईलाई आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउईलाई पक्राउ गरेको जानकारी दिए। गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कार्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको थियो। त्यस क्रममा रसुवाबाट सुन लिएर काठमाडौं आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरू तामाङ र १९ वर्षीय सुनील भुजेल पक्राउ परेका थिए। उनीहरूकै सूचनाका आधारमा आइतबार चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रवक्त...
वडाअध्यक्ष बर्माको पहलमा पुर्वाधार बिकास निर्माण कार्य शुरु

वडाअध्यक्ष बर्माको पहलमा पुर्वाधार बिकास निर्माण कार्य शुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ मंसिर - नेपालगन्ज वडा नं. १८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपककुमार बर्माको पहलमा परेको बजेटमार्फत वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु गरिएको हो । निर्माण कार्यको वडाअध्यक्ष बर्माले मंगलबार एक समारोहका बीच शिलान्यास गर्नुभएको छ । सुर्खेत रोडमा रहेको पुर्व यातायात कार्यालय अगाडीको बस्तीमा जाने गोर्खा साईकल स्टोरदेखि स्प्रिङ्गडेल एकेडमीसम्म बाटोको स्तरोन्नतीे कार्य शुरु गरिएको वडाअध्यक्ष बर्माले जानकारी दिनुभयो । वडाभित्र आवश्यक रहेका र कार्य गर्न बाँकी रहेका स्थानहरुमा लगातार स्तरोन्नती कार्य सञ्चालन गर्ने योजना अनुसार कार्यहरु शुरु गरिएको वडाअध्यक्ष बर्माले बताउनुभयो । संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत करिब ५० लाख लागतमा बाटोको स्तरोन्नतीको कार्य थालिएको हो । ६ मिटर चौडाई र करिब ५ सय मिटर लम्बाई रहेको...